माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् ।
सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरू फेसबुकमा साथी बने ।
कुरा हुँदै गएपछि उनीहरू नजिकिँदै गए । सबै कुराहरू एकअर्कालाई शेयर गर्न थाले । उनीहरू यतिसम्म नजिक भए कि आफ्नो निजी तस्वीर एकअर्कालाई पठाउनेसम्म गर्न थाले ।
योजनाबद्ध रूपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले । कहिले आफैंले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले ।
अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बार मानसिक यातना दिन थाले । यति गर्दा समेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले ।
घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ गर्यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ ।
गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गर्यो ।
नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् । उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ ।
माथिको घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृत रूपमा नग्न तस्वीर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने संख्या बढ्दै गएको छ ।
फेसबूक, म्यासेन्जर, भाइबर, आईएमओ, टिकटक लगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्यांकले देखाएको छ । साइबर ब्यूरोको ३ आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्वीर सामुन्ने आउँछ ।
आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा ४ हजार ६८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबूक र म्यासेन्जरमार्फत पीडित बनेका छन् । यो समस्या पीडित भएकाको संख्या ३ हजार ९५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ ।
यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने तीन सय सात छन् । यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको संख्या १२७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या ४ हजार ६८६ रहेको तथ्यांक प्राप्त भएको छ ।
यसैगरी आव २०७७/७८ मा फेसबूक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको संख्या ३ हजार ४५१ रहेको छ । टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको संख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या ३ हजार ९०६ पुगेको देखियो ।
आव २०७६/७७ मा भने फेसबूक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको संख्या २ हजार २५० रहेको छ । टिकटकमा ४, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको संख्या १५ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको संख्या २ हजार ३०१ पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्यांकले देखाएको छ ।
सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा कार्यालयले ३ आवमा २५८ मुद्दा दर्ता गरेको छ । फेसबूक, म्यासेन्जर, भाइबर, आईएमओ, टिकटक लगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्यूरोले आव २०७८/७९ मा एक सय ३२ मुद्दा दर्ता गरेको थियो । त्यस्तै आव २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको हो ।
३ आवमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको १८४ पुरुष र १६ जना महिला गरी २०० जना रहेका छन् । जसमा क्रमशः आव २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र १ महिला पक्राउ गरेका थिए ।
यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको बताए ।
उनका अनुसार अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग (फेसबूक, म्यासेन्जर, टिकटक, भाइबर आदि) जोडिँदै गएका छन् । यसरी उक्त माध्यमबाट पीडित बन्नेको संख्यामा पनि वृद्धि भएको हो ।
उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिए । सूचना अधिकारी रायले भने, ‘अपराधबाट बच्नका लागि नागरिक आफैं सचेत र चनाखो हुनुपर्छ ।’ – आदित्य दाहाल/रासस
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...