×

NMB BANK
NIC ASIA

चीन-जापान तिक्तता

पूर्वी एसियामा बढ्यो तनाव– जापानले चीनतर्फ किन तेर्स्याउन खोज्दैछ क्षेप्यास्त्र ?

भदौ १०, २०७९

NTC
Premier Steels

हालै आएका समाचारमा जापान सरकारले एक हजारभन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र चीनतर्फ तेर्स्याउन खोजेको उल्लेख छ । यस कदमले टोक्यो र बेइजिङबीच तनाव चर्काउन सक्छ ।

Muktinath Bank

क्षेत्रीय स्थिरतामा यसले नकारात्मक असर पार्ने भएकाले अनि जापानको संविधानले पनि आक्रामकतामा सीमा तोकिदिएकाले यस कदमलाई कार्यान्वयन गरिन्छ कि गरिँदैन, स्पष्ट छैन । तर जापान र चीनबीच भूरणनीतिक प्रतिस्पर्धा चल्नु नयाँ यथार्थ भएको कुरालाई अस्वीकार गर्न सकिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुवै मुलुक आर्थिक रूपमा घनिष्ठ भए पनि मनैैदेखि चाहिँ पुराना शत्रु हुन् । अहिले आएर उनीहरूको भूराजनीतिक महत्त्वाकांक्षाका कारण टकराव बढ्न थालेको छ । 


Advertisment
Nabil box
Kumari

चीनको उदयले एसियामा जापानको प्रभुत्वलाई जोखिममा पारेको छ । दुई देशले स्वामित्व दाबी गरिरहेको टापुसमूहलाई हात पार्न बेइजिङ सफल भएछ भने टोक्योमाथि रणनीतिक विजय प्राप्त गर्नेछ । पूर्वी चीन सागर र विवादित दियाओयू/सेन्काकु टापुसमूह एउटा कुरा भयो, तर ताइवान टापु सबभन्दा ठूलो तनावको विषय बनेको छ । 

Vianet communication

आफ्नो अस्तित्व रक्षाका लागि ताइवानको स्वायत्तता कायम रहनु जरूरी भएको जापानले बताउने गरेको छ । ताइवान चिनियाँ मुख्यभूमिसँग मिसिएमा बेइजिङले जापानको दक्षिणपश्चिम परिधिमा जलक्षेत्रीय प्रभुत्व कायम गर्नेछ । 

अहिले चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा जापानले ताइवानलाई सैन्य प्रतिरक्षा गर्छ कि गर्दैन भन्ने विषयमा अनुमान गर्न थालिएको छ । तर जापानी संविधानले निर्धारित गरेको सीमाका कारण जापानका कदम रोकिएका छन् । 

त्यसैले गर्दा ताइवानका विषयमा जापानले पनि सक्रियता बढाएको छ । अमेरिकी सांसदहरू अहिलेको तनाव आउनुअघि र तनाव चलिरहेको बेलामा ताइवान गइरहे जस्तो जापानी सांसदहरू पनि ताइवान गइरहन्थे । अघिल्लो महिना हत्या गरिएका आबे शिन्जो ताइवानका कट्टर समर्थक थिए र त्यहाँ भ्रमण गर्न खोज्दैथिए । जापानमा अहिले परराष्ट्रनीतिलाई बदल्न खोजिँदैछ र त्यसको योजनाकार आबे नै थिए । 

त्यसैगरी कुनै समयमा जापानको उपनिवेश बनेको ताइवानले पनि जापानसमर्थक सोचलाई प्रोत्साहन गर्न थालेको छ । आबेको हत्यापछि ताइवानी जनताले गरेको शोक प्रदर्शनबाटै त्यो कुरा थाहा हुन्छ । 

अहिले चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा जापानले ताइवानलाई सैन्य प्रतिरक्षा गर्छ कि गर्दैन भन्ने विषयमा अनुमान गर्न थालिएको छ । तर जापानी संविधानले निर्धारित गरेको सीमाका कारण जापानका कदम रोकिएका छन् । 

यस्तो स्थिति रहे पनि जापानले कुनै हालतमा ताइवान गुमाउने छुट पाउँदैन भलै जापान र चीनबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध पुनः गाँसिदा जापानले एक चीन नीति अपनाएको थियो । 

यो सबै बुझेर टोक्योले आफ्नो शान्तिवादी संविधानमा छिद्रहरू खोजी रक्षा खर्च बढाउन खोजेको छ । यसरी चीनको बढ्दो सैन्यशक्तिलाई सन्तुलनमा राख्नका लागि जापानले प्रयास गरिरहेको छ । 

जापानलाई यसो गर्न क्वाड समूहका अन्य सदस्यले सहयोग गरिरहेका छन् । चीनको घेराबन्दी गर्नका लागि समन्वय गरिरहेका अमेरिका र अस्ट्रेलिया यसमा बढी उत्सुक छन् । 

