×

NIC ASIA

सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना गर्दै सरकार

कात्तिक १, २०७९

Prabhu Bank
NTC
Premier Steels

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यकासाथ सीप विकास प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडी बढाएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा विद्यमान बेरोजगार युवा जनशक्तिहरूलाई श्रम बजार अनुकूलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सप विकास प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाएको बताए । 

Muktinath Bank

उनले दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको गठन आदेश मन्त्रीपरिषद्मा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । गठन आदेश पारित भएसँगै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढ्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले अहिले नीति के लिएको छ भने जतिसक्दो दक्ष जनशक्ति उत्पादन गर्ने, चाहे स्वदेशमा होस्, चाहे वैदेशिक रोजगारीमा पठाउँदा होस्, हामीले दक्ष जनशक्ति उत्पादन गर्नको लागि हामीले सीप विकास प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाएका छौँ । त्यसको लागि गठन आदेश मन्त्रीपरिषद्मा अहिले विचाराधीन छ । त्यो पारित हुने बित्तिकै सातै प्रदेशमा हामीले सीप विकास प्रतिष्ठानलाई लैजानेछौँ । ताकी विदेश जाने श्रमिकहरु सीप सिकेर जाऔँ, असुरक्षित नहोउन्’, मन्त्री कुँवरले भने । 


Advertisment
Nabil box
Kumari

मन्त्री कुँवरले अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषअन्तर्गत ल्याउने अन्तिम तयारी भएको पनि जानकारी दिए । उनले अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई कोषअन्तर्गत ल्याउने गरी दुईवटा कार्यविधि तयारी भई छलफलको क्रममा रहेको र केही समय भित्रै कार्यान्वयनमा आउने बताए । 

Vianet communication

‘अहिले हामीले फेरि अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई र विदेशमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषअन्तर्गत ल्याउनको लागि, समावेश गर्नको लागि दुई वटा कार्यविधि अघि बढाएका छौँ । एउटा कार्यदल बनाएर अनौपचारिक क्षेत्रमा कति श्रमिक हुनुहुन्छ र उहाँहरुलाई कसरी सामाजिक जोड्ने भनेर छलफल गरिरहेको छौँ’, उनले भने ।  

मन्त्री कुँवरले जर्मनसँग श्रम सम्झौता गर्ने तयारी अवस्थामा रहेको पनि जानकारी दिए । उनले नेपालका श्रमिकहरूले सम्मानजनक पारिश्रमिक पाउन भन्नका लागि जर्मन, बेलायत, हंगेरीलगायतका देशसँग श्रम सम्झौता गर्ने तयारी गरेका बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x