कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
जमाना डिजिटलको छ । युवा पुस्ता नगदरहित भुक्तानी गर्न रुचाउन थालेका छन् । तर, अधिकांश नेपालीलाई बानी पार्न नसक्दा डिजिटल भुक्तानी हुनुपर्ने ठाउँमा पनि नगदै कारोवार भइरहेको छ ।
पछिल्लो समय सूचना प्रविधिको प्रयोग, हातहातमा मोबाइल पुगिसकेको छ । मोबाइलकै कारण जहाँ पुग्यो त्यहीँ इन्टनरेट सुविधाले क्यूआर कोड भुक्तानीदेखि वालेट पेमेन्टसम्म सहज भइसकेको छ ।
अहिले चल्तीका वालेटबाट अर्कोमा भुक्तानी गर्दा शुल्क लाग्दैन । बजारमा उपभोक्ताले कुनै सामान किनेर भुक्तानी गर्दा निःशुल्क छ । हातहातमा मोबाइल र प्रविधिमा अभ्यस्त युवापुस्ताले आफू डिजिटल भुक्तानी गर्न रुचाउने, सहजताका लागि पाका उमेरकालाई पनि सिकाउने गरेका कारण नगदरहित सेवा थप सहज हुँदै गएको छ । घरबाट बाहिर निस्किँदा खाद्यान्न, पेयपदार्थदेखि घरायसी प्रयोजनका सामान किन्न र होटल रेस्टुराँ पुगेर खाएको बिल भुक्तानीसम्ममा डिजिटल भुक्तानी सहज भएको छ ।
प्रविधिको सहज प्रयोगकै कारण आमजनताको पहुँचमा पुगेको मोबाइल बैंकिङबाट साउन महिनामा मात्रै भएको कारोवार डेढ खर्ब रुपैयाँ नाघेको छ । यस्तो भुक्तानीका लागि साउनसम्ममा १ करोड ८६ लाख ग्राहक मोबाइल बैंकिङमा जोडिएका छन् । यो बाहेक वालेट चलाउने ग्राहक पनि १ करोड ४० लाख पुगेका छन् । वालेटबाट मात्रै पछिल्लो एक महिनामा १७ अर्ब रुपैयाँको कारोवार भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा द्रुत गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता ३ करोड ८१ लाख पुगेका छन् । यस मध्ये मोबाइल ब्रोडब्यान्डमा जोडिएका प्रयोगकर्ता ९८ प्रतिशत छन् । मोबाइल इन्टरनेटकै कारण पछिल्लो समय डिजिटल भुक्तानीलाई थप सहयोग पुगेको देखिन्छ ।
नोट छाप्दा हुने खर्च जोगाउन डिजिटलमा जोड
डिजिटल भुक्तानीको तुलनामा नयाँ नोट साट्दा खर्च बढी हुन्छ । नयाँ नोट छाप्दा ४ रुपैयाँ ६८ रुपैयाँसम्म एउटै नोटको लागि खर्चनुपर्छ । खर्च हुने नयाँ नोट बजारमा जाँदा पुरानो बैंकहरूमै थुप्रने र बर्सेनि धुलाउनु पर्ने भएका कारण राष्ट्र बैंकले डिजिटल माध्यमलाई प्रबर्द्धनमा जोड दिइरहेको छ ।
यो वर्ष भने डिजिटलकै प्रयोग बढेको र आमनेपालीमा नोटप्रतिको सजगता बढेकाले नयाँ नोट साट्नेको संख्या उल्लेख्य रूपमा घटेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार यो वर्ष करीब ११ अर्ब रुपैयाँको मात्रै नयाँ नोट साटिएको छ ।
पोखरेलले भने यो वर्ष दशैैंको फूलपातीको दिनसम्म आउँदा बढेर १५ अर्ब रुपैयाँ भएको रहेछ भने पनि गत वर्षको तुलनामा २० अर्ब रुपैयाँले नयाँ नोटको सटही घटेको छ ।
नयाँ नोट गत वर्ष ३५ अर्ब रुपैयाँको सटही भएको थियो ।
पछिल्लो समय देखिएको नयाँ नोट सटहीको आकर्षण कम हुनुले भुक्तानी प्रणाली डिजिटल हुँदै गएको देखाउँछ । पोखरेल भन्छन्, ‘बैैंकहरूमा पनि लाइन विगतको तुलनामा घटेको छ । यो वर्षभन्दा अर्को वर्ष कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।’
डिजिटल पेमेन्टले बजारलाई चलायमान बनाइरहँदा नगद कारोबारलाई पनि विस्तारै घटाउँदै लगेको छ । नगदमा कारोवार गर्नेको तुलनामा नगदरहित कारोबार बढ्नुले उपभोक्तालाई सहज, बैंकमा निक्षेप नघट्ने र नयाँ नोट साट्दा हुने खर्च पनि बचत गर्न सकिने पोखरेलेको तर्क छ ।
सिभिल बैैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल पनि डिजिटल भुक्तानीको प्रभाव बैंकिङ प्रणालीमा राम्रोसँग परिरहेको बताउँछन् । पछिल्लो दैनिक ४/५ अर्ब रुपैयाँ डिजिटल भुक्तानी हुन थालेको छ । यसले बैैंकहरूबाट निक्षेप बाहिर नजाने, प्रणालीमै निक्षेप रहने, उपभोक्ताको काम चल्ने र नोट सटही तथा छपाइमा हुने खर्च जोगाउन सहयोग पुग्ने गरेको उनले बताए ।
नगदबाट कारोवार गर्दा पैसा झिकेर एक ठाउँबाट अर्को ठाँउमा लैजानुपर्ने हुन्छ । यसले लागत र समय पनि बढाउँछ । नगद भुक्तानी गर्दा सहज र छिटो पनि हुने भएकाले यसको प्रयोग बढ्नुलाई सकारात्मक मान्नुपर्ने पोखरेलको भनाइ छ ।
धेरैवटा बैंकहरूले वालेटलाई सहजै स्वीकार्नु र मोबाइल बैंकिङको सेवा दिनुले नगदको कारोवार घटाएको हुन सक्छ । पछिल्लो समय डिजिटल पेमेन्टलाई रुचाउने क्रम पनि बढिरहेको छ ।
विगतका वर्षहरूमा डिजिटलको प्रयोग कम हुँदा नगद बढी प्रयोग हुन्थ्यो । अहिले डिजिटल बढेकाले पनि नगदको प्रयोग कम हुँदै गएको छ ।
सम्भव छ दशैंमा डिजिटल दक्षिणा ?
