×

NMB BANK
NIC ASIA

कालोसूची छल्न अदालतमा मुद्दा

कामचोर ठेकेदार: ठेक्का अल्झाउन र कारवाही रोक्न अदालत जाने प्रवृत्ति, बढ्दै आयोजनाको लागत

भदौ १२, २०७९

NTC
Premier Steels

सरकारले कालोसूचीमा राखेका निर्माण व्यवसायीले अदालत गएर ‘स्टे अर्डर’ ल्याउँदा आयोजनाहरू अलपत्र पर्ने र लागत पनि बढ्ने गरेको छ । विकास निर्माणको ठेक्का लगाउने कार्यालयले नै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लगाउने गरेका छन् । तर, ठेकेदारहरू अदालत गएर वर्षौंसम्म निर्माण कार्य अवरोध गरी बस्ने गरेका छन् ।

Muktinath Bank

सरकारले काम नभएका र तोकिएको शर्त पालना नभएका आयोजनाको ठेक्का तोड्न कालोसूचीमा राख्ने गरेको छ । कालोसूचीमा परेपछि सम्बन्धित ठेकेदारसँगको ठेक्का तोडिने र बाँकी कामका लागि नयाँ प्रक्रियाबाट कम्पनी छनोट गर्ने गरिएको छ । तर, कालोसूचीमा परेका कम्पनीले अदालतमा मुद्दा हाल्दा न काम अगाडि बढ्छ, न त आयोजना समयमा नै सकिन पाउँछ । अदालत पुगेका आयोजना वर्षौंसम्म अलपत्र पर्ने र रुग्ण हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षौंसम्म ठेक्का पूरा नगर्ने, अनेकौं बहाना बनाएर निर्माणका आयोजना अड्काउने ठेकेदारविरुद्ध सम्बन्धित कार्यालयले कालोसूचीमा राखेर कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष सिफारिश गर्ने गरेको छ । खरिद अनुगमन कार्यालयले काम नगर्ने र कारवाही गर्नुपर्ने ठेकेदार कम्पनीलाई आवश्यक कारवाही गर्ने गरी कालोसूचीमा पनि राख्ने गरेको छ । तर, यस्तो कालोसूचीमा परेका व्यवसायीले भने सरकारको निर्णयविरुद्ध अदालत गएर उल्टै काम अड्काउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता उमेश ढुंगानाका अनुसार सम्बन्धित कार्यालयको सिफारिशकै आधारमा १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने गरिएको छ । उनले भने, ‘अहिलेसम्म जति निर्माण व्यवसायी कालोसूचीमा परेका छन्, सबैलाई सम्बन्धित कार्यालयकै सिफारिशमा मात्रै कालोसूचीमा राखिएको हो ।’

Vianet communication

ठेक्का खोल्ने र कार्यान्वयनमा जाने कार्यालयसँग सम्बन्धित निर्माण कम्पनीकै नियमित सम्पर्क हुने गर्छ । सो कम्पनीले तोकेको शर्त, मापदण्ड, समयसीमा दिएको हुन्छ । त्यसलाई पालना गर्ने र पटक–पटकको निर्देशन अटेर गरेर सार्वजनिक निर्माणमा बाधा पारेपछि वा समयमा नै काम नगरेपछि निर्माण कम्पनी कालोसूचीमा पर्ने गरेका छन् ।

हालसम्म सरकारले ४९३ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारवाही गरिसकेको छ । यस मध्ये करीब २ सय निर्माण व्यवसायी अहिले पनि कालोसूचीमै छन् ।

ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने काम मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयले गर्ने गर्छ । बाँकी काम गर्ने र कारवाहीको सिफारिश गर्ने काम भने जसले ठेक्का लगाएको हो उसैको हो । काम लगाउने कार्यालयकै सिफारिशलाई खरिद अनुगमन कार्यालयले कार्यान्वयनमा लैजाने गरेको ढुंगाना बताउँछन् ।

खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेपछि निर्माण कम्पनी उक्त निर्णयविरुद्ध असन्तुष्ट हुने, अदालत जाने गरेका छन् । केही कम्पनीले अदालतबाट आदेश लिएर आएका त हुन्छन्, तर काम भने गर्दैनन् । अदालतले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन तत्काल नगर्न दिएको अन्तरिम आदेशपछि त्यो अवधिभर केही गर्न मिलेन । अदालतको फैसलापछि सम्बन्धित कम्पनीले मागेको मागदाबी अनुसार नै आदेश आए काम गर्न पाउँछ । तर, अहिलेसम्म सरकारी निर्णयको विरोध गर्न र काम अड्काउन मात्रै अदालतमा मुद्दा हाल्ने गरेको देखिएको छ ।

अदालतको फैसलापछि सरकारको पक्षमा निर्णय आए सम्बन्धित निर्माण कम्पनीले जति दिन काम रोकेको वा कालोसूची स्थगन गरेको छ त्यति नै समय थप हुन्छ । 

‘अदालतको अन्तरिम आदेशबाट केही समय कालोसूची स्थगन भएको भएपनि फैसलापछि थप भएको थुप्रै उदाहरण रहेका छन्,’ ढुंगानाले भने । कानूनी तर्क लगाउने र केही समय रोकेर ठेक्का प्रक्रिया लम्ब्याउने काम यसबाट भइरहेको बुझाइ पनि ढुंगानाको छ ।

