×

NMB BANK
NIC ASIA

नबोलु भन्दा पनि बोल्नुपर्ने रहेछ भन्दै ‘प्रेमगीत ३’ को पक्षमा खुलिन् करिश्मा

असोज ४, २०७९

NTC
Premier Steels

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ विवादमा परेको छ । चलचित्र विकास बोर्ड र ‘प्रेमगीत ३’ टिम दुई पक्षमा देखिएका छन् । कोही विकास बोर्डतर्फ खुलेका छन् भने कोही ‘प्रेमगीत ३’को पक्षमा उभिएका छन् । 

Muktinath Bank

अभिनेत्री करिश्मा मानन्धर भने ‘प्रेमगीत ३’ तर्फ खुलेकी छन् । ‘कहिलेकाही नबोलु भन्दा पनि बोल्नुपर्ने रहेछ !’ भन्दै उनले फेसबुकमा लामो स्टाटस लेखेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिश्माले लेख्छिन, ‘सही बोल्दा खाएको गाली, हरेक विवादित विषय बोल्दा अमृत सरह मानेर सहेको छु । झन् विषय आफूलाई कर्ममा जन्मदिने क्षेत्र भएपछि बोल्नु अनिवार्य हुन्छ । समयले सत्य प्रमाणित गर्छ भन्ने राम्रोसँग थाहा छ । सन्दर्भ ‘प्रेम गीत ३’ । मेरो विचारमा यो चलचित्र कुनै भाषा त के ‘मुक’ चलचित्र भए पनि विवादरहीत भएर सबैको साथ र सहयोग पाउनुपर्थ्याे । यसै पनि नेपाली चलचित्र विश्व बजारसम्म नपुगेको वर्तमान अवस्थामा, नेपालीले नेपाली पैसा लगानी गरेको यो चलचित्र, नेपालकै सुन्दर दृश्यहरू समेटेको यो चलचित्र, नेपाल कै कथामा बनेको चलचित्र, नेपाली प्राविधिकहरूले काम गरेको, यो चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वरांकित गर्‍यो त के नराम्रो भयो ?’ 


Advertisment
Nabil box
Kumari

उनले प्रेमगीत ३ स्तरीय चलचित्र बनेको दाबी पनि गरेकी छन् । उनी अगाडि लेख्छन्, ‘ भाषा एउटा माध्यम हो तिनले हाम्रो भाषा बुझ्दैनन त्यसैले सो कार्य गरियो होला । ठीक छ तपाईंको विधानमा या नियममा तेस्तै प्रावधान होला, विदेशी भाषिक चलचित्रलाई निश्चित प्रतिशत कर लगाउने !!,  लगाउनुस तर, तेत्रो लगानी भएको चलचित्रलाई तोकेको समयमै चलचित्र हलमा लगाउनका लागि सघाउनु पर्दैन !!!’ 

Vianet communication

उनले प्रश्न गर्दै थप लेखेकी छन्, ‘हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने तर नेपाली लगानीमा बनेको नेपाली  चलचित्र विदेशी भाषामा स्वरांकन (डब) हुँदैमा किन यस्तो जटिल भएको ?’ 

हिन्दी संस्करण प्रदर्शनका लागि प्रेम गीत ३ टिमले नेपाली चलचित्रले झैं सेवा सुविधा पाउनुपर्ने माग विकास बोर्डसमक्ष गरेको थियो । तर, बोर्डले भने हिन्दी डब (संस्करण)को प्रतिलिपी बलिउड कम्पनीले किनेको हुँदा ‘विदेशी’ प्रक्रियाबाटै चलचित्र प्रदर्शनमा आउनुपर्ने बताएको छ । 

विदेशी चलचित्रले चलचित्र विकास करबापत १५ प्रतिशत शुल्क तिर्नुपर्छ । यता हलहरूले चलचित्रलाई रातिको शो राखेका छैनन् । यी कारणलाई लिएर ‘प्रेम गीत ३’ टिम रुष्ट छ । यो विवादलाई धेरैले ‘प्रेम गीत ३’ र विकास बोर्डबीचको विवादका रूपमा हेरेका छन् । कलाकारहरूले पनि आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x