×

NMB BANK
NIC ASIA

सन्दर्भ : पौडेलको अभिव्यक्ति

प्रधानमन्त्री बन्न रामचन्द्रको १९औं लालसा !

भदौ २०, २०७९

NTC
Premier Steels

छैटौंपटकको प्रयासमा पनि संसद्ले प्रधानमन्त्री निर्वाचित गर्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी फिर्ता लिएका थिए, २०७६ असोज १० गते । पहिलो संविधानसभाको त्यो कालखण्डमा कांग्रेसका उम्मेदवार थिए, रामचन्द्र पौडेल । एमाले तटस्थ बसेपछि कसैको पक्षमा बहुमत पुग्ने अवस्था थिएन ।

Muktinath Bank

प्रचण्डले उम्मेदवारी फिर्ता गरेपछि कतिपयले रामचन्द्र पौडेल स्वतः प्रधानमन्त्री भएको कुरा गरे । रामचन्द्रले उम्मेदवारी फिर्ता गर्न नमानेपछि त्यो बेला माओवादीका प्रमुख सचेकत रहेका देव गुरुङले भनेका थिए, ‘उहाँ कतिपटक हार्न तयार हो ? एकदिनमा तीनपटक चुनाव गराएर भए पनि उहाँको रहर पूरा गरिदिऔं । रिजल्ट नदिने यो प्रक्रिया नलम्बाऔं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेललाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवाले प्रस्ताव गरेका थिए भने कुलबहादुर गुरुङ र विमलेन्द्र निधिले समर्थन गरेका थिए । २०६७ साउन ५ गते पहिलो चरणको प्रयासमा १२४ भोट पाएका पौडेलले कात्तिक १८ गते १६ औं पटकमा मात्र ८२ मत पाएका थिए । अर्थात् कांग्रेसका सांसदहरू पनि आफ्नै संसदीय दलका नेता पौडेललाई भोट दिन आएनन् । सर्वोच्च अदालतको आदेशपछि २०६७ साल पुस २५ गते रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता गरे ।


Advertisment
Nabil box
Kumari

पौडेललाई प्रधानमन्त्रीमा १६ पटक पराजित नेताको उपमा दिएर व्यंग्य गर्न लागियो । प्रधानमन्त्रीमा १५ औं पटक पराजित भनेर लेखेपछि आक्रोशित पौडेलले आफू पराजित हुनका लागि कोही विजयी हुनुपर्ने भन्दै संसद् असफल भएको तर्क गरिरहे । पूर्वसभामुख समेत रहेका पौडेलको भनाइ पूरै गलत थिएन ।

Vianet communication

नेकपा एमाले तटस्थ बस्दा संसद्ले प्रधानमन्त्री चुन्न सकेको थिएन । पछि सर्वोच्च अदालतले सांसदहरू तटस्थ बस्न नमिल्ने भन्दै आदेश गरेपछि संसद् नियमावली संशोधन गरेर प्रधानमन्त्रीको चुनाव भयो ।

संसद्ले प्रधानमन्त्री चुन्न नसकेपछि माधव नेपाल सरकार निरन्तर चलिरह्यो । मुख्य दलहरू सरकार बनाउन असफल रहेको समयमा राप्रपाका सांसद एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्मा कटाक्ष गरेका थिए, ‘तपाईंहरू प्रधानमन्त्री छान्न असफल हुनुभयो भने हामी अनुभवी पनि छौं । हामीले सरकार चलाइदिनु परे भन्नु होला ।’

२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘शफ्ट कु’मार्फत शेरबहादुर देउवालाई अपदस्त गरेपछि चन्द प्रधानमन्त्री बनेका थिए ।

२०६७ माघ २० गते रामचन्द्र प्रधानमन्त्री बन्ने आशामा फेरि उम्मेदवार बने । त्यो बेला देउवा प्रस्तावक थिएनन्, प्रकाशमान सिंह र रामकृष्ण यादव प्रस्तावक र समर्थक थिए । १७ औं पल्ट प्रधानमन्त्रीका लागि प्रयास गरेका पौडेल एमालेका झलनाथ खनालसँग पराजित भए । माओवादीको समर्थनमा खनालले ३ सय ६८ मत पाउँदा पौडेलले १ सय २२ मत पाएका थिए ।

