×

X
Nic Asia
Dabur
Khukuri

ओटीका नाममा मनलाग्दी भत्ता

विद्युतका कर्मचारीले वर्षमै खाए २ अर्ब ओटी– हाजिर गर्न आँखा मिच्दै अफिसमा, भत्ता पचाएर टाप !

काठमाडाैं | भदौ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले अतिरिक्त समयमा काम गरेबापत 'ओभर टाइम' भत्ता (ओटी) नै वर्षको २ अर्ब हाराहारीमा बुझ्ने गरेको पाइएको छ ।

LAxmi BAnk
nabil BANK inside

ओटीकै लागि कर्मचारीहरू बिहानै कार्यालय पुग्ने र हाजिरी गरेर बाहिरिने गरेको प्राधिकरणका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

'बिहान ८ बजे आसपासमा त विद्युतीय हाजिरीमा लाइन नै हुन्छ । त्यसरी हाजिरी गरेर तत्कालै फर्किनेहरू साँझ फेरि आएर हाजिरी गर्ने गरेका छन्,' ती कर्मचारीले लोकान्तरसँग भने ।

कतिपय कर्मचारीले हाजिरीका लागि पुगेकै भरमा तलब र भत्ता पचाउने गरेका छन् । प्राधिकरणमा ओटीको दुरुपयोग कतिसम्म बढेको छ भन्ने कुरा आर्थिक वर्ष २०७६/०७७ मा कर्मचारीहरूले बुझेको ओटीको तथ्यांकले नै देखाउँछ ।


Advertisment
Saurya island

उक्त आर्थिक वर्षमा प्राधिकरणका कर्मचारीहरूले १ अर्ब ९१ करोड रुपैयाँ ओटी बुझेका थिए । पछिल्ला दुई आर्थिक वर्षमा पनि सोही हाराहारीमा ओटीमा खर्च भएको प्राधिकरण स्रोतको दाबी छ ।

बानेश्वर वितरण केन्द्रमा ओटीमा मात्रै वार्षिक २ करोड २६ लाख  खर्च

Vianet communication
IME BANK INNEWS

आर्थिक वर्ष २०७६/०७७ मा नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रमा मात्रै ओटीमा २ करोड २६ लाख ७१ हजार ८५० रुपैयाँ खर्च भएको देखिन्छ ।

बानेश्वर वितरण केन्द्रमा २०७८ को जेठ महिनामा मात्र ८३ जना कर्मचारीहरूले ६ लाख ९९ हजार ४४६ रुपैयाँ ओटी बुझेका थिए । एक महिनामा न्युनतम २० देखि अधिकतम ८० घण्टासम्म ओभर टाइम काम गरेको देखाएर कर्मचारीहरूले अतिरिक्त पारिश्रमिक बुझेका छन् ।

विदुरकुमार कडरियाले ७१ घण्टा ओटीबापत १६ हजार ४७५ रुपैयाँ, राजेन्द्र श्रेष्ठले ७१ घण्टा ओटीबापत १४ हजार ७४१ रुपैयाँ, राधाकृष्ण श्रेष्ठले ७१ घण्टा ओटीबापत १३ हजार ५८ रुपैयाँ, सुनिल तण्डुकारले ७१ घण्टा ओटीबापत १२ हजार ८५० रुपैयाँ बुझेका छन् ।

सोही वितरण केन्द्रमा २०७८ चैत १६ गतेदेखि २०७९ वैशाख १५ गतेसम्मको तथ्यांक हेर्दा ७१ जना कर्मचारीहरूले ओटी भत्ता  खाएका छन् । विदुरकुमार कडरियाले १५९ घण्टा, प्रेम कुमार महतोले १४० घण्टा, पार्वती नेपालीले १४० घण्टा, बलभद्र झाले १२४ घण्टा, केशवप्रसाद पराजुलीले ११२ घण्टा, सुमनकुमार श्रेष्ठले १०७ घण्टा, दिलिपकुमार थापा मगरले १०५ घण्टा, नवराज ढुंगानाले १०५ घण्टा ओटी भत्ता एक महिनामै बुझेका छन् ।

