×

प्रतिनिधि सभा निर्वाचन २०७९

प्रतिष्पर्धी दलका नेता जिल्ला पुग्दा कांग्रेस छलफलमै, उम्मेदवार छान्न राति अबेरसम्म बैठक

असोज २२, २०७९

फाइल तस्वीर

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेपाली कांग्रेसको बैठक बसिरहेको छ । उम्मेदवार छान्ने आधिकारिक निकाय संसदीय बोर्डको बैठक शनिवार राति अबेरसम्म चलिरहेको छ । 

नेकपा एमालेलगायतका दलले उम्मेदवारको टुंगो लगाएर नेताहरू जिल्लामा पुगिसक्दा कांग्रेस भने छलफलमा व्यस्त छ । अधिकांश क्षेत्रको टिकट वितरण भइसकेको र केही क्षेत्रको मात्र निर्णय गर्न बाँकी रहेको बोर्डका एक सदस्यले जानकारी दिए । 


Advertisment

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उम्मेदवारको टुंगो लागिसकेको कांग्रेसका ती नेताले बताए । शनिवार राति १० बजेसम्म बसिरहेको बैठकमा अन्य प्रदेशको उम्मेदवारको बारेमा छलफल भइरहेको छ । मधेश प्रदेशमा आकांक्षी धेरै भएकोले निर्णय गर्न ढिला भएको नेताहरूले बताएका छन् । 


Advertisment

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुरा, उपसभापति पूर्णबहादुर खड्का सुर्खेत अर्का उपसभापति धनराज गुरुङ स्याङ्जाबाट उम्मेदवार बन्ने पक्का भएको छ । 

महामन्त्री गगन थापा काठमाडौं ४ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार बन्ने भएका छन् । गगन थापा सर्लाही ४ बाट उठ्ने तयारी रहेको भन्दै सोही समूहका नेताहरुले प्रचार गरे पनि गगनले काठमाडौं ४ नछाड्ने भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार बन्ने भएका छन् । गठबन्धनमा सिट बाँडफाँट हिजोमात्र टुंगिएकोले आफ्नो भागमा परेको क्षेत्रमा उम्मेदवार छान्न ढिला भएको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । 
 

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x