×

NMB BANK
NIC ASIA

प्रेम सुवालको घरदैलो : ख्वप विश्वविद्यालयको स्वीकृति दियो भने १५ लाखमा डाक्टर पढाइदिन्छौं ! [भिडियोे]

कात्तिक २१, २०७९

NTC
Premier Steels

शुक्रवार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङस्थित गैडा गाउँमा उम्मेदवार प्रेम सुवालको चुनावी घरदैलो अभियानको शुभारम्भ कार्यक्रम थियो । बिहान करीब ९ बजे त्यहाँ पुग्दा पहिलो चुनावी सभामा सुवालले भाषण गर्दै थिए ।
 
‘हाम्रा युवाहरू सबैलाई विदेशमा पठाएर हाम्रो गाउँको बाटो बन्दैन । हाम्रै देशमा रोजगारी दिनुपर्छ भनेर हामी संसदमा आवाज उठाउँछौं,’ सुवालले चुनावी सभामा भाषण गर्दै भने, ‘हामीले ख्वप विश्वविद्यालय शुरू गर्न सक्यौं भने हामी मात्र १५ लाख रुपैयाँमा डाक्टर पढाइदिन्छौं भनेर भन्यौं तर सरकारमा जाने पार्टीहरूले हाम्रो ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिई करोडौं असूल गर्ने निजी मेडिकल कलेजलाई स्वीकृति दियो ।’

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अगाडि भने, ‘त्यसैले यी सब समस्या समाधान गर्न हामीलाई जिताउनुपर्छ अनि संसदमा हामी जोडदार आवाज उठाएर सरकारलाई निर्देशन दिन्छौं ।’


Advertisment
Nabil box
Kumari

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रेम सुवाल भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीको उम्मेदवार छन् । नेकपा एमालेबाट नवराज गेलाल उम्मेदवार छन् भने माओवादी केन्द्रबाट सुनिल गोठे उम्मेदवार छन् ।
     
चुनावी सभापश्चात गैडा गाउँबाट १ किलोमिटर जति चुनावी र्‍याली गर्दै कार्यक्रमको समापन भयो । समापनपश्चात थोरै समय प्रेम सुवालले लोकान्तर टीमसँग कुराकानी गरे ।
 
‘हाम्रो पार्टीले नेपालका मजदुर र काम गरिखाने जनताको प्रतिनिधित्व गर्छ,’ उनले कुराकानीमा भने, ‘विद्यालय र विश्वविद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्नुपर्छ भनेर प्रतिनिधि सभामार्फत सरकारलाई निर्देशन दिन सक्यौं भने सम्पूर्ण विद्यार्थी लाभान्वित हुन पाउनेछन् । अहिले हाम्रो देशमा वार्षिक १३ लाख विद्यार्थी १ कक्षामा भर्ना हुने गर्छन् भने करीब ५ लाख विद्यार्थी मात्र एसईई परीक्षा दिन्छन् अनि त्यसमा पनि ३ लाख मात्र पास हुन्छन् । यसरी हेर्दा १० लाख विद्यार्थीहरू एसईईमा पुग्न नसकेको देखिन्छ । त्यसैले विद्यालय र विश्वविद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्न सके यस्तो समस्या आउँदैन ।’

Vianet communication

सार्वभौमिकताको रक्षा र एमसीसीको विरोधका लागि आफूलाई भोट दिनुपर्ने उनले बताए । ‘देशको सार्वभौमिकता रक्षाका लागि, देशको सिमाना सुरक्षाको निम्ति, भारतीय विस्तारवादले हाम्रो देशको सिमाना अतिक्रमण गरिरहेको छ, त्यसको विरोधका निम्ति, त्यस्तै एमसीसी सम्झौता संसदबाट पारित भए तापनि कार्यान्वयन गर्न दिन हुँदैन । यो देशको हितमा छैन, त्यो खारेज गर्नैपर्छ । यस्तो विषय हामी संसदमा उठाउँछौं, यसको विरोध गर्छौं,’ उनले लोकान्तरसँगको कुराकानीमा भने । 

नेमकिपाले देशभर ५८ जिल्लामा उम्मेदवार उठाएको जानकारी सुवालले दिए । जसमा प्रत्यक्षतर्फ १०९ जना उम्मेदवार रहेका उनले बताए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x