×

X
Nic Asia
Marvel
Khukuri

उच्च अदालत विराटनगरद्वारा ३ हजार मुद्दा फछ्र्यौट

विराटनगर | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

उच्च अदालत विराटनगरले गत १ वर्षमा ३ हजार २४ मुद्दा फछ्र्यौट गरेको छ ।

DHARA
LAxmi BAnk

सो अवधिमा अदालतले ६४ दशमलव ०६ प्रतिशत प्रगति हासिल गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गत वर्ष अदालतमा जिम्मेवारी सरेर आएका १ हजार ५५३ र नयाँ ३ हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक ३ हजार ११४ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ९० थान मुद्दा कम फछ्र्यौट भएको उच्च अदालतका रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए ।

अदालतले सरल ८२६, सामान्य १ हजार ५८५, विशेष १ र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फछ्र्यौट गरेको छ । कूल लगतको १ हजार ९७८ फछ्र्यौट हुन बाँकी रहेको अदालतमा २६२ थान मुद्दा मूलतवी रहेको उनले बताए ।
    
अदालतमा कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले ३९८, दिनेशप्रसाद यादवले १४५, कृष्णकमल अधिकारीले  ५६९, रामबहादुर थापाले १०७, राजनप्रसाद भट्टराईले ५६१, मुरारीबाबु श्रेष्ठले ६३५, मिलनकुमार राईले ६७२, किरणकुमारी गुप्ताले ५६२, जगतनारायण प्रधानले ४६७, तिलप्रसाद श्रेष्ठले ७३२, प्रेमराज ढकालले ३६६, यमुना भट्टराईले  ३८८ र तेजनराययण सिंह राईले ४२२ थान मुद्दा फछ्र्यौट गरेका छन् । 


Advertisment
Bizbazar
Saurya island

चालू आर्थिक वर्षमा ३ हजार ३३६ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको अदालतले सो अवधिमा जिम्मेवारी सरेर आएका १ हजार ९७८ मा नयाँ ३ हजार ३१६ मुद्दा दर्ता हुने र चालू आर्थिक वर्षको साउन महिनामा १८६ थान मुद्दा फछ्र्यौट भएका रजिस्ट्रार थपलियाले जानकारी दिए ।
    
मुख्य न्यायाधीशविहीन रहेको अदालतमा करीब ६ महिनादेखि कामु मुख्य न्यायाधीशमार्फत काम चलिरहेको छ । अदालतमा प्रदेश १ सरकारले १० लाख रुपैयाँ लागतमा सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गरेको छ । कामु मुख्य न्यायाधीश थारुले अदालतले सकेसम्म आफ्ना लक्ष्यलाई पूरा गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको  छ ।  शुक्रवार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको ...

असोज २, २०७९

संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागु हुने गरी आइतवार उनीहरूको कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपत...

असोज ५, २०७९

 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् । उच्च अदालतले बुधबार  टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना...

असोज ११, २०७९

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताएका छन् । सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनम...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूविरुद्धको महाभियोग स्वत: निष्क्रिय भएको दाबीसहित सर्वोच्च अदालत प्रवेश गर्ने त...

असोज ५, २०७९

गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बुधवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x