×

X
Nic Asia
Dabur
Khukuri

खुँखार तस्करको बयान : गाउँबाट ऋण लिएर लागूऔषध कारोवारमा, भिसाले नै ५ पासपोर्ट भरियो

काठमाडाैं | भदौ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लागूऔषध तस्करी भनेपछि ठूल्ठूला माफियाहरू तपाईं हाम्रो मस्तिष्कमा आउँछन् ।

LAxmi BAnk
nabil BANK inside

लागूऔषध कारोवारमा पैसाको खोलो बग्छ, भनिन्छ । तर, प्रहरीले यस्ता एक व्यक्तिलाई पक्राउ गरेको छ, जसले गाउँबाट ऋण लिएर लागूऔषध तस्करीमा लागेको बयान दिएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

लागूऔषध नियन्त्रण ब्यूरोले भदौ १० गते सार्वजनिक गरेका धादिङ खनियाबास गाउँपालिका– १ का सुकबहादुर तामाङ लागूऔषध एम्फेटामाइन तथा चरेस ५ केजीसहित पक्राउ परेका थिए । 

उनको साथबाट प्रहरीले ६ लाख ७५ हजार रुपैयाँ नगद र विभिन्न देशका सक्कली तथा नक्कली पैसा समेत बरामद गरेको थियो ।


Advertisment
Saurya island

पक्राउ परेका तामाङले लागूऔषध खरिद गर्नका लागि गाउँबाट ५ लाख रुपैयाँ लिएको बयान प्रहरीलाई दिएका छन् । 

‘उनको साथबाट बरामद नगदको स्रोत खोज्दा गाउँबाट ऋण लिएको बताएका छन् । ऋण लिए/नलिएको पुष्टि गरिरहेका छौं,’ ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकास खनालले लोकान्तरसँग भने, ‘उनी बारम्बार बैंकक जाने आउने गरेकाले उनले लागूऔषध खरिदका लागि ऋण लिएको हो भन्ने देखिन्छ ।’

Vianet communication
IME BANK INNEWS

उनी यसअघि पाकिस्तानमा १ केजी खैरो हेरोइनको क्याप्सुल पेटमा राखेर श्रीलंका जान लागेको अवस्थामा पक्राउ परेका थिए । 

प्रहरीका अनुसार सन् २०१८ जनवरी १८ अर्थात् २०७४ माघ १० गते उनलाई पाकिस्तानी प्रहरीले लाहोर एयरपोर्टमा पक्राउ गरेको थियो । उनलाई लागूऔषध ओसापसारको अभियोगमा पाकिस्तानको क्रिमिनल लको दफ ९ (बी) अनुसार १६ महिना जेल सजाय गरिएको थियो ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पेटमा बोकेर लाने एउटा क्याप्सुलको तौल १० ग्राम हुन्छ । त्यस्ता १ सय ८ वटा क्याप्सुल खाएर उनी श्रीलंका जान लागेका थिए । त्यसरी पाकिस्तानमा बरामद भएको १ किलो ८० ग्राम खैरो हेरोइनलाई १ किलो मात्र देखाएको उनले प्रहरीलाई बयान दिएका छन् । 

त्यदि ८० ग्राम बढी खैरो हेरोइन देखएको भए त्यहाँको कानूनअनुसार उनलाई ५ वर्षसम्म जेल सजाय हुन्थ्यो । 

‘उसको नेक्सस बलियो छ भन्ने त्यो कुराले पनि बुझिन्छ,’ ब्यूरोका एक अधिकारीले भने ।

यसको विषयमा आधिकारिक धारणा परराष्ट्र मन्त्रालयमार्फत पाकिस्तान सरकारलाई पत्र पठाएको एसएसपी खनालले बताए ।

‘उसले भनेको कुरा सत्य हो कि होइन, अन्यत्र कनेक्सन छ कि छैन भन्ने जान्नका लागि हामीले पाकिस्तान सरकारलाई पत्र पठाएका छौं, त्यसको जवाफ के आउँछ हेरौं,’ एसएसपी खनालले लोकान्तरसँग भने । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लागूऔषध बोक्नका लागि उनी नेपालबाट पाकिस्तान गएको देखिएको छ ।

प्रहरीका अनुसार उनलाई लागूऔषधका अर्का तस्कर फूलमान तामाङले पाकिस्तान पठाएका थिए । उनी पनि धादिङकै हुन् ।

विदेश धाउँदा भिसाले ५ वटा पासपोर्ट भरिए

प्रहरीको अनुसन्धानमा उनी विदेश आउजाउ गर्दा भिसाले ५ वटा पासपोर्ट भरिएको देखिएको छ । उनी सबैभन्दा पहिला मलेसिया गएको पाइएको छ । त्यहाँ केही समय बसेपछि नेपाल फर्किएर उनी फेरि कतार गएका थिए । त्यहाँ केही समय बसेर फर्किएका उनी धेरैपटक बैंकक र थाइल्यान्ड गएको उनको पासपोर्टबाट देखिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 

‘उनी कयौंपटक थाइल्याण्ड र बंैकक गएको देखिन्छ । किन बढी आउजाउ गर्थे भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्यूरोका प्रमुख एसएसपी विकास खनालले लोकान्तरसँग भने ।

