×

NMB BANK
NIC ASIA

चोरीको लत लागेका १८ वर्षीय किशोरले गरे ६४ वर्षीया वृद्धाको हत्या

असोज ४, २०७९

NTC
Premier Steels

चोरीको लत लागेका एक किशोरले वृद्धाको हत्या गरेको छ । ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई मंगलवार प्रहरीले सार्वजनिक गरेको छ । 

Muktinath Bank

सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । वृद्धको घरमा चोरी गर्ने उद्धेश्यले गएको र उनले थाहा पाएपछि हत्या पनि गरेको किशोरले प्रहरीलाई बयान दिएका छन् । प्रहरीका अनुसार ति किशोरलाई सानै उमेरमा कुखुरा चोर्ने लत बसेको थियो । उनी ति वृद्धाको घरमा सिक्री चोर्ने उद्धेश्यले गएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि हत्याको घटनामा चोरी तथा लुटपाट प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । 


Advertisment
Nabil box
Kumari

वृद्धाको हत्यापछि सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए । सोही अनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । 

Vianet communication

उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले पक्राउ परेको दुवैजना उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x