×

NMB BANK
NIC ASIA

प्रचण्डका कान्छा ज्वाइँले पनि पाए प्रदेश सभाको टिकट

असोज २२, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यले प्रदेश सभाको टिकट पाएका छन् । उनले मोरङको निर्वाचन क्षेत्र ६(१) बाट प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधि सभामा भने सो क्षेत्रबाट कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले टिकट पाएका छन् । 

Muktinath Bank

आचार्य यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेको उनी नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पराजित भएका थिए । तबदारले २३ हजार ५१३ मत पाउँदा आचार्यले एमालेसमेतको समर्थनमा २१ हजार ४७० मत पाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ मा प्रतिनिधि सभातर्फ २८ सिटमध्ये ८ सिट माओवादी केन्द्रले पाएको छ । माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढा क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।  बुढा क्षेत्रीको नेकपा एमालेका सचिव योगेश भट्टराईसँग प्रतिस्पर्धा हुने छ । 


Advertisment
Nabil box
Kumari

झापा २ भने माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छैन । नेकपा एमालेका प्रभावशाली नेतालाई भित्र्याएर सो क्षेत्रमा उम्मेदवार बनाउने तयारीमा माओवादी केन्द्र रहेको स्रोतको दाबी छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इन्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

Vianet communication

यता मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । उनीहरू दुवै यसअघिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं ४ मा एमालेका विनोद ढकाल र क्षेत्र नं.५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । 

सुनसरीको क्षेत्र नं. १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राई उम्मेदवार बन्दैछन् ।

भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किराँतीलाई उम्मेदवार बनाएको छ । किराँतीको चुनावी भिडन्त भने पूर्वमुख्यमन्त्री शेरधन राईसँग हुने भएको छ । आफ्नो भागमा परेको खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राई वा केन्द्रीय सदस्य समिता कार्कीलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । माओवादीको भागमा परेको भनिएको सोलुखुम्बुमा भने कांग्रेसको दाबी कायमै रहेकाले अन्तिम टुंगो नलागेको बताइएको छ ।

यसैगरी प्रदेश सभातर्फ ५६ वटा सिटमध्ये माओवादीको भागमा १७ सिट परेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x