×

NMB BANK
NIC ASIA

उपमेयर सुनिताको श्वेतपत्र : १०० दिनमा १५ काम, १० नयाँ शुरूआत

भदौ २२, २०७९

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको १०० दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । 

Muktinath Bank

डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा १०० दिनमा गरेका १५ काम र शुरूआत गरेका १० योजनाबारे उल्लेख गरिएको छ । २४४ वटा पुराना विवादमा न्यायिक सुनुवाइ भएकोे र  ५१ वटा विवाद किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार भएको उनले बताएकी छन् । 


Advertisment
Nabil box
Kumari

यसअवधिमा फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल शुरू भएको डंगोलले बताएकी छन् । ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरेडाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेसन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको वस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्,’ उनले भनेकी छन्, ‘पटक–पटकको प्रयासपछि  सिसडोल र बञ्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ ।’ 

Vianet communication

दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमी लगायतका नगरपालिकाले गरेका योजनाको अवलोकन गर्ने र उनीहरूका अनुभवलाई समेत ग्रहण गर्दै दीर्घकालीन फाहोर व्यवस्थापनका लागि आवश्यक काम गर्ने उनले बताइन् । 

‘यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एकअर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ,’ डंगोलले भनेकी छन्, ‘हामीले १०० दिनमा के गर्‍यौं भनेर फेहरिस्त सार्वजनिक गर्नुभन्दा पनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौं महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।’ 

आफूले समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगतभन्दा पनि सहकार्य, सहमति र सहअस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठानेर काम गरिरहेको उनले बताइन् । 

‘सय दिनको अवधिमा ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैं केही सकारात्मक कामको थालनी गरी काठमाडौं महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौं । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौं ।  यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन,’ उनले भनेकी छन् ।  

मेलमिलापकर्ता छनोट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपाल भाषाको डिजिटल शव्दकोष निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता जस्ता कुरालाई पनि १०० दिनमा गरेका कामको विवरणमा उनले उल्लेख गरेकी छन् । 

राजस्व परामर्श समितिको गठन र कार्यान्वयन, पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार, शहरी व्यवस्थापनमा गरेका प्रयासलाई पनि डंगोलको श्वेतपत्रमा उल्लेख छ । 

‘काठमाडौं महानगरपालिका सामाजिक सेवा विभाग अन्तर्गत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरूको म स्वयं घरघरमै गएर परिचयपत्र वितरण गरिएको छ,’ डंगोलले भनेकी छन् ।  

शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, बौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्म लगायतका ५७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको उनले बताइन् । 

यस अवधिमा थालनी गरिएका योजनामा करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय बमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरू थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको कुरा लगायतलाई आगामी योजनामा समावेश गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x