कालोसूचीमा राख्ने भनेको ठेक्का तोडेर नयाँ प्रक्रियामा नै जाने हो । तर, अन्तरिम आदेशबाट कालोसूची प्रक्रिया रोकिएका आयोजना क्रोनिक हुने र लामो समयसम्म निर्माण पूरा नहुने हुन्छ । यसले सार्वजनिक निर्माणमा ढिलाइ हुनुका साथै आयोजनाको लागत पनि बढ्ने गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता ढुंगानाले बताए ।

कालोसूचीमा राखेर तुरुन्तै ठेक्का तोडियो भने नयाँ प्रक्रियामा लैजाने बाटो खुल्छ । त्यसो भयो भने बाँकी रहेको काम नयाँ ठेकेदारबाट छिटो सकिने पनि हुनसक्छ । यदि, त्यो काम रोकिइरह्यो भने चाहिँ न आयोजना अगाडि बढ्छ, न त काम नै हुन्छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पछिल्लो एक वर्षमा मात्रै एक दर्जन कम्पनीले अदातलबाट आदेश लिएर कालोसूची स्थगन गराएका छन् ।

यस्ता कम्पनीहरूमा सुनकोशी कन्ट्रक्सन, इन्फ्रा तथा प्यासिफिक बिल्डिङ, मिलेनियम शंकरमाली, आत्रेय निर्माण सेवा, टीबीइए इनर्जी (इण्डिया), आरोग्य कन्ट्रक्सन, एलिट कन्ट्रक्सन, एके एन्ड गान्बा कन्ट्रक्सनसहितका कम्पनी कालोसूचीमा छन् । यी कम्पनीहरू अहिले १ देखि ३ वर्षसम्मको लागि कालोसूचीमा परेका भएपनि अदालतको आदेशबाट कालोसूची स्थगन गराउन सफल भएका छन् । 

निर्माण व्यवसायीको आफ्नै दाबी

नेपाल निर्माण व्यवसायी महासंघले भने सरकारी निकायले आफ्नो कमजोरी लुकाएर निर्माण व्यवसायीलाई मात्रै दोष दिने गरेको आरोप लगाएको छ ।

महासंघका अध्यक्ष रवि सिंहले सरकारी निकायले साइट क्लियर नगर्ने, स्रोत सुनिश्चित नगर्ने, बजेट पर्याप्त नदिने गरेकाले काम रोकिने बताए । उनले थपे, ‘स्थानीयको समस्यालाई सम्बोधन नगर्ने, कानूनी जटिलता समाधान गर्न सहजीकरण नगर्ने तर ठेक्का लगाइहाल्ने गरेको छ ।’ 

निर्माण व्यवसायी आफैंले समस्याको समाधान गर्न नसक्ने अवस्थामा सरकारी सहयोग नहुँदा समस्या परिरहेको हुन्छ, तर सम्बन्धित निकायले भने आफ्नो कमजोरी ढाकछोप गरेर निर्माण व्यवसायीलाई नै दोषी देखाउने गरेको गुनासो उनको छ । सरकारी निकायले सहयोग गरेका हुँदैनन्, जसका कारण निर्माण व्यवसायी कालोसूचीमा पर्ने गरेको महासंघका अध्यक्ष सिंहको भनाइ छ ।

निर्माण व्यवसायीलाई पनि समयमा नै काम सक्ने, तोकिएको समयभन्दा अगाडि काम पूरा गरेर पाइने रिवार्ड लिने आशा हुने गरेको सिंह बताउँछन् ।

सरकारी निकायले सहयोग नगरेको पाटोलाई कमजोर बनाउने र निर्माण व्यवसायीको मात्रै दोष देखाएर कालोसूचीमा राख्न सिफारिश हुने गरेको उनले बताए । निर्माण व्यवसायीका कुरा नसुन्ने र एकतर्फी निर्णय गरेर कालोसूचीमा राख्ने गरिएकाले चित्त नबुझेको अवस्थामा व्यवसायी अदालत जाने गरेको उनको बुझाइ छ ।

‘अदालतले प्रमाण हेर्ने र कमजोरी कसको हो देखाइदिने गर्छ, त्यसैले जुन व्यवसायीलाई अन्याय परेको छ, त्यो मात्रै अदालत जाने गरेका हुन्, सबै जाँदैनन्,’ सिंहले भने । 

सरकारले पछिल्लो पटक गत असार अन्तिममा सार्वजनिक खरिद ऐनमा १२ औं संशोधन गरेको छ । 

उक्त संशोधनपछि साइट क्लियर नभएका आयोजना ठेक्कामा नलैजाने, पहिल्यै स्रोत सुनिश्चित गर्नेसहितको व्यवस्था भएको छ । खरिद नियमावलीको पछिल्लो संशोधनले निर्माण कार्यमा केही सहजता हुने उनले विश्वास गरे ।

दुवै पक्षको कमजोरी केलाउने हो भने धेरै समस्याको समाधान सहमतिमै हुन सक्ने, समयमा नै आयोजना पूरा हुने र अदालतसम्म पुगेर समय र लागत खर्च गर्नु नपर्ने अध्यक्ष सिंहले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x