मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
नेपाली टेलिसिरियलको इतिहासमा सर्वाधिक चर्चित टेलिसिरियल मानिन्छ, ‘हिजो आजका कुरा’ ।
सन्तोष पन्तले २०५३ सालदेखि उक्त टेलिसिरियल प्रसारणमा ल्याएका थिए । र, एक दशकभन्दा लामो समय नेपाल टेलिभिजनमार्फत निरन्तर प्रसारण गरेका थिए । सामाजिक विषयवस्तुमा निर्माण भएका कारण प्रसारणको शुरूआतदेखि नै टेलिसिरियल निकै लोकप्रिय बनेको थियो ।
एउटा पुस्ता त ‘हिजोआजका कुरा’ हेरेरै हुर्किए भन्दा हुन्छ । उक्त टेलिसिरियलको लोकप्रियताकै खातिर सन्तोष पन्तको घरअगाडि कलाकार बन्न चाहनेको लामो लाइन लाग्थ्यो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बूढा), जितु नेपाल, दमन रुपाखेतीहरू ‘हिजोआजका कुरा’कै उत्पादन हुन् । यसकारण पनि ‘हिजोआजका कुरा’सँग दर्शकहरूको मात्र नभएर धेरै कलाकारहरुको समेत ‘इमोसन’ जोडिएको छ ।
टेलिसिरियल बन्द भएको दशकभन्दा लामो समय भइसक्दा पनि धेरैको मानसपटलमा ‘हिजोआजका कुरा’को छाप ताजै छ ।
टेलिभिजनको सानो स्क्रीनमा हेरिएको टेलिसिरियल ‘हिजो आजका कुरा’ यतिबेला भने हलको ठूला–ठूला पर्दामा चलचित्र बनेर प्रदर्शनमा आएको छ । आज (शुक्रवार)देखि प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’ चर्चित टेलिसिरियलकै फिचर स्वरूप हो ।
चलचित्रमा पनि टेलिसिरियलकै जोडी सन्तोष पन्त र रमा थपलिया शीर्ष भूमिकामा छन् । सन्तोषका छोरा साकार पन्तको निर्देशनमा बनेको चलचित्रमा ऋचा शर्मा, दिव्यदेव पन्त, साकार पन्त, रीमा विश्वकर्मालगायत पनि शीर्ष भूमिकामा छन् ।
कस्तो छ चलचित्र ?
‘हिजो आजका कुरा’ले काठमाडौंभित्रका आधुनिक परिवारको कथालाई पेश गरेको छ । युवापुस्तामा रहेको विदेशमोह र त्यसले घरेलु सम्बन्धमा पार्ने प्रभाव चलचित्रको मुख्य कथा हो ।
छोरा, छोरी एवं बुहारी विदेशमा हुँदा बुबाआमा मात्रै नेपालमा रहनुपरेको असंख्य घरको कथा चलचित्रले देखाउन खोेजेको छ ।
चलचित्रको पटकथा एवं संवाद औसत लाग्छ ।
तर, यस्ता थुप्रै संवाद छन्, जसले दर्शकलाई हँसाउन सफल देखिन्छ । यसर्थ, ‘हिजो आजका कुरा’ एउटा कमेडी धारमा निर्माण गरिएको चलचित्र हो ।
चलचित्रमा कलाकारहरूको जम्बो टिम छ । तीमध्ये अधिकांश कलाकारहरूको अभिनयमा खोट लगाउने ठाउँ देखिँदैन । तर अभिनेत्री केकी अधिकारी भने पर्दामा एक मिनेट मात्र देखिएकी छन्, त्यो पनि सामान्य भूमिकामा । त्यति सानो भूमिकामा देखिनु भनेको पक्कै पनि उनमा ब्रान्डको लोभ हुनुपर्छ !
चलचित्रमा समावेश ‘माया जदौ’ गीत पहिल्यैदेखि निकै हिट छ । दर्जन बढी चर्चित कलाकारहरूको अभिनय रहेको उक्त गीत आउँदा दर्शकलाई मीठो आभास हुनसक्छ । अर्को गीत ‘एउटा मुटु सीमा वारि’मा पनि उत्तिकै मिठास पाइन्छ ।
समग्रमा चलचित्रले विदेशमा पनि गाह्रो रहेको भन्दै नेपालमा नै बस्नुपर्ने सन्देश दिने जमर्को गरेको छ ।
आधुनिक परिवारको कथालाई पेश गरिएको भनिएको चलचित्रको प्रस्तुति भने उही पुरानै शैलीको छ । चलचित्र हेरिरहँदा धेरैलाई टेलिसिरियल हेरेको आभास हुनसक्छ । त्यो नै चलचित्रको कमजोर पक्ष हो भन्दा फरक नपर्ला !
टेलिभिजनमा टेलिसिरियल हेरेर हुर्किएका दर्शकका लागि यो चलचित्र रुचिकर हुनसक्ने भए पनि आम दर्शकलाई यसले कत्तिको तान्न सक्ला भन्ने कुरा चाहिँ ‘वर्ड अफ माउथ’मा भर पर्नेछ ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...