×

NMB BANK
NIC ASIA

‘ऐना झ्यालको पुतली’हेरेपछि फिल्मकर्मीको प्रतिक्रिया– हेर्नैपर्ने फिल्म रहेछ

भदौ २१, २०७९

NTC
Premier Steels

शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऐना झ्यालको पुतली’ले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक प्रदर्शन अगाडि गरिएको विशेष प्रदर्शनी एवं प्रिमियरमा फिल्म हेरेका फिल्मर्मीहरूले निकै राम्रो प्रतिक्रिया दिएका छन् । जसका कारण धेरैका लागि यो फिल्म प्रतिक्षित समेत बनिरहेको छ । 

Muktinath Bank

सुजित बिडारीको लेखन एवं निर्देशन रहेको फिल्ममा कञ्चन चिमरिया, सिरु बिष्ट, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बू, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, विशा चाम्लिङ राई, राज थापा, पदमप्रसाद पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म सोमवार साँझ राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्म हेरेका फिल्मकर्मीले पनि एकदमै मन परेको प्रतिक्रिया दिए । फिल्मकर्मीहरूले सामाजिक सञ्जाल फेसबुकमासमेत खुलेर प्रसंशा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कसले के भने ? 

Vianet communication

दीपेन्द्र लामा (निर्देशक)

फिल्म ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा २०५१ सालको प्रसंग झल्यास्स याद आयो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल ओभरसियरमा नाम निस्किएको थियो । तर, मैले लैनचौरको अमृत क्याम्पसमा आईएस्सी पढ्ने निधो गरेँ । 

मंगलबजारको डेरादेखि क्याम्पस जाने डाइरेक्ट गाडी पाइँदैनथ्यो । एउटा साइकल भए सजिलो हुन्थ्यो भन्ने कुरा आमालाई सुनाएँ । आमाले केही दिनमै आफ्नो कानको सुन बेचेर पाटनढोकाको केबी साइकल स्टोरबाट २१ सय रुपैयाँमा नयाँ साइकल किनिदिनुभयो । त्यसपछि १६ वर्षको उमेरमा साइकल हाँकेर क्याम्पस जान थालेँ । त्योबेला साइकलको इज्जत राम्रै थियो । 

सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’मा आमाले छोरीको पढाइका लागि सुन बेच्ने यस्तै एउटा मिठो प्रसंग छ ।  ‘नुमाफुङ’ र ‘मुकुन्डो’पछि अर्थात् झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म भइदिएको छ । 

अग्र्यानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा सिनेमाहरूको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ । राम्रो फिल्म बनाएको छु भनेर गमक्क परेर बस्ने वर्तमान फिल्मकर्मीहरू सुजित बिडारीहरूबाट विस्थापित हुने दिन टाढा छैन अब । व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘ऐना झ्यालको पुतली’ हेरेर इष्र्या नै लागेको छ । फिल्म यही २४ गते शुक्रवार रिलिज हुँदैछ । सपरिवार हेर्नैपर्ने एउटा नेपाली फिल्म ।

निर्मल शर्मा (कलाकार)

हिजो विशेष प्रदर्शन भएको ‘ऐना झ्यालको पुतली’ हेर्न मौका पाँए, कति राम्रो अर्यानिक नेपाली मन छुने चलचित्र ! भदौ २४ बाट चल्दैछ, समय निकालेर हेर्न अनुरोध । आरकेजी, सुजीतजी, केदारजीलगायत सम्पूर्ण टिमलाई पूर्ण सफलताको कामना ।

केकी अधिकारी (अभिनेत्री) 

राम्रो सिनेमा हेरेपछि त्यसै–त्यसै मन पुलकित हुने । सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद । सबैलाई हेर्न हार्दिक अनुरोध गर्दछु, मनैबाट ।

प्रकाश सपूत (गायक एवं अभिनेता)

म फिल्ममा जे देखाइयो, त्यसरी नै हुर्किएको हो । साथीहरूबीच त्यस्तै खालको सम्बन्ध स्थापित गर्दै हुर्किएको हो । त्यसरी नै टाढा स्कुल पढेको हुँ । म चाहिँ बाल्यकालसँग एकदमै नजिक भएँ । फिल्म हेर्दा नोस्टाल्जिक नै भएँ । 

दीपकराज गिरी (अभिनेता, लेखक) 

हाम्रो जेनेरेशनले जे भोग्दै आएको थियो, त्यो कुरा यसमा जस्ताको त्यस्तै देख्न पाइन्छ । भाइले दिदीलाई अथवा दिदीले भाइलाई रिलेट गर्छ । कथा सानो छ, तर जुन प्रस्तुतिकरण छ त्यो एकदमै रियल लाग्छ । फिल्म हेर्दा तपाईंलाई बाल्यकालमा फर्काउँछ । एउटा छुट्टै खालको, मनैदेखि बनाएको फिल्म लाग्यो । 

दीपाश्री निरौला (अभिनेत्री, निर्देशक) 

फिल्म हेर्दा बाल्यकाल धेरै सम्झेंँ । फिल्मको त्यो सानो बच्चा म आफूलाई नै फिल गरेँ । त्यो फिल्मको सबल पक्ष हो । किनभने कुनै पनि पात्रलाई म आफू हुँ बनाउन सक्नु, यसरी कथा बुन्न सक्नु सफल पक्ष हो । 

निर्देशक सुजितजीले राम्रो काम गर्नुभएको रहेछ । बालकलाकारहरूले एकदमै राम्रो अभिनय गर्नुभएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x