×

NMB BANK
NIC ASIA

अझै सेन्सर हुन सकेन ‘प्रेम गीत ३’को हिन्दी भर्जन

असोज ५, २०७९

NTC
Premier Steels

प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत ३’ आगामी शुक्रवारदेखि नेपाल, भारतसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

Muktinath Bank

हिन्दी भाषामा स्वरांकन भएर भारतका सयौं थिएटरमा एकसाथ प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत ३’ सम्भवत पहिलो नेपाली चलचित्र हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र नेपालमा नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शनको तयारीमा छ । यद्यपि हिन्दी भाषामा प्रदर्शनका लागि चलचित्र बुधवार दिउँसोसम्म सेन्सर हुन सकेको छैन । चलचित्र जाँच समितिका सदस्य सन्तोषकुमार थापाले नेपाली भर्जन केही दिनअघि नै सेन्सर भएपनि हिन्दी भर्जन सेन्सर हुन नसकेको बताए ।


Advertisment
Nabil box
Kumari

‘हिन्दी भर्जनको सेन्सरका लागि अहिलेसम्म फोन, म्यासेज आएको छैन्,’ थापाले लोकान्तरसँग भने । निर्माण टीमले हिन्दी भर्जनले पनि नेपालीसरह सेवासुविधा पाउनुपर्ने माग गरेपछि विवाद शुरू भएको थियो । निर्माण टीमले सेन्सर सिफारिसका लागि विकास बोर्डमा निवेदन दिँदै चलचित्र नेपालीसरह प्रदर्शनमा आउने माहोल बनाउन माग गरेको थियो ।

Vianet communication

यता विकास बोर्डले हिन्दी भर्जनलाई नेपाली चलचित्रसरह मान्न नसकिने र यदि हिन्दीमा रिलिज गर्ने हो भने विदेशी चलचित्र सरह प्रक्रियामा आउन अनुरोध गरेको थियो । चलचित्र निर्माता संघले पनि ‘प्रेम गीत ३’को हिन्दी भर्जनलाई विदेशी चलचित्रसरह कर लगाउनुपर्ने माग गरेको थियो । सरकारले विदेशी चलचित्रलाई विकास शुल्कका रूपमा १५ प्रतिशत कर लिँदै आएको छ । सोही विषयलाई लिएर यतिबेला चलचित्रकर्मीहरू समेत २ कित्तामा विभाजित भएका छन् ।

कोही चलचित्रकर्मी यसलाई नेपाली चलचित्रसरह कर छुट गर्नुपर्छ भन्ने पक्षमा छन् त कोही विपक्षमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x