भारत पनि जापानको महत्त्वपूर्ण सहयोगी हो । नयाँ दिल्लीले चीनसँगको सीमाविवाद थप नचर्काउनका लागि आफूलाई ताइवान विवादबाट परै राखेको भए पनि बेइजिङलाई मद्देनजर गर्दै जापानलाई दीर्घकालीन रणनीतिक सहयोगीका रूपमा लिने गरेको छ । 

जापानले दक्षिण कोरियालाई पनि यस खेलमा संलग्न गराउन खोजेको छ अनि अमेरिकाले त्यसका लागि प्रोत्साहन गरिरहेको छ । दक्षिण कोरियाका दक्षिणपन्थी राष्ट्रपति यून सुक योल उत्तर कोरियाका विषयमा जापानसँग सहकार्य गर्न इच्छुक छन् तर उनी चीनविरोधी बन्ने अपेक्षा बेकार हो । उनले आफ्ना पूर्ववर्तीहरूकै जस्तो सतर्क दृष्टिकोण अपनाइरहेका छन् । न्यान्सी पलोसी ताइवानको कुख्यात भ्रमणपछि सौल पुग्दा कोरियाका राष्ट्रपतिले उनलाई भेट्न मानेनन् जबकि जापानले उनलाई न्यानो स्वागत गर्‍यो । 

एसियामा अमेरिकालाई सबभन्दा बढी समर्थन गर्ने मुलुक जापान नै हो । 

तर यति हुँदाहुँदै पनि जापानले चीनलाई धेरै चिढ्याउन सक्दैन किनकि चीन उसको छिमेकीका साथै महत्त्वपूर्ण व्यापार तथा लगानी सहयोगी हो । यी दुई देशबीच ऐतिहासिक शत्रुता रहेको भए पनि उनीहरूको कारोबार निकै घना छ । चिनियाँ अर्थतन्त्रमा पर्ने आघातले जापानलाई पनि चोट पुर्‍याउँछ । जापानसँग चिनियाँ बजारमा पहुँच गुमाउने सुविधा छैन । विशेषगरी कार, विद्युतीय सामान तथा अन्य वस्तुको निर्यातमा जापानका लागि चिनियाँ बजार महत्त्वपूर्ण छ । 

प्रश्न उठ्छ : ताइवानलाई सुरक्षित पार्न तथा चीनलाई चुप लगाउन जापानसँग सामर्थ्य छ ? यो सजिलो काम हैन । त्यसैले यी दुई देशबीचको सम्बन्ध एकातिर लामो समयदेखिको प्रतिद्वन्द्विता तथा ऐतिहासिक गुनासा अनि अर्कातिर संयम र अन्तर्निर्भरतामा अल्झिरहनेछ ।

चीन सरकारले जापानविरोधी भावना भयंकर प्रभावकारी तरिकाले उचाल्न सक्छ । त्यसो गर्दा चिनियाँहरूले जापानी सामानको बहिष्कार गर्ने र जापानी भवन तोडफोड गरिदिन सक्छन् । पछिल्लोपटक सन् २०१२ मा सेन्काकु टापुसमूहका विषयमा यस्ता प्रदर्शन भएका थिए । 

अमेरिकाको समर्थन पाएको भए पनि जापान कमजोर अवस्थामा छ भन्ने कुराको हेक्का राख्न यही उदाहरण पर्याप्त छ । चिनियाँ अर्थतन्त्र जापानको तुलनामा बढेको बढ्यै छ । अनि चीनको सैन्य क्षमता त जापानसँग तुलना समेत गर्न नमिल्ने गरी बढिसकेको छ ।

जापानले हजारवटा क्षेप्यास्त्र चीनतर्फ तेर्स्याएमा चीनले पाँच हजारवटा क्षेप्यास्त्र जापानतर्फ तेर्स्याउने अनि जापानी भूमिमा रहेका अमेरिकी सैन्य अड्डालाई तारो बनाउने चीनका राष्ट्रवादी टिप्पणीकार तथा ग्लोबल टाइम्सका पूर्व सम्पादक हु सिजिनले घोषणा गरे । 

तर त्यसका बावजूद चीन–जापान सम्बन्ध मैत्रीपूर्ण हुनुपर्ने पनि उनले बताए । चीनले विनाशकारी बाटोमा जाने गरी शत्रुता मोल्न नखोजेको उनको भनाइ छ । 

अब प्रश्न उठ्छ : ताइवानलाई सुरक्षित पार्न तथा चीनलाई चुप लगाउन जापानसँग सामर्थ्य छ ? यो सजिलो काम हैन । त्यसैले यी दुई देशबीचको सम्बन्ध एकातिर लामो समयदेखिको प्रतिद्वन्द्विता तथा ऐतिहासिक गुनासा अनि अर्कातिर संयम र अन्तर्निर्भरतामा अल्झिरहनेछ ।

आरटीमा प्रकाशित टिमुर फोमेन्कोको विश्लेषण लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 

 


hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x