असोज ७, २०८०
‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’को आयोजना हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म मेलाको आयोजना गर...
सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्ट सुरु गरेको छ । एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्धो चुनले प्लान्टको उद्घाटन गरेका हुन् । नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।
आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, 'विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्षदेखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ ।'
नेपालमा नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको उनले बताए । साथै, आगामी दिनमा नयाँ अवसरहरू श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिइएको उनको भनाइ छ ।
निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् । जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउने कम्पनीको भनाइ छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै भने, 'नेपालमा एलजीजस्तो विश्वस्तरीय वान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौं । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ । यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।'
चुनले मिनभवनमा रहेको एलजी शपको पनि भ्रमण गरेको बताइएको छ । हालसम्म, नेपालमा एलजीका वटा शोरुमहरु छन्। चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कलगायतको भ्रमण पनि गरेका छन् ।
‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’को आयोजना हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म मेलाको आयोजना गर...
ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ओम हस्पिटलमा आयोजित एक समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उ...
अब दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलवार ‘दरा...
'ट्रेकिङ गियर' तथा 'आउटडोर स्पोर्ट्सवेर'का लागि चर्चित ब्रान्ड 'हुम्तो' आधिकारिक रूपमा नेपाल भित्रिएको छ । हुम्तोका जुत्ताहरू नेपालमा यसअघिबाटै लोकप्रिय रहँदै आए पनि आधिकारिक रूपमा भने...
देवयानी इन्टरनेशनल नेपाल प्रालिले काठमाडौंको कलंकीमा विशेष केएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा शनिवार विशेष रुपमा बोल्ने र श्रवण शक्ति नभएक...
नेपालमा सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले ‘बाँडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकलाई ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...