हेर्नुहोस्, २०७८ को जेठ महिनाको ओटी विवरण :

हेर्नुहोस्,२०७६ पुसदेखि मागसम्मको विवरण:

केन्द्रीय कार्यालयमै नियमविपरीत अधिकृतसम्मले बुझे ओटी

नेपाल विद्युत् प्राधिकरणको सामान्य सेवा विभागमा पनि अनावश्यक रूपमा कर्मचारीहरूलाई ओटी भत्ता खुवाउने गरिएको तथ्य फेला परेको छ । प्राधिकरणको नियमअनुसार सहायक स्तरका कर्मचारीहरूले मात्र ओटी खान पाउँछन् । तर प्राधिकरणको केन्द्रीय कार्यालयमै नियमविपरीत अधिकृत स्तरका कर्मचारीहरूले पनि ओटी बुझेका छन् ।

२०७६ पुस १६ गतेदेखि माघ १५ गतेसम्म १ महिनामा त्यहाँ कार्यरत सबै सहायक कर्मचारीहरूले ओटी भत्ता बुझेका छन् ।

फिल्डमा काम गर्ने कर्मचारीहरूलाई अतिरिक्त समयमा काम गरेबापत ओटी भत्ता दिनु स्वाभाविक हो ।

तर, कार्यालयभित्र कार्यालय समयमै काम सम्पन्न गर्नुपर्ने दायित्व बोकेका कर्मचारीहरूलाई पनि अस्वाभाविक रूपमा नियमविपरीत ओटी भत्ता खुवाएको पाइएको छ ।

सहायक निर्देशक प्रमिला अर्यालको काम सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्य हेर्नु हो ।

दैनिक गर्नुपर्ने कामहरू सम्पन्न गरी रेकर्ड व्यवस्थापन गर्न अतिरिक्त समय बसी कार्य गर्नुपर्ने भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ ।

प्रशासकीय अधिकृत मदन गिरीको काम सामान्य प्रशासन शाखाको प्रमुख भई सम्पूर्ण प्रशासनिक कार्य गर्नु हो ।

प्रधान कार्यालयको सुरक्षा, सरसफाइसम्बन्धी कार्यको अनुगमन र विभिन्न दैनिक प्रशासनिक कार्यहरू कार्यालय समयका अतिरिक्त बिहान बेलुका बसेर गर्नुपर्ने भन्दै उनलाई पनि ओटी खुवाइएको छ ।

'सिभिल इञ्जिनियर' खेमराज भण्डारी र राजु भट्टराई केन्द्रीय सेवा शाखाका प्रमुख हुन् । केन्द्रीय कार्यालयअन्तर्गत विभिन्न निर्माणसम्बन्धी कार्यको अनुगमन गर्नुपर्ने भएकाले अतिरिक्त समयमा बसी काम गर्नुपर्ने भन्दै दुवैलाई ओटी खुवाइएको छ ।

'मेकानिकल इञ्जिनीयर' हरिनारायण यादवको काम सवारीसम्बन्धी आइपर्ने कार्यहरूको व्यवस्थापन गर्नु हो ।

केन्द्रीय कार्यालयअन्तर्गत सम्पूर्ण अटोमोबाइल्ससम्बन्धी कार्य व्यवस्थापन गर्नुपर्ने भएकाले अतिरिक्त समयमा बसी काम गर्नु भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ ।

सहायक कम्प्युटर अधिकृत निलम पौडेल सामान्य प्रशासन महाशाखा तथा सामान्य सेवा विभागको दैनिक प्रशासनिक कार्यहरू व्यवस्थापन गर्छन् । कार्यालयका सम्पूर्ण चिट्ठीपत्रहरू, टिप्पणी भिसाका चिट्ठीपत्रहरू कम्प्युटराइज्ड गर्नुपर्ने भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।