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार उनकी श्रीमती वा कुनै आफन्तले थाइल्यान्डमा बसेर लागूऔषध कारोवार गर्ने गरेको देखिन्छ । तर उनले आफ्नो श्रीमतीसँग सम्बन्धविच्छेद भएको बताएका छन् । थाइल्यान्डमा चिनियाँ नागरिकसँग लागूऔषध खरिद गर्ने गरेको बयान प्रहरीलाई दिएका छन् ।

‘उनले हामीलाई चिनियाँ नागरिकसँग सम्बन्ध भएको बताएका छन्, तर उनको अन्य गतिविधि र प्रमाण हेर्दा त्यस्तो देखिँदैन, पक्कै पनि कुनै आफन्त त्यहाँ हुनुपर्छ,’ अनुसन्धानमा खटिएका अधिकारीले थपे ।

प्रहरीका अनुसन्धानमा उनले कयौंपटक थाइल्यान्डबाट लागूऔषध खरिद गरेर नेपाल ल्याउने गरेको पाइएको छ, तर कहिले कति ल्याएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

के छ अन्तर्राष्ट्रिय माफियासँगको सम्बन्ध ?

कयौंपटक विदेश आउजाउ गरेको र पाकिस्तानको जेलमा हुँदा समेत लागूऔषध खरिदबिक्री गर्ने गरेको बयान सुकबहादुरले प्रहरीलाई दिएका छन् । 

‘मैले पाकिस्तानको जेलमा हुँदा समेत लागूऔषध खरिद गरेको छु,’ उनको बयानलाई उद्धृत गर्दै ब्यूरोका अधिकारीले लोकान्तरसँग भने ।

उनले पाकिस्तानको जेलमा चिनजान भएका व्यक्तिसँग थाइल्यान्डमा लागूऔषध खरिद गर्ने गरेको प्रहरीलाई बताएका छन् । 

ब्यूरोका प्रमुख एसएसपी विकास खनालका अनुसार धेरैपटक विदेश आउजाउ भएकाले उनको अन्तर्राष्ट्रिय माफियासँगको सम्बन्धका बारेमा इन्टरपोलमार्फत जानकारी लिनका लागि पत्राचार गरिएको छ ।

‘अहिले उनको अन्तर्राष्ट्रिय कनेक्सन देखिएको छैन, हामीले केही तथ्यांकहरू छन् कि भन्ने विषयमा बुझिरहेका छौं,’ एसएसपी खनालले लोकान्तरसँग भने ।

५ हजारमा किनेर १५ हजार प्रतिग्रामसम्म एम्फेटामाइन बिक्री

सुकबहादुरले ५ देखि ७ हजार प्रतिग्राममा एमफेटामाइन किनेर १५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीलाई बताएका छन् । 

उक्त लागूऔषध १० हजार रुपैयाँ प्रतिग्राममा बेच्दै गरेको अवस्थामा तारकेश्वर नगरपालिका– १० लोकतान्त्रिक चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

‘एम्फेटामाइन महंगो लागूऔषध अन्तर्गत पर्छ, त्यो नेपालमा एलिट वर्गका मान्छेले किन्ने गरेका छन्,’ ब्यूरोका अधिकरीले लोकान्तरसँग भने, ‘यो ५ हजारमा किनेर १५ हजार प्रतिग्रामसम्ममा बिक्री हुने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार उनले एम्फेटामाइन (आइस) ७९ ग्राम थाइल्यान्डबाट आफैंले ल्याएका थिए । प्रहरीले उनको साथबाट ४ केजी ९५ ग्राम चरेस, ९० ग्राम गाँजा, ३ लाख ७५ हजार नेपाली रुपैयाँ, २३६ थान नक्कली अमेरिकन डलर, नक्कली १ हजारको नोटसमेत बरामद गरेको छ । 

यसका साथै पाकिस्तान, भुटान, म्यानमार, माल्दिभ्स, फिलिपिन्स, यूएई, मलेसिया, भारत र बंगलादेशको मुुद्रा समेत बरामद गरेको छ ।

उनको साथबाट सालकको ११ वटा खपेटा, जनावरको दाँत ६ वटा, पन्छीको खुट्टा ३ वटा, जनावरको हड्डी ८ वटा समेत बरामद गरिएको ब्यूरोले जनाएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

नेपाल प्रहरी प्रधान कार्यालय साइवर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । सर्वसाधारणलाई झुक्याई ठगी गर्ने उद्धेश्यले साइवर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले चितव...

मंसिर २०, २०७९

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरे...

मंसिर २०, २०७९

लागूऔषध मुद्दामा १ वर्ष कैद फैसला भई फरार रहेका व्यक्ति ४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका–१० निवासी पुन्नेप्रसाद चौधरी हुन् । २०७५ जेठ २६ गते राति करीब स...

मंसिर १९, २०७९

मानिसले प्रकृतिको नियमविरुद्ध गए के हुन्छ ? पक्कै पनि त्यसले समस्या निम्त्याउँछ वा जीवन नै समाप्त हुन्छ । बारामा यस्तै एउटा घटना भएको छ । एक जना १३ वर्षीय बालकले आफूसँग अप्राकृतिक मैथुन गरेका युवकको हत्या गरेका ...

मंसिर २१, २०७९

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैंझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते...

मंसिर २०, २०७९

विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ ।  नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x