×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

कोहीले राजावादीसँग गठबन्धन गर्छन, कोहीले गणतन्त्रवादीसँग : झलनाथ खनाल

ओलीलाई प्रश्न– ४ वर्षमा कुन कालजयी काम भयो ?

असोज १, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा गठबन्धनको राजनीति लामो समयसम्म जाने बताएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको कार्यकालको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै खनालले कुनै पनि पार्टीले एकल बहुमत ल्याउने अवस्था नभएकाले पनि गठबन्धनको राजनीति लामै समय जाने बताए । उनले भने, ‘हामीलाई बहुमत ल्याउने आकांक्षा छ तर, बहुमत ल्याउन व्यहारमा उत्तिकै कठिन पनि छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ को निर्वाचनमा वामपन्थी दलहरुले दुई तिहाई नजिकको मत ल्याउन संयोग भएको उनले बताए । ‘गठबन्धन भनेर अर्कै ढंगले हेर्नुपर्ने छैन । कोही राप्रपासँग गठबन्धन गर्छन्, कोही कांग्रेससँग गर्छन् । कोही राजतन्त्रवादीसँग गर्छन्, कोही गणतन्त्रवादीसँग गर्छन्, गठबन्धन त सबैले गर्छन्’, खनालले भने । 


Advertisment
Nabil box
Kumari

संसद््मा सम्बोधन गर्दै खनालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई चार वर्ष सरकार चलाउँदा कुन कालजयी काम भयो भनेर प्रश्न गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘मैले गरेको काम गिनिज बुकमा लेखिनुपर्छ भनेर मान्छेहरू कुर्लिने गरेका छन् । देशमा के भएको छ र कुर्लिने ? खड्गप्रसाद शर्मा ओलीले सम्झनलायक के काम गरे ? धरहरा बनाए भन्ने हो ? रानीपोखरी बनाए भन्ने हो ? रानीपोखरी त प्रताप मल्लले बनाएका होलान् नि ? धरहरा त भीमसेन थापाले बनाएका होलान् नि ? प्रस्तावना गर्नेको नाम हुन्छ कि मर्मत गर्ने को नाम ?’, खनालले भने । 

केपी ओली नेतृत्वमा ४ वर्ष सरकार चलेको तर, किसानका दैनन्दिन समस्यामा कुनै सम्बोधन हुन नसकेको उनले बताए । 

‘चार वर्ष सरकार चलाउँदा किसानका समस्यामा ध्यानै नदिनेहरू अब चुनाव के भनेर जान्छन् होला ? तर, उनीहरू नै दुई तिहाई ल्याउँछौँ भनिरहेका छन् । २÷३ जना मात्रै संसदमा आउने भनेको हो कि ? साँच्चैको दुई तिहाई आउँछ भनेको हो ?’, खनालले प्रश्न गरे । 

खनालले ओलीलाई २०७४ को चुनावी घोषणा पत्रमा भएको एउटा पनि व्यवस्था कार्यान्वयन गरे भनेर देखाउन संसदबाट चुनौतीसमेत दिएका छन् ।

ओलीले जनादेशअनुसार काम नगरी संसद् विघटन गरेर देशलाई बर्बादीमा लैजाने प्रयास गरेको आरोप पनि ओलीलाई लगाए । 

‘तपाईंले देश कता लैजान लाग्नुभएको थियो ? संविधानको कुन धारामा जानुभयो ? यो पार्टी व्यवस्था हो । बहुदलीय व्यवस्था हो । यस्तो व्यवस्थामा पार्टीको सरकार हुन्छ’, खनालले भने, ‘कहिले काहिँ सन्की, आकाशे खोर्सानीजस्तो प्रधानमन्त्री आउन सक्छ भनेर नै संसद् विघटन गर्न सक्ने अधिकार संविधानले दिएको छैन ।’

सर्वोच्च अदालतले दुई पटक संसद् विघटन असंवैधानिक भनेर व्याख्या गर्दा पनि ओलीको आँखा नखुलेको पनि खनालले बताए । 

‘संसद्ले अधिकार नै नदिएको कुरालाई कुनै प्रधानमन्त्रीले जबर्जस्त मेरो अधिकार हो भन्छ भने संविधानको व्याख्या त सर्वोच्च अदालतले नै गर्ने हो । दुई पटक अदालतले असंवैधानिक भन्दा पनि दिमाग खुल्दैन भने के कुराले दिमाग खुल्छ त ? आगामी चुनावले ? त्यसो भए आगामी चुनावमा हेरौं न त’, खनालले भने । 

तत्कालीन नेकपामा ओलीले ४/५ नेतालाई समेत मिलाउन नसक्नेले देश हाँक्छु भन्ने र देश बनाउँछु भन्न नसुहाउने पनि खनालले बताए । 

उनले भने, ‘त्यसबेला नेकपाको सचिवालयका नौ जनामध्ये केही त उहाँकै पक्षमा हुनुहुन्थ्यो । त्यसबाहेकका ४/५ जनालाई मनाउन नसक्ने व्यक्तिले कसरी देश विकास गर्न सक्छ ?’

केपी ओलीले कामै गर्न नदिएको भन्ने गरेको तर, कसैले असहयोग नगरेको खनालले दाबी गरे । ‘उहाँले ४ वटा नीति तथा कार्यक्रम ल्याउनुभयो, ४ वटा बजेट ल्याउनुभयो । ती त सबै खुरुखुरु पास भएका थिए । कसैले अवरोध गरेको थिएन । कसले असहयोग गर्‍यो र ?’, खनालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x