×

NMB BANK
NIC ASIA

युवाहरूको भूमिकालाई राज्यले नै सीमित बनाएको छः लावती

भदौ ४, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले युवा तरुण बिना देशको विकास र समृद्धि अकल्पनीय रहने बताएका छन् । ‘युवाहरू समाज विकासका अभिन्न साझेदार हुन् । युवाहरूले समाजका सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुरूयाइरहेका छन्’, उनले भने, ‘युवा तरुण बिना देश विकास र समृद्धिको कल्पना पनि सकिन्न, यद्यपि वर्तमानका साझेदारलाई भविष्यका कर्णाधार भन्दै युवा भूमिकालाई सीमित राख्ने क्रम जारी छ ।’ 

Muktinath Bank

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाले शनिवार आयोजना गरेको अन्तरक्रियालाई जुममार्फत सम्बोधन गर्दै प्रवक्ता लावतीले भने, ‘नेपाल युवाहरूको देश हो । जबसम्म युवा पुस्ताको अकाट्य योगदान स्वीकार गरिन्न, समाज विकासका लक्ष्य प्राप्त कठिन हुनेछ ।’ युवाहरूको अपरिहार्य योगदान र सकारात्मक भूमिकालाई लिएर राप्रपामा कुनै द्विविधा नरहेको उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रवासमा रहेका युवाहरूले श्रम गरेर स्वदेश पठाएको विप्रेषणले हिंसात्मक द्वन्द्व र कोभिड महामारीको समयमा नेपाली अर्थतन्त्रलाई जोगाएको दृष्टान्त प्रस्तुत गरे । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रवासमा रहेका नेपालीहरूको सहयोग र सद्भावका लागि लावतीले आह्वान गरे ।


Advertisment
Nabil box
Kumari

जुम अन्तरक्रियामा भाग लिँदै दक्षिण कोरियास्थित युवाहरूले, विदेशमा कार्यरत युवाहरू स्वदेश फर्किएर क्रियाशील हुन कर छुटको व्यवस्था लागू गर्न माग गरे । यसैगरी नेपालमा कलकारखाना र उद्योग स्थापना, रोजगार सिर्जनाका लागि विशेष नीति अख्तियार गरेर युवाहरूलाई घर फर्कन, नेपाली पूँजी स्वदेश फर्काउन राप्रपाले अभियान सञ्चालन गर्नु पर्ने सुझाव दिएका थिए ।

Vianet communication

श्रमदानलाई देश विकासको अभिन्न अंग बनाउन, बेथितीको रुपमा रहेको हुण्डी व्यवस्था पूर्ण नियन्त्रण गर्न वक्ताहरूले माग गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x