×

NMB BANK
NIC ASIA

उद्यम

गाउँले चुलो हाँकेका २ ‘सोल्टी’ : ‘टिपिकल’ नेपाली स्वाद, गज्जबको सत्कार

भदौ ४, २०७९

NTC
Premier Steels

जुम्ला र मुस्ताङको दाल । लसुन, डल्ले खुर्सानी, तामा र गुन्द्रुक (सिन्की) को अचार । आँटो, ढिडो, रोटी, मसिनो र मार्सी चामलको भात । बेथे, तोरी लगायत ‘सिजनेबल’ साग ।

Muktinath Bank

लोकल खसी र गिरीराज कुखुराको मासु अनि झ्वाइइ भातमा तात्तातो घ्यू । साथमा मही । यी परिकार सहितको नेपाली खान्कीको स्वाद सम्झिँदा धेरै नेपालीको मुख रसाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा खानाको थालीमा १६ प्रकारसम्म परिकार पस्केर बुटवलमा ‘हिट’ भएका छन् २ युवा विपिन श्रेष्ठ र विक्रम गुरूङ । 


Advertisment
Nabil box
Kumari

रमाइलो संयोगले भेटिएका यी २ साथीभाइले बुटवल मिलन चोकदेखि १५० मिटर पूर्वमा रहेको गाउँले चुलो नामक होटल सञ्चालन गरी ‘टिपिकल’ नेपाली खानाको स्वाद पस्किएर स्थापित मात्र भएका छैनन्, होटलको आतिथ्यतालाई सबैले रूचाएका छन् । 

Vianet communication

चुलोमा एक पटक खाना खाएकाहरू फेरि यता आउँदा यहीँ खाना खान आउँछन् । बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ साढे ६ बजेदेखि राति १० बजेसम्म गाउँले चुलोमा आउने पाहुनालाई खाना खुवाउँदा–खुवाउँदै दुवैलाई १ मिनेट पनि फुर्सद हुँदैन ।

चुलोमा प्रायःगाउँमै उत्पादित अग्र्यानिक तरकारी, घ्यू, चामल र अचारको प्रयोग गरिन्छ । यी वस्तुहरूमध्ये केही बुटवलको पैंचो पसलले बिक्री गर्दै आएको छ ।

बिपिन र विक्रम दुवैले एकअर्कालाई सोल्टी भन्छन् । वैदेशिक रोजगारमा जाने योजनामा रहेका २ सोल्टीको यात्रा सफल हुन नसकेपछि गाउँले चुलो उद्यम जन्मिएको हो । त्यसो त बुटवलमा होटलको क्षेत्रमा प्रतिस्पर्धाको लडाइँ नभएको होइन तर सुपथ मूल्यमा २ सोल्टीले चुलोमा ‘हाइजेनिक’ खाना खुवाएपछि सबै लोभिएका छन् । 

गुणस्तरीय नेपाली खाना खुवाएर पाहुनालाई सन्तुष्ट बनाउने दुवैको सपना ५ वर्षमा बुटवलमा मात्र परिचित छैन, काठमाडौंदेखि धनगढीसम्म चर्चित बनेको छ । सिने क्षेत्रदेखि गायन कलाकार विभिन्न कार्यक्रममा देश दौडाहामा निस्किएर बुटवल आइपुग्दा प्रायः व्यक्तिले गाउँले चुलोलाई नै भान्सा बनाउने गरेका छन् । 

बिपिन भन्छन्, ‘पूर्वबाट पश्चिम यात्रामा रहेकाले फोन गरेर खाना खान आउँदैछौ भन्नुहुन्छ । पश्चिमबाट पूर्व जानेहरू पनि खाना खाएर जाने हो खाना होला नि भनेर फोन गर्नुहुन्छ । एक पटक आएर खाना खाएको मान्छेले हाम्रो खानालाई कमैले भुल्छन् होला ।’

बिपिनको ३ पुस्ता गुल्मीको शान्तिपुर बजारमा व्यापार गर्थ्यो । चन्द्रकोट गाउँपालिकाको मुकाम शान्तिपुर गुल्मी र बाग्लुङको व्यापारिक केन्द्र पनि हो । जहाँ उनीहरूको परिवार, फेन्सी किराना लगायत सबै अत्यावश्यक सामग्रीको व्यापार गरेर जमेको थियो । हजुरबुवाको निधनपछि बिपिनका बुवा काशीनाथले किरानाको व्यापार पनि सम्हालिरहेका छन् ।

