×

NMB BANK
NIC ASIA

हास्य कलाकारलाई गाईजात्राको चटारो, यस्तो हुनेछ प्रस्तुति [भिडियोसहित]

कात्तिक २०, २०७४

NTC
Premier Steels
हास्य कलाकारलाई यतिबेला दशैं लागेको छ । काठमाडौं केन्द्रीत धेरैजसो हास्यकलाकार यस वर्ष पनि गाईजात्रा विशेष प्रहसनको तयारीमा जुटेका छन् । गाईजात्राको पूर्वसन्ध्यामा गाईजात्रा विशेष गीत पनि रिलिज भएका छन् ।

केही वर्षदेखि ‘तिते जिरे मेरी बास्सै गाईजात्रा महोत्सव’ ले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान तताउँथ्यो । पछिल्लो दुई वर्षदेखि सीताराम कट्टेल धुर्मुसले प्रज्ञाको प्रेक्षालयमा आफ्नो प्रहसन गरेका छैनन् । सामाजिक कार्यमा सक्रिय रहेका धुर्मुस काठमाडौं बाहिर रहने गरेकाले पनि प्रतिष्ठानमा प्रहसन गर्न नपाएका हुन् ।

कस्तो हुँदैछ यसपटकको गाईजात्रा?

भोलि साउन २४ गतेदेखि गाईजात्रा विशेष बन्न लागेको प्रज्ञा प्रतिष्ठान हल यतिबेला हास्य कलाकारका लागि पनि खास बन्दैछ यसपटक भने कलाकारले व्यङ्ग्यलाई मनोरञ्जनलाई महत्त्व दिएका छन् ।


दीपकराज गिरी, हास्य अभिनेता

गिरी भन्छन्, ‘अहिले त वाक् स्वतन्त्रताको अत्यधिक उपभोग भइरहेको छ, व्यङ्ग्यका लागि गाईजात्रा नै कुर्नुपर्ने अवस्था छैन ।’ उनी थप्छन्, ‘अहिले व्यङ्ग्य सामाजिक सञ्जालको माध्यमबाट जसले पनि गर्न सक्छ, हामी हास्यकर्मी भइसक्यौं ।’

चलचित्र ‘छक्का पञ्जा २’ को काममा व्यस्त गिरी पहिलेदेखि गर्दै आएको गाईजात्रा विशेष कार्यक्रमलाई निरन्तरता दिऊँ भनेर मात्रै प्रहसन गर्न लागेको बताउँछन् । यस वर्ष उनको प्रहसनमा व्यङ्ग्यभन्दा हास्य चेत धेरै छ । कलाकार शिवहरि पौडेल, किरण केसी, मनोज गजुरेल लगायतका कलाकारको समेत उनीसँगै प्रहसन रहनेछ । दीपाश्री निरौला र केदार घिमिरले भने समय दिन सक्ने कम सम्भावना रहेको दीपक बताउँछन् ।

अवार्डका लागि विदेशमा जानुपर्ने भएकाले पनि धेरै कलाकार गाईजात्रे महोत्सवमा सहभागी हुन नपाएका हुन् ।

सीताराम कट्टेल, हास्यकलाकार तथा समाजसेवी

धुर्मुसको छवि बनाएका सीताराम कट्टेलले कमलादीको प्रज्ञा प्रतिष्ठानमा प्रहसन नगरेको तीन वर्ष भयो । कुञ्जना घिमिरे, सुरवीर पण्डित, पल्पसा डंगोल लगायतको टिमसँग सुदूर पश्चिम पुगेका धुर्मुस यतिबेला ‘धुर्मुस सुन्तली फाउण्डेसन’ ले निर्माण गर्न लागेको नमूना नेपालको तयारीमा जुटेका छन् ।

गतवर्ष सिन्धुपाल्चोकको गिरानचौर बस्ती निर्माणमा व्यस्त धुर्मुसले प्रज्ञा प्रतिष्ठानमा प्रहसन देखाउन नपाएपनि आफूले विभिन्न ठाउँमा प्रहसन गर्दै आएका छन् । ‘हामी कैलालीतिर छौं । नेपाल सरकारको सरसफाई दुत भएकाले पनि हामी सरसफाइ र चेतनामूलक प्रहसनमा व्यस्त छौं ।’ धुर्मुस भन्छन्, ‘गाउँगाउँ घुमेर हामीले गाईजात्रा मनाइरहेका छौं ।’

धुर्मुस र सुन्तली प्रज्ञाको डबलीमा नभएपनि गाईजात्रे प्याकेजमै जुटेका छन् यतिबेला ।


राजाराम पौडेल, परेकाे म व्यहाेर्छु

पछिल्लो समय सिनेमामा कमेडी भूमिकामा देखिएका राजाराम पौडेल चर्चामा छन् । यसपटकको गाईजात्रामा उनको अभिनय गाईजात्रा विशेष त छ नै । दमन रुपाखेती, निरज नेपाल, कविता शर्मा, शिवहरि बैरागी लगायतका कलाकारको समूहले एकसाथ काम गर्दैछ । पाँच जनाको समूहले एउटै स्किृप्टमा काम गरिरहेको दमन बताउँछन् ।

हेर्नुस् दमन रुपाखेती, राजाराम पौडेल लगायतका कलाकारसँग गरिएको गाईजात्रा विशेष भिडियो कुराकानीः
मनोज गजुरेल, हास्य कलाकार

विभिन्न कलाकारको क्यारिकेचर गरेर चर्चामा आउने कलाकार मनोज गजुरेल यसपटक पनि आफ्नो प्रस्तुतिमार्फत गाईजात्रालाई विशेष बनाउँदै छन् । पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, लालबाबु पण्डित लगायतका नेताको क्यारिकेचर गरेर सधै आफूलाई पृथक बनाउने गजुरेल यसपालि भने कुन भूमिकामा देखिँदै छन् भन्ने खुलाउन चाहन्नन् ।

यसपटकको गाईजात्रामा भने अन्य कलाकारको समेत प्रस्तुति रहने भएको छ । कार्यक्रममा शैलेन्द्र सिम्खडाको व्यङ्ग्य कविता वाचन समेत रहनेछ भने संगीतकार तथा गायक टीका भण्डारीको प्यारोडी प्रहसन रहनेछ । उनले नाइलनको साडी, काले दाइ, ठमेल बजार, सुन साइँली, जैले रिसाउनी, यो नेपाली शीर उचाली लगायतका गीतका प्यारोडी गीत गाउँदैछन् ।

भण्डारीले गाईजात्रामा ०५२ सालदेखि निरन्तर प्यारोडी गाउँदै आएको बताउँछन् । कार्यक्रमलाई मनोज गजुरेलले उद्घोषण गर्ने योजना समेत बनेको छ । र, कार्यक्रमलाई ‘तीते–जिरे ब्रेकफेल गाईजात्रा महोत्सव – २०७४’ नाम दिइएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा साउन २४ गतेदेखि भदौ ३ गतेसम्म साँझ साढे पाँचबाट शुरु हुनेछ । भोलि पहिलो दिन भने साढे १ बजे पनि प्रहसन हुनेछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x