×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

ओलीप्रति प्रचण्डको कटाक्ष– ‘बयल–गाडा’ प्रवृत्ति अन्त्यको फैसला मंसिर ४ मा

कात्तिक १, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा २ वटा विचार, २ प्रवृत्ति र २ गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेको बताएका छन् । उनले सही गठबन्धनलाई जनताले जिताउने बताए । 

Muktinath Bank

ललितपुरमा आयोजित गठबन्धन दलका कार्यकर्तालाई सम्बोधन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अग्रगमन र प्रतिगमणको राजनीतिक ब्याटल मंसिर ४ गतेको चुनाव भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै प्रचण्डले ‘बयल गाडा’ प्रवृत्ति अत्यको लडाइँ पनि आगामी चुनाव भएको उनले बताए । १२ बुँदे सम्झौता र शान्ति सम्झौताको प्रसंग कोट्याउँदै उनले त्यसबेला आफूहरुले ‘बयल गाडा’ प्रवृत्तिलाई पराजित गरेर देश शान्तिपूर्ण बाटोमा आएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्दा गोरू बयल–गाडावाला सिद्धान्त भएकाहरू पनि बदलिए होलान् भन्ने लागेको थियो । तर, त्यो त धोका रहेछ’, प्रचण्डले भने, ‘बयल गाडा प्रवृत्ति भएकाहरू बयल गाडामा चढेर फेरि पनि देशलाई प्रतिक्रान्ति र अराजकतामा लैजाने प्रयासमा छन् ।’ 

Vianet communication

‘नेपालमा सामन्तवादलाई नै स्थापित गर्ने प्रयास रहेका छन् । प्रतिगमनकारी र प्रतिक्रान्तिकारीले जित्ने कि हामीले जित्ने भन्ने फैसला मंसिर ४ गते हुँदै छ । राजावादीहरू, प्रतिगमनकारीहरूको गठबन्धन विपक्षीहरूले बनाएका छन्’, प्रचण्डले भने, ‘संविधान, लोकतन्त्रको रक्षा गर्ने पुनित उद्देश्यले गठबन्धन बनाएका हौँ । अझै पनि त्यो अप्राकृतिक, अपवित्र प्रवृत्तिको कसरत चलिरहेकै छ । जबसम्म प्रतिगमनको खतरा रहिरहन्छ त्यसबेलासम्म गठबन्धन बलियो भएर गइरहनुपर्छ ।’ 

माओवादीकै सहयोगमा कांग्रेस ठूलो पार्टी बनेको भन्दै उनले आगामी चुनावमा हँसिया हथौडाले रूखमा र रूख चिह्न भएकाले हँसिया हथौडामा मत हाल्न हिचकिचाउन नहुने उनले बताए । 

मंसिर ४ गतेपछि गठबन्धनकै सरकार बन्ने र त्यो सरकारको प्राथमिकता आर्थिक समृद्धि नै हुने उनले बताए । ‘आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन स्थिर नहुने रहेछ । अबको सरकार गठबन्धनकै बन्छ । त्यो सरकारले आर्थिक विकासको नेतृत्व गर्छ’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x