स्कूल पढ्दा बुवाको व्यापारलाई बिपिनले धेरै वर्ष सघाए । व्यापारको केही अनुभव पनि संगाले । संवत् २०५६ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेपछि बिपिन उच्च शिक्षा अध्ययनको लागि बुटवल झरे, बुटवलमा पनि उनको घर थियो । 

कुनै बेलाका भलिबल खेलका राष्ट्रिय खेलाडी बिपिन बुटवलबाट पढाइका लागि फेरि राजधानी काठमाडौंतर्फ हानिए । विभिन्न कारणले उनले पढाइलाई टुंगोमा पुर्‍याउन सकेनन् । माओवादी द्वन्द्वकालमा घरमा आएर लामो समय बस्न सक्ने अवस्था पनि थिएन । व्यापारका लागि काठमाडौंबाट घरमा आवश्यक सामान ल्याउने केही दिने बस्ने र फेरि बुटवल, काठमाडौं र शान्तिपुर घर गर्ने क्रम केही वर्ष जारी रह्यो ।

वैदेशिक रोजगारमा जान यूकेदेखि अन्य युरोपिन विभिन्न देशका लागि प्रयास गरे उनले तर समय उनी अनूकूल बन्न सकेन । आफ्नो पारिवारिक पुस्ता व्यापारमै जमेकाले बिपिनको मनमा पनि व्यापार नै गर्नुपर्छ भन्ने कुराले घच्घच्याइरहन्थ्यो ।

बुटवल उपमहानगरपालिका–८ सुख्खानगरको घरबाट मिलन चोकसम्म बिहान–साँझ घुम्न निस्किँदा यहीँ क्षेत्रमा केही गरौ भनेर प्रत्येक दिन उनले वरपरका घरहरू हेर्थे, यस्तै सोच लामो समयसम्म चलिरह्यो । एक दिन बिपिन घरबाट डुल्दै मिलन चोकतिर निस्केका थिए । बाटोमा भेटिए साथी विक्रम । वैदेशिक रोजगार यात्रा र अन्य केही ठेक्कापट्टाको कामले पनि विक्रमलाई साथ दिएको थिएन । कामबाट सफल हुन नसकेका विक्रमलाई पनि देशमै केही गरौ भन्ने मनमा थियो । २ सोल्टीको चिनजान चाहिँ १५ वर्ष अगाडिदेखि नै थियो ।

पर्वतको बाच्छादेउराली घर भएका विक्रमको परिवार पनि अहिले बुटवलमै बस्दै आएको छ । बिपिनले प्रस्ताव गरे – होटल रेस्टुरेन्टको क्षेत्रमा केही गरौं न २ सोल्टी मिलेर । त्यसमा विक्रमले तत्काल स्वीकृति दिए – हुन्छ गरौं गरौं । 

दुवै मिलेर अहिले गाउँले चुलो रहेको ‘डी ग्रील’ रेस्टुरेन्टलाई बिपिन र विक्रमले ६/६ लाख रुपैयाँ लगानी गरेर १२ लाखमा किने । पुरानो घरलाई धेरै ‘मेन्टिनेन्स’ गर्नुपर्ने थियो । गाउँको झल्को दिन गरेर सजावटको काममा दुवै सोल्टी कस्सिए । होटल सञ्चालनको तयारीमा ल्याउने अवस्थासम्म पुर्‍याउँदा झण्डै ६० लाख रूपैयाँभन्दा माथि लगानी पुग्यो । त्यसपछि विक्रम संवत् २०७४ फागुनबाट सञ्चालनमा आयो सबैको खाना रोजाइँमा परेको गाउँले चुलो । 

‘गाउँले चुलो नामै काफी छ,’ विक्रम भन्छन्, ‘नेपाली स्वादको खानपानसँगै नेपालीपन छ । बुटवलको भीडभाडभित्र हाम्रो रेस्टुरेन्ट फरक छ, जहाँ विशुद्ध नेपालीपनको आभास मिल्छ, जुन मिलन चोकमा छ ।’

विक्रम हास्दै थप्छन्, ‘हाम्रो खाना राम्रो भएपछि, एक कान दुई कान हुँदै मैदान भयो । पाहुना हाम्रा भगवान् हुँदा हाम्रोमा ठूलो मान्छेदेखि सामान्य श्रमिकसम्मलाई सत्कार समान छ ।’ उनीहरूलाई धेरैले रेस्टुरेन्ट चलाउन पनि सुझाव नदिएका होइनन् तर २ सोल्टीहरूले स्पेसल खाना खुवाउने सोच बनाए । बिपिन भन्छन्, ‘ओपनिङ’कै दिन ५० जना पाहुना आउनुभयो । त्यसले नै हामीलाई हौसला दियो ।’