सहायक प्रशासकीय अधिकृत बमबहादुर श्रेष्ठ दैनिक प्रशासनिक काम गर्छन् । उनलाई पनि ओटी भत्ता खुवाइएको छ । वरिष्ठ सहायक अञ्जु कटुवालको काम सामान्य प्रशासन शाखाको दर्ता, चलानी, फाइलिङ गर्ने, विद्युतीय सुविधा रेकर्ड कम्प्युटराइज्ड गरी नियमित राख्ने हो । उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।

वरिष्ठ सहायक जनार्दन त्रिपाठीको काम सवारी इन्धनको कुपन काट्ने, सवारी व्यवस्थापनसम्बन्धी आइपरेको काम गर्ने हो । विभागको काम कार्यालय समयमा नसकिएको कार्य गर्न भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।

वरिष्ठ सहायक 'मिटर रिडर सुपरभाइजर' सानुमाया ठकुरी सामान्य सेवा विभागको निर्देशकका पीए हुन् । निर्देशकको सचिवालयमा बसी दर्ता चलानी गर्ने, विभागमा निर्देशक कार्यालयमा बस्दा समेत बस्नुपर्ने भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।

वरिष्ठ सहायक 'मिटर रिडर सुपरभाइजर' जगदीशप्रसाद जैसीको कम सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने, 'फाइलिङ' गर्ने हो । उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।

'मेकानिकल सुपरभाइजर' प्रदीपकुमार यादवको काम सवारी साधन व्यवस्थापन गर्नु हो । उनलाई पनि ओटी भत्ता खुवाइएको छ । 'फोरमेन' सुशीला बास्तोलाको काम केन्द्रीय सेवा शाखाको मातहतमा रहेर कार्य गर्नु हो । केन्द्रीय कार्यालयका मर्मत सम्भारसम्बन्धी कार्य गर्नुपर्ने भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ।

'सिनियर मिटर रिडर' प्रमिला आचार्यको काम मूल दर्ता चलानीसम्बन्धी कार्य गर्ने, फोटोकपी गर्ने, फ्याक्स पठाउने हो। उनलाई पनि ओटी भत्ता खुवाइएको छ।

कार्यालय सहयोगी कमल पोडेको काम महाशाखा प्रमुखको कार्यकक्षमा आगन्तुकहरूलाई जलपान गराउने, चिट्ठीपत्र बुझाउन जाने हो । महाशाखा प्रमुख रहुञ्जेल कार्यालयमा बस्नुपर्ने भन्दै उनलाई ओटी भत्ता खुवाइएको छ ।

कार्यालय सहयोगी कान्छा कुचिकारको काम मूल दर्तामा आउने दैनिक चिट्ठीपत्रहरू दर्ता भइसकेपछि सम्बन्धित कार्यालयमा बुझाउन जाने हो । कार्यालय समयअघि र पछि कार्यालय खोल्ने तथा बन्द गर्नुपर्ने भन्दै उनलाई पनि ओटी भत्ता खुवाइएको छ ।

कार्यालय सहयोगी बालकृष्ण पोडे, खेमबहादुर राईको काम पनि त्यही हो । ती दुवै जनालाई ओटी भत्ता खुवाइएको छ ।

यसरी हेर्ने हो उक्त शाखामा कार्यरत २० जना कर्मचारीहरूमध्ये सहायक निर्देशक प्रमिला अर्यालले ६२ घण्टा, सिभिल इञ्जिनीयरहरू खेमराज भण्डारीले ७० घण्टा, राजु भट्टराईले ६७ घण्टा, हरिनारायण यादवले ६२ घण्टा ओटी भत्ता बुझेका छन् ।

सहायक कम्प्युटर अधिकृत नीलम पौडेलले ४२ घण्टा, बमबहादुर श्रेष्ठले ६१ घण्टा, अञ्जु थापाले ४८ घण्टा, सानुमाया ठकुरीले ४९ घण्टा, मिना श्रेष्ठले ६७ घण्टा, जनार्दन त्रिपाठीले ९४ घण्टा ओटी भत्ता बुझेका छन् । त्यसैगरी जगदिशप्रसाद जैशीले ८५ घण्टा, प्रदीपकुमार यादवले ९४ घण्टा, प्रमिला आचार्यले ६६ घण्टा, सुशीला बास्तोलाले ७६ घण्टा, दीपेन्द्र श्रेष्ठले ७१ घण्टा ओटी बुझेका छन् ।