२०६८ साल भदौ ११ गते पौडेल १८ औं पटक प्रधानमन्त्री बन्न उम्मेदवार बने । प्रस्तावक प्रकाशमान सिंह र समर्थक विमलेन्द्र निधि थिए ।

यो पटक पौडेलले बाबुराम भट्टराईसँग चुनाव हारे । बाबुरामले ३ सय ४० मत पाउँदा पौडेलले २ सय ३५ मत पाएका थिए । 

११ वर्षपछि पलाएको लालसा

प्रधानमन्त्रीका लागि १८ पटक प्रयास गरेका पौडेल ११ वर्षपछि फेरि  लालायित देखिएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले उम्मेदवार छान्ने गृहकार्य चलिरहेको समयमा पौडेलले आफूलाई देशले प्रधानमन्त्रीको रूपमा देख्न चाहेको दाबी गरेका छन्, गृहजिल्ला तनहुँ पुगेर । 

‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादका लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी (प्रधानमन्त्री) बन्न बाँकी छ,’ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सव कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै नेता पौडेलले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु । देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामथ्र्य पनि छ ।’

पौडेलले सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिने र त्यो आफूसँग भएको दाबी गरे । स्मरणीय छ, केही दिन पहिले पौडेलले तनहुँबाटै अन्तिमपटक चुनाव जित्ने उत्कट चाहना रहेको बताएका थिए ।

आर्थिकरूपमा पारदर्शी, तर पदलोलुप !

नेपाली कांग्रेसको महाधिवेशनअगाडि संस्थापनइतरको भेलामा आउने क्रममा पौडेल सरकारी गाडी चढेर आएको देखेपछि शेखर कोइरालाले प्रश्न गरे, ‘रामचन्द्र दाइ कसको गाडी चढ्नुभएको छ ? यसरी सरकारी गाडी चढ्नुभन्दा साथीहरूसँग भनेर अरू गाडी चढ्नुस् ।’ 

पौडेलले त्यो बेला केही जवाफ दिएनन् । मन्त्रिपरिषद्बाट निर्णय गराएर पौडेललगायत पूर्व सभामुखले संसद् सचिवालयबाट सरकारी गाडी चढिरहेका छन् ।

सरकारी गाडी चढ्ने पूर्व सभामुखमा पौडेल एक्ला भने होइनन् । सुवास नेम्वाङदेखि कृष्णबहादुर महरासम्मले मन्त्रिपरिषद्को निर्णयका आडमा गाडी चढिरहेका छन् । 

‘पद प्रतिष्ठा भनेपछि हुरुक्कै हुने उहाँको कमजोरी छ । सभामुख र उपप्रधानमन्त्री भइसकेको मान्छे फेरि शान्ति मन्त्री हुन राजी हुनुभयो,’ पौडेललाई नजिकबाट चिन्ने कांग्रेस संस्थापनइतरका एक नेताले लोकान्तरसँग भने ।

संविधानसभाको कालखण्डमा संसदीय दलको नेताको हैसियतमा उनी गाडी चढेका थिए । पूर्व गृहमन्त्रीले पाउने सुविधाको पनि उनी हकदार छन् ।

पौडेललाई कांग्रेसभित्रबाटै पदलोलुप भनेर आरोप लागे पनि आर्थिक पारदर्शिताको मामिलामा भने उनी तुलनात्मक रूपमा स्वच्छ छविका छन् । समकालीन नेताहरूमाथि अकुत कमाएको भनेर आरोप लागेपनि त्यो आरोपबाट पौडेल मुक्त छन् । 

भलै, कहिले छोरा र कहिले सम्धीलाई नियुक्तिका लागि मरिहत्ते गरेको भनेर आलोचना हुने गरेको किन नहोस् ।

