नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका छन् ।
संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनले बताए । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे। काठमाडौँ सम्पदाको सहर भएको उल्लेख गर्दै नेता प्रधानले काठमाडौँलाई नमूनाको सहर बनाइने प्रतिबद्धता जनाए ।