×

NMB BANK
NIC ASIA

दबाब र प्रलोभनमा मतदाताले आफ्नो भोट बेच्ने छैनन् : प्रदीप यादव

कात्तिक ११, २०७९

NTC
Premier Steels

पर्साको क्षेत्र नम्बर १ अन्र्तगत पर्ने विभिन्न टोलका मतदातासँग भेटघाटमा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादव व्यस्त छन् । जनताको घरदैलोमा पुग्ने र जनताका समस्या सुन्ने कार्यलाई यादवले निरन्तरता दिएका छन् ।

Muktinath Bank

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नम्बर १ का साझा उम्मेदवार यादवले जनता सचेत भइसकेको बताउँदै कसैको दबाब र प्रलोभनको भरमा भोट नदिने बताए । उनले भने, ‘जनता अब जागरुक भइसकेका छन् , कसैले दबाब र प्रलोभन देखाउँदैमा भोट पाउने दिन अब गइसक्यो, अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिन्छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो पटक निर्वाचित हुँदा पनि आफूले उल्लेख्य काम गरेको दाबी गर्दै यादवले अब पुनः अर्कोपटक निर्वाचित गराएमा विकास निर्माणका काम गरेर वीरगञ्जको कायापलट गर्ने बताए । उनले विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारिक हबको रूपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफुले जित्नुपर्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

छोटो समयका लागि मन्त्री हुँदा पनि वीरगञ्जसहित पर्सा जिल्लाका लागि महत्वपूर्ण योजना ल्याएको बताउँदै उनले ति योजनाले वीरगञ्जको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

Vianet communication

जनताले विकास चाहेको हुँदा विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने यादवको भनाइ छ । यादवले अहिले केही ‘बहुरुपियाहरू’ भेष बदलेर जनतालाई प्रलोभन पार्ने षडयन्त्र गरिरहेको भए पनि जनताले चुनावमा उनीहरूको पर्दाफास गरिदिने ठोकुवा पनि गरे । यादवले भने, ‘अब जनतालाई चिप्लो भाषण होइन, मात्र काम चाहिन्छ काम, काम गर्ने नै जनताको रोजाइ बन्छ, त्यसैले बहुरुपियाहरूले दिवास्वप्ना नदेखे हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x