×

NMB BANK
NIC ASIA

जब टिकटकबारेको कमेडीले रचनाको चित्त दुख्यो...

कात्तिक १, २०७९

NTC
Premier Steels

कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेर राजधानी फर्किएको छ । देशका प्रमुख शहरहरूमा पुगेर निर्माण टिमले विभिन्न प्रस्तुति दिँदै चलचित्रबारे प्रचारप्रसार गरेको थियो । 

Muktinath Bank

मोफसल टुरमा चलचित्रको टिमबाहेक कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्याललगायत सहभागी थिए । निर्माण टिमले सोमवार पोखरामा कार्यक्रम गरेको थियो । जहाँ गायिका रचना रिमाल आफ्नो प्रस्तुतिपछि भावुक हुँदै स्टेजबाट बाहिरिएकी छन् । जून भिडियो युट्युब एवं टिकटकमा समेत भेट्न सकिन्छ । यसपछाडिको कारण थियो, उनीलक्षित कमेडी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमेडियन विकास अर्यालले आफ्नो प्रस्तुति दिने क्रममा टिकटक चलाउने र टिकटकमा लाइभ बस्नेहरुको इज्जत नै नहुने भन्ने खालको हास्यव्यंग्य रचनालाई लक्षित गर्दै प्रस्तुत गरेका थिए । रचनाले स्टेजमा आफ्नो प्रस्तुति दिएपछि विकासको कमेडी बारे प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्, ‘अघि मलाई कसले के भन्नुभयो, टिकटक चलाउँदैमा इज्जत चाहिँ जाँदैन है ! उहाँको नाम पनि मलाई थाहा छैन । तर, त्यो चाहिँ उहाँले अलि नराम्रै भनेजस्तो लाग्यो ।’ भावुक हुँदै रचनाले थपिन्, ‘आई एम सरी है त्यसका लागि ।’ रचना स्टेजबाट आँशु पुछ्दै बाहिर निस्किइन् । 


Advertisment
Nabil box
Kumari

त्यसपश्चात कमेडियन विकास अर्यालले स्टेजमार्फत माफी मागेका थिए । कमेडीको विधामा रोस्ट चलिरहेको बताउँदै रचनाको चित्त दुखाउनु आफ्नो उद्धेश्य नभएको विकासको भनाइ थियो । 

Vianet communication

स्टेजमा रहेका अभिनेता राजाराम पौडेलले आफू पनि कुनै समय टिकटकमा लाइभ आउने गरेको बताउँदै भने, ‘त्यतिबेला एक÷दुई जनाले यो पनि पैसा माग्न आयो भन्न थाले । मलाई लाज लाग्यो, लाइभ बस्न छाडेँ ।’ टिकटकमा लाइभ आउनेबित्तिकै पैसा कमाउने मात्रै भन्ने भ्रम रहेको बताउँदै भने, ‘त्यसो होइन । त्यही टिकटकबाट कति जना कलाकारहरूको उदय भएको छ । कति जनाले राम्रो राम्रो प्रस्तुति गर्नुभएको छ । टिकटकमा लाइभ बस्दैमा माग्न बसेको भन्ने हुँदैन । त्यहाँ मनोरञ्जन हुन्छ । ज्ञानबद्र्धकका कुराह  हुन्छ । लाइभ बस्दैमा माग्न मात्रै बस्यो भन्ने भ्रम हटाइदिनुहोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x