नगद भुक्तानीलाई निरुत्साहन र डिजिटललाई प्रबर्द्धन गर्नुपर्ने भएकाले आफूले सकेसम्म डिजिटल भुक्तानी नै गर्न रुचाउने गरेको सिभिल बैंकका सीईओ सुनिल पोखरेल बताउँछन् ।
केन्द्रीय बैैंकले अहिले मर्चेन्टलाई निःशुल्क कारोवारको सुविधा दिनुपर्ने व्यवस्था गरिदिएको छ । कुनै पनि ग्राहकले कुनै पनि मर्चेन्ट कारोबारमा भुक्तानी गर्दा शुल्क तिर्नु पर्दैन ।
यसको अर्थ बजारमा गएर पैसा तिर्न राखिएको क्यूआर कोडमा स्क्यान गर्दा शुल्क लाग्दैन । तर, फण्ड ट्रान्सफर गर्दा भने १० रुपैयाँसम्म शुल्क लाग्छ ।
डिजिटललाई प्रबद्र्धन गर्नका लागि दशैंको दक्षिण समेत ट्रान्सफर गर्ने चलन बसाउनुपर्ने पोखरेल बताउँछन् । त्यसका लागि दशैंको अवधिमा बैंकहरूले ट्रान्सफरमा अतिरिक्त शुल्क नलिएर सहजीकरण गर्न सक्ने उनको भनाइ छ ।
‘दशैंमा नगद छोडौं, डिजिटल रोजौं’ भन्दै टीकाको एक दिन निःशुल्क ट्रान्सफर गर्न सकिने व्यवस्था गर्न सकिन्छ,’ सीईओ पोखरेलले भने, ‘यो विषयमा आगामी दिनमा ग्राहकको सहजता र अपेक्षाअनुसार बैंकहरूले सोच्न सक्छन् ।’
डिजिटाइजेनकै प्रभावका कारण पैसाको परिचालन गत आर्थिक वर्षमै ६६ अर्ब रुपैयाँले घटेको छ । यसरी पैसाको परिचालन घट्नुलाई डिजिटल बढ्यो नगद प्रवाह घट्यो भन्ने अर्थ लगाउन सकिने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बताए ।
ज्ञवालीले भने, ‘केन्द्रीय बैंकमा भूकम्पपछि भत्किएको पैसा राख्ने भल्ट अहिलेसम्म बन्न सकेको छैन । बजारमा पठाउने नयाँ पैसाले पुरानो पैसा फिर्ता आउने गर्छ । फिर्ता आएको साना दरका पुरानो पैसा राख्ने भल्ट नभएर खुला कोठामै राख्नुपर्ने बाध्यता बैंकहरूलाई परिरहेको छ ।’
पुराना नोट बैंकलाई राख्ने ठाउँ नभइरहेको अवस्थामा दशैंका नाममा नयाँ नोट छापेर बजारमा पठाउनु व्यावहारिक नभएको तर्क ज्ञवालीको छ ।
ज्ञवाली भन्छन्, ‘बजारमा नयाँ नोट जाँदा पुरानो नोट तुरुन्तै फर्किएर आउने गर्छ । पैसा खेलौना होइन । राष्ट्र बैंकले नयाँ नोट छापेर बाँड्नु नै गलत हो ।’
नयाँ नोट बजारमा पठाउँदा दशैंको एक सातापछि नै थोत्रिएर फिर्ता आउने गर्छ । त्यसैले डिजिटल भुक्तानी गर्नु अब समाज र समय दुबैको आवश्यकता हो ।
आवश्यकता हुँदाहुँदै पनि खाता नहुनेलाई पहिले खाता खोलेर आउनुस्, त्यसपछि भुक्तानी गर्छु भन्न नमिल्ने भएकाले पनि नगदै कारोवार गर्नुपर्ने अवस्था अझै केही समय रहिरहने बुझाइ ज्ञवालीको छ ।
बैंकहरूले नगदको सट्टा डिजिटल भुक्तानी प्रबद्र्धन नै गरिरहेका छन् । एउटा बैंकले अर्कोमा भुक्तानी गर्दा र पेमेन्ट कम्पनीले सेवा दिँदा लागत लाग्छ । निःशुल्क सेवा दिने पेमेन्ट कम्पनी सबै अहिले घाटामा छन् । ग्राहकले भुक्तानी गर्ने सेवाका लागि अहिले पनि सबैतिर निःशुल्क सेवा दिइरहेका छन् ।
फन्ड ट्रान्सफर गर्दा मात्रै लिइने थोरै शुल्क व्यक्ति स्वयं बैंक पुग्दा लाग्ने समय र खर्चको तुलनामा भने कम पर्छ । हरेक सेवा निःशुल्क खोजिनुले बानी बिग्रने र सेवाप्रदाक पनि सधैँ घाटा चल्नुपर्ने ज्ञवालीको तर्क छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...