कार्यालय सहयोगीहरू कान्छा कुचिकारले ८० घण्टा, खेमबहादुर राईले ७५ घण्टा, कमल पोडेले ८३ घण्टा, बालकृष्ण पोडेले २६ घण्टा ओटी बुझेका छन्। त्यो ओटी विवरण १ महिनाको मात्र हो । प्रत्येक महिना यसरी नै ती कर्मचारीहरूले ओटी बुझ्ने गरेका छन् ।

माथि उल्लेख गरिएका विवरण प्रतिनिधिमूलक मात्र हुन्। देशभरका वितरण केन्द्रहरूदेखि सब-स्टेसनसम्ममा कार्यरत कर्मचारीहरूले प्रत्येक वर्ष अनावश्यक ओटी बुझ्ने गरेका छन्।

कार्यालय समयमा नै सम्पन्न गर्नुपर्ने कार्य कार्यालय समयमा नगर्ने, विद्युतीय हाजिरीमा इन गरेर कार्यालयबाट टाप कस्ने तथा फेरि आउट हुने समयमा आउट हुनुको साटो अतिरिक्त समय काम गरेको भन्दै ओटी भत्ता खाने प्रवृति नै छ । कुन कर्मचारीलाई कति समयका लागि, के आधारमा ओटी दिने हो भन्ने कुनै आधार नै देखिँदैन । आफूखुशी सबैले मिलेर ओटी भत्ता खाने गरेको देखिएको छ ।

प्राधिकरणका कर्मचारीहरू वार्षिकोत्सव, ईपीआरसहित विभिन्न भत्ता बुझेर मालामाल

देशभर लाइन कट्दा सेवाग्राहीहरूले समयमा सेवा पाउँदैनन् । शहरी क्षेत्रमा कहिलेकाहीँ सेवाग्राहीको गुनासो समयमा नै सम्बोधन हुने गरे पनि ग्रामीण क्षेत्रमा त लाइन काटेको २ दिनसम्म पनि विद्युत् आपूर्ति हुने गरेको छैन ।

प्रत्येक महिना 'मिटर रिडिङ' गर्नुपर्नेमा दुईदेखि तीन महिनासम्म ढिला गरी 'मिटर रिडर' र 'मिटर रिडिङ'का लागि जाने गर्छन् । 'मिटर रिडर'को ढिलासुस्तीका कारण सेवाग्राहीले विद्युत् महशुलमा अनावश्यक जरिवाना तिर्नुपर्ने हुन्छ । एकातर्फ सेवाग्राहीले अपेक्षित सेवा पाइरहेको छैन तर प्राधिकरणका कर्मचारीहरू भने अनावश्यक ओटी भत्ताबाहेक अन्य विभिन्न भत्ताहरू बुझ्ने गर्छन् ।

प्राधिकरणमा कार्यरत कर्मचारीहरूलाई प्रत्येक वर्ष वार्षिकोत्सव भत्ता दिने गरिन्छ । गत वर्षसम्म १० हजार रुपैयाँ प्रतिवर्ष वार्षिकोत्सव भत्ता पाइरहेका प्राधिकरणका कर्मचारीहरूलाई चालू आर्थिक वर्षमा १५ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिइएको छ ।

प्राधिकरणले १६ अर्ब रुपैयाँ नाफा कमाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० हजारबाट १५ हजार रुपयाँ भत्ता दिने निर्णय गरेका थिए ।