व्यवसाय शुरू गरेदेखि बिपिन र विक्रमको अहिलेसम्म कुनै मनमुटाव भएको छैन । दुवै जना भान्सादेखि सरसफाइ हुँदै पाहुनालाई खाना ‘सर्भिस’ गर्नेसम्मका काममा खटिन्छन् । विक्रम भन्छन्, ‘काम आफैं नगरेर कामदार मात्र राखेर सबै आफ्नो ब्राण्ड टिकाइराख्न सकिँदैन, आफैं खट्नुपर्छ । साहु हुँ भनेर खुट्टा खप्टाएर बसेर होटल चल्दैनन् ।’

चुलोमा जतिसुकै भीडभाड भए पनि खानाको गुणस्तरण र सरसफाइमा कुनै कमी हुँदैन । उनीहरूले अहिलेसम्म एउटै ‘कूक’बाट खाना बनाएर खुवाएका छन् । ‘रेस्टुरेन्टमा खाना खान अहिले नेपालका धेरै कलाकार पुगेका छन् । हाम्रोमा नेपाली धेरै ‘सिंगर’, ‘आर्टिस्ट’ र नेताहरू आउनुभएको छ,’ विक्रमले भने । 

‘हाम्रो जिल्लाका एमालेका युवा नेता गोकर्ण विष्ट यता आउँदा यहीँ आई ढिडो खाएर जानुहुन्छ । त्यस्तै माओवादी नेत्री तथा मन्त्री पम्फा भुसाल पनि यता आउँदा हाम्रोमै खाना खान आउनुहुन्छ । त्यस्तै प्रदेशका मन्त्रीहरू त भन्ने परेन । आर्मीका क्याप्टेन, र्‍यापर भिटेनदेखि अहिलेका चर्चित हिरोइन स्वस्तिमा खड्का, प्रदीप खड्का, आकाश श्रेष्ठदेखि पूजा शर्मा पनि आइरहनुहुन्छ,’ बिपिनले थपे ।

गाउँले चुलोमा मसलाको रूपमा आफैंले पिसेको जिरा र धनिया मात्र प्रयोग गरिन्छ। बाहिर अन्य कुनै ‘प्याकिङ’ मसला प्रयोग गरिँदैन । छोटो समयमा ग्राहकको रोजाइँले गाउँले चुलोको शाखा सोल्टीले विस्तार गरिसकेको छ । भैरहवा भाटभटेनी सुपर मार्केट नजिकै गाउँले चुलोको शाखा सञ्चालनमा आइसकेको छ । खाना खान आउँदा सोल्टीहरूलाई सफलताले निकै पछ्याएको छ भनेर भन्ने धेरै भटिन्छन् । 

बिपिन भन्छन्, ‘होटल व्यवसाय दुखिया पेशा हो । नेपालमा कुनै पनि ‘सिस्टम’ छैन । होटलमा चाहेर पनि निश्चित समय हुँदैन । जस्तो मान्छेलाई पनि ‘फेस’ गर्नुपर्छ । यो पेशाका लागि धैयता चाहिने रहेछ । होटलमा टिक्न सकेको मान्छेले पछि जे काम पनि गर्न सक्छ जस्तो मेरो अहिलेको बुझाइ भएको छ ।’ 

खाना पनि उनीहरूले सस्तो मूल्यमा खुवाउँछन् । प्रतिथाल शाकाहारी (भेज) खाना २०० र मांशाहारी (मटन) खाना ३०० रुपैयाँ छ । बिपिन भन्छन्, ‘यही ‘लेबल’को खाना काठमाडौं पोखरा गएर सोध्नुहोस् ४००–५०० घटीमा कसैले पनि खुवाउँदैनन् । हाम्रो खाना धेरै सस्तो छ ।’

पछिल्लो समय मानिस हप्ताको १ दिन भए पनि बाहिर जाने, खाने, रमाउने बढेका छन्, जसको फाइदा पनि चुलोलाई भएको छ । 

गाउँले चुलो सञ्चालनमा आएपछि बुटवलमा त्यस्तै नामका खस्याली चुलो, आमाको भान्छाघर, कौशी चुलो लगायत धेरै खुलेका छन् तर गाउँले चुलोलाई कहिल्यै पनि पाहुनाको कमी छैन । चुलोमा अहिले १४ जना कामदार छन् । होटलका लागि ‘मेन कूक’ पाउन ठूलो समस्या रहेको बिपिन बताउँछन् । लोक परिकारहरूलाई जोगाउने प्रयास थाल्न जरूरी भइसकेको विक्रम पनि देख्छन् । विदेशी खानाले नेपाली परिकारलाई विस्थापित गर्न थालेकोमा सोल्टीहरू चिन्तित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x