फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
भदौ २४, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रवार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं विपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकाले गठबन्धन ठीक छैन भन्नु षडयन्त्रकारी कुरा भएको उल्लेख गरे । उनले गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता जनाए । उनले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षडयन्त्र भएको पनि उल्लेख गरे । उनले गठबन्धन बलियो भए मात्रै पार्टीहरू बलियो बन्ने बताए । उनले गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताए ।
‘हिजो के अवस्था थियो चितवनमा ? एक्लै चुनाव लड्दा के अवस्था हुन्छ ? सबै मिलेर चुनाव लड्दा नै पार्टी बलियो हुन्छ, पार्टी बलियो हुनु नै महत्वपूर्ण छ । आज यहीका मान्छेहरू मन्त्री छन् । भोलि यहाँकै मान्छे मन्त्री, प्रधानमन्त्री हुनसक्छन् । अहिले गठबन्धन आवश्यक छ, गठबन्धनलाई बचाएर लैजान पनि त्यत्तिकै आवश्यक छ’, उनले भने, ‘गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्न । गठबन्धन ठीक छैन भन्नेकुरा षड्यन्त्रकारी कुरा हो । पार्टीलाई सिध्याउने षड्यन्त्र हो यो । गठबन्धन रहे पो पार्टी बलियो हुन्छ, त्यसैले गठबन्धनको खिलाफ बोल्ने कुरा छैन । गठबन्धनबाट जतिसक्दो बढीभन्दा बढी फाइदा लिनुपर्छ ।’
शुक्रवार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण चितवन पुगेका थिए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...