×

NMB BANK
NIC ASIA

अनधिकृत संरचना हटाउन पुगेका मेयर बालेन र अल्फाबिटाका सञ्चालकबीच भनाभन [भिडियो]

भदौ ९, २०७९

NTC
Premier Steels

अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नयाँबानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सका प्रतिनिधिबीच विवाद भएको छ । स्वीकृति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका संरचनाहरू हटाउने अभियान चलाइरहेका बालेन र अल्फाबेटाका प्रतिनिधिबीच बिहीवार विवाद भएको हो । 

Muktinath Bank

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको विषयलाई लिएर विवाद भएको थियो । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे । त्यसपछि मेयर बालेनले जंगिएर प्रश्न गरे, ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ ?’
त्यसपछि अल्फाबिटाका प्रतिनिधिले ‘नगरपालिकामा के हुन्छ त ?’ भनेर प्रतिप्रश्न गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाउँदै फेरि जंगिएर भने, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईंसँग ?’


Advertisment
Nabil box
Kumari

त्यसपछि दुई पक्षबीच केही समय वादविवाद भएको थियो । अल्फाबिटाका प्रतिनिधिहरूले आफूहरूले राज्यलाई कर तिरिरहेको भन्दै करदाताको सम्मान गर्न बालेनसँग आग्रह गरेका थिए । बालेनले आफूले महानगरका सबैको घरघरमा गएर सूचना दिन नसक्ने भएकाले सार्वजनिक सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरेको बताएका थिए । 

Vianet communication

मेयर बालेनले काठमाडौं महानगरपालिकाभिका अवैध संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिरहेका छन् । उनले फुटपाथमा राखिएका व्यापारलाई समेत हटाइरहेका छन् । 

मेयर बालेन बुधवारमात्र सुन्धारास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्सलगायतको अवैध संरचनामाथि डोजर चलाएका थिए । 

त्यस्तै काठमाडौं महानगरपालिकाले बुधवार साँझ कोटेश्वरका फुटपाथमा राखिएका व्यापार हटाएको थियो । अवैध संरचना हटाउन मेयर बालेन आफैँ फिल्डमा खटिएका छन् । ​

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x