तलबको ३० प्रतिशत 'ईपीआर' भत्ता

ती भत्ताहरूबाहेक प्राधिकरणका कर्मचारीहरूलाई तलब को ३० प्रतिशत थप 'ईपीआर' भत्ता दिनेगरिएको छ । २१ दिन हाजिर भएको, चुहावट नियन्त्रण गरेको, लक्ष्यअनुसार बाँकी बक्यौता असुल गरेको जस्ता मापदण्ड पालना गरेको शर्तमा प्राधिकरणका कर्मचारीहरूलाई 'इन्ह्यान्स पफर्मेन्स रिवार्ड' भन्दै तलबको ३० प्रतिशत थप भत्ता दिने गरिएको छ ।

जनशक्ति नहुँदा ओटी बढ्यो : प्रवक्ता भट्टराई

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई प्राधिकरणमा आवश्यक कर्मचारी दरबन्दी पूरा नहुँदा भएकै कर्मचारीबाट काम गराउनुपर्ने भएकाले ओटी बढेको बताउँछन् ।

'हामीसँग पुरानै दरबन्दी अनुसारका कर्मचारीहरू 'फुलफिल' हुन सकेको छैन। तर कामको लोड तथा 'स्कोप अफ वर्क' दिनप्रतिदिन बढ्दै गएको छ,' भट्टराईले लोकान्तरसँग भने, 'मौज्दातमा भएकै कर्मचारीबाट काम गराउनुपर्ने हुँदा 'ओभर टाइम' खर्च बढेको हो ।'

'सब-स्टेसन'को संख्या बढ्दै गएका कारण वितरण केन्द्र पनि बढ्दै गएको तर कर्मचारी नबढेको हुनाले भएकै कर्मचारीबाट 'ओभर टाइम'मा काम गराइएको जिकिर उनले गरे ।

अधिकृत स्तरका कर्मचारीहरूलाई पनि ओटी दिइएको विषयमा उनले भने, 'सहायकस्तरका कर्मचारीलाई मात्रै ओभर टाइम दिने नीति भएपनि विशेष परिस्थितिमा कार्यालय प्रमुखले कामको गाम्भीर्यतालाई हेरेर ओटी भत्ता खुवाएको हुनुपर्छ ।'

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
भदौ २३, २०७९

नेपालमा लाइसेन्स प्राप्त गरेका झण्डै ४० प्रतिशत चिकित्सक (डाक्टर)हरू विदेश पलायन भएको पाइएको छ । ३० हजार १३३ जना डाक्टर मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त गरी 'रजिस्टर्ड' रहेकोमा झण्डै १२ हजारको हाराह...

साउन ३१, २०७९

नेपाल ट्रस्टको सम्पत्ति दुरूपयोग बढ्दै गएको छ । केही खास व्यक्ति र समूहको हितमा हुने गरी लिज सम्झौता गर्दा अत्यधिक महंगा जग्गाहरू पनि कौडीको भाउमा दुरूपयोग भइरहेको हो । प्रतिस्पर्धाविनै गरिएका सम्झौता नवीकरण स...

भदौ २६, २०७९

काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत वर्ष प्राध्यापक सुबोध ढकाल मातहत चिकित्सा शास्त्रको स्नातकोत्तर 'मास्टर्स अफ मेडिसिन (एमडी)' अध्ययन गर्ने भन्दै विद्यार्थीहरू भर्ना भएका थिए । तर, ती विद्यार्थीलाई पढाउनका ...

साउन २५, २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्धनमा व्यापक अनियमितता भएको पाइएको छ । अन्य निकायलाई मितव्ययिताका लागि निर्देशन दिने प्रधानमन्त्री कार्यालयमै सवारी साधनको चरम दुरुपयोग हुने गर...

भदौ ५, २०७९

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको २७ हजार साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री, प्रदेश सचिव तथा केही इन्जिनीयर समेतलाई मुद्दा चलाउनुपर्नेमा उन्मुक्ति दिएको ...

भदौ २९, २०७९

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले कर्मचारी भर्नामा व्यापक अनियमितता गरेको छ । स्नातकोत्तर तहको अध्ययन/अध्यापन गराउनका लागि भर्ना गरिरहेका २०३ जना कर्मचारी छनोटमा अनियमितता भएको पाइएको छ । विभिन्न...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x