‘रामचन्द्र पौडेलको सकारात्मक पक्ष भनेकै उनी अपारदर्शी धन आर्जनमा लागेनन् । कांग्रेसभित्र एउटा सादगी र शालीन नेताको रूपमा पचिहान बनाए,’ अहिले शेखर कोइराला पक्षमा लागेका एक नेताले भने । 

भोज, भतेर र रवाफमा पनि उनको कुनै रुचि देखिन्न । लोकतान्त्रिक मूल्यमान्यता र आचरणमा रहनुपर्छ भन्ने पौडेलको सिद्धान्त छ ।

चातुर्यता कम, छैन रणनीति 

पहिलो संविधानसभामा जब प्रचण्ड प्रधानमन्त्री निर्वाचनबाट अलग भए, तब मलाई प्रधानमन्त्री बनाउनका लागि सहयोग गर्नुपर्‍यो भन्दै पौडेल प्रचण्डपुत्र प्रकाश दाहाललाई फकाउन लागिपरेका थिए ।

देशको अग्रणी लोकतान्त्रिक पार्टीको नेतृत्व लिनका लागि तम्तयार भए पनि उनले त्यो अनुसार आफूलाई रूपान्तरण गर्न सकेनन् । पौडेल आत्मकेन्द्रित भए, फलस्वरूप संस्थापन पक्ष (गिरिजा, सुशीलपछिको नेतृत्व)को नेतृत्वमा जाने अवसर पौडेलले गुमाए । 

१४ औं महाधिवेशनको सन्दर्भमा शुरूमा पौडेलले सर्वसम्मत सभापतिको उम्मेदवार बन्न निकै मेहनत गरे । तर, आफू सर्वसम्मत उम्मेदवार बन्न नसकेपछि निष्क्रिय रहे । ‘हार/जीत जे भएपनि उहाँले शेखर/गगनलाई साथ दिएको भए अहिले संस्थापनइतरबाट रामचन्द्र दाइ प्रधानमन्त्रीको सम्भावित उम्मेदवार बन्नुहुन्थ्यो होला,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यो अवसर उहाँ आफैंले गुमाउनु भयो ।’ 

महाधिवेशन सकिएपछि पौडेल शेरबहादुर देउवासँग निकट भए । शुरूशुरूमा माओवादीसँगको चुनावी तालमेलको विरोध गरेका पौडेल पछिल्लो समय तालमेलको एजेन्डामा देउवाको प्रवक्ताजस्तै बने ।

पढ्नुहोस्, यो पनि :

माओवादीसँग तालमेलका लागि खेल्ने भूमिकाका आधारमा पौडेललाई राष्ट्रपति बनाउने गुलियो आश्वासन दिइएको स्रोतहरू बताउँछन् । त्यसैलै स्थानीय तहको चुनावका बेला पौडेलले माओवादीसँगको तालमेलको खुलेर बचाउ गरे ।

जिन्दगीमा एकपटक देशको नेतृत्व गर्ने गरी कार्यकारी भूमिकामा पुग्ने मृगतृष्णा बोकेका पौडेल आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा समेत सर्वसम्मत छैनन् ।

पौडेल चुनाव लड्न खोजेको तनहुँ– १ बाट बाहुबली नेता शंकर भण्डारी र पौडेलका मित रामचन्द्र पोखरेल समेत आकांक्षी छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले राम्रो मत पाएपनि पौडेललाई प्रतिनिधिसभाको गेटभित्र पस्न चीर प्रतिद्वन्द्वी गोविन्दराज जोशी तगारो बन्न सक्छन् ।

कार्यकारी प्रमुख बन्ने पौडेलको सपना साकार हुन डडेल्धुरामा शेरबहादुर देउवा, कैलालीमा आरजू राणा, काठमाडौंमा गगन थापा, मोरङमा शेखर कोइरालाले चुनाव हार्नुपर्छ ।

त्यसमा पनि चुनावपछिको पहिलो प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चुनाव नजितेको अवस्थामा मात्र पौडेललाई प्रधानमन्त्री बन्न बाटो खुल्न सक्छ । अन्यथा प्रधानमन्त्री बन्ने पौडेलको चाहनामा यसपटक पनि तुषारापात हुने सम्भावना ज्यादा छ ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x