×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सिरहा १– पुरानालाई मतदाताको ‘फ्रस्ट्रेसन’को पीर, फ्रेश उम्मेदवारलाई ‘आपराधिक विगत’को पिरलो

कात्तिक २७, २०७९

NTC
Premier Steels

सिरहा–१ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पद्मनारायण चौधरी र प्रतिपक्षी गठबन्धनबाट नेकपा एमालेका रामशंकर यादवबीच प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवारबीच कडा टक्कर रहेको स्थानीयहरू बताउँछन् । 

Muktinath Bank

कांग्रेसका उम्मेदवार चौधरी पूर्वसांसद हुन् । उनले त्यहाँबाट पटकपटक निर्वाचन लडेका छन् अनि जीत र हार दुवैको अनुभव बटुलेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त क्षेत्रबाट २०७४ सालको चुनावमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले चुनाव जितेका थिए । उनको निधन भएपछि कांग्रेसले चौधरीलाई टिकट दिएको छ । २०७४ मा कांग्रेसका गिरी र एमालेका गंगा यादवबीच प्रतिस्पर्धा भएको थियो ।


Advertisment
Nabil box
Kumari

अर्कातर्फ विपक्षी दल नेकपा एमालेका उम्मेदवार यादव भने ज्यान मुद्दामा जेल सजाय काटेर ३ वर्षअघि मात्र रिहा भएका हुन् । प्रहरी हत्याको अभियोगमा उनी साढे ६ वर्ष जति कैद सजाय काटेर रिहा भएका हुन् । 

Vianet communication

२०५९ सालमा भगवानपुर चौकीका एकजना प्रहरीको हत्या अभियोगमा उनलाई सिरहा जिल्ला अदालतले २० वर्षको कैद सजाय गरेको थियो । तर, साढे ६ वर्ष मात्र जेल सजाय काटेर राष्ट्रपतिबाट उनको सजाय माफी मिनाहा भएपछि उनलाई रिहा गरिएको हो । २०७६ साल असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सजाय मिनाहा गरेकी थिइन् ।

रामशंकर यादव

माओवादीले प्रहरीको हत्या गरेको भए पनि राजनीतिक प्रतिशोध साँध्नका लागि आफूलाई झूटा मुद्दा लगाएर फसाएको यादव बताउँछन् । ‘मैले नेपाली कांग्रेसबाट नै राजनीति गरिरहेको थिएँ । पछि कांग्रेस छोडेर एमालेमा प्रवेश गरेकाले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ममाथि प्रहरी हत्यामा झूटो मुद्दा लगाएर फसायो ।’

एमाले नेता केपी शर्मा ओलीको सरकार बनेपछि सजाय मिनाहा भएको उनले बताए ।

कांग्रेस उम्मेदवार चौधरी भने धेरैपटक सांसद भइसकेका व्यक्ति हुन् । उनले २०४८ सालमा, २०५१ सालमा नेपाली कांग्रेसबाटै संसदीय चुनाव जितेका थिए । त्यसपछि २०५६ सालमा उनले चुनाव हारेका थिए । 

२०६४ सालको संविधानसभा चुनाव जितेका उनी २०७० सालको दोस्रो संविधानसभाको चुनाव भने हारेका थिए । २०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसबाट प्रदीप गिरीले टिकट पाएपछि उनलाई समानुपातिक सांसद बनाइएको थियो ।  

२०७९ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावको मतपरिणाम अनुसार, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चौधरी नै बलियो देखिन्छ । तर दक्षिणी भेगमा जनता समाजवादी पार्टीको राम्रो मत भएको हुनाले एमाले उम्मेदवार यादवको पनि अवस्था बलियो देखिएको सिरहाका एक पत्रकारले बताए । 

‘मुख्य कुरा प्रदेश सभामा जसपाका राजकुमार गुप्ता ५ सय मतले मात्र हारेका थिए, अहिले उहाँ सिरहा १(ख) बाट फेरि पनि चुनाव लड्नुभएको छ,’ ती पत्रकारले लोकान्तरसँग भने, ‘त्यसकारण उहाँमाथि यसपटक जनताको सहानुभूति पनि छ । जसपाको मत र एमालेको अनुशासित संगठनात्मक मतका कारण सत्ता गठबन्धनका उम्मेदवारलाई एमाले उम्मेदवारले चुनौती दिइरहेका छन् ।’

सत्ता गठबन्धनबाट प्रदेशसभा १(क) मा नेपाली कांग्रेसबाट सुनिल महतो र १(ख) मा नेकपा एकीकृत समाजवादीका अशोक यादव उम्मेदवार छन् । त्यसैगरी विपक्षी गठबन्धनबाट १(क) मा नेकपा एमालेका राजेन्द्र चौधरी र १(ख) मा जसपाका राजकुमार गुप्ता (राजु) उम्मेदवार छन् । 

उक्त क्षेत्रमा कुल पाँचवटा पालिका पर्छन् । लहान नगरपालिकाको २४ वटा वडा, धनगढीमाई नगरपालिकाको २ वटा वडा, लक्ष्मीपुर पतारी गाउँपालिकाको ५ वटा वडा, सखुवानान्करकट्टी गाउँपालिकाको ५ वटा वडा र भगवानपुर गाउँपालिकाको ५ वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन् ।

लहानमा भेटिएका ४० वर्षीय प्रमोद साह भने पटकपटक चुनाव जितेर गए पनि चौधरीले यस क्षेत्रमा कुनै विकास नगरेका कारण नयाँ अनुहार ल्याउनुपर्ने चेत जनतामा जागेको बताउँछन् । ‘२०४८ सालदेखि नै कांग्रेस उम्मेदवार चौधरीले चुनाव जित्दै आउनुभएको छ तर पनि क्षेत्रमा जनताका लागि विकासको केही काम नै गर्नुभएको छैन,’ साहले लोकान्तरसँग भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी कुनै पनि क्षेत्रमा काम नगरेकालाई नै फेरि किन मत दिने भन्ने माहोल बनेको छ ।’

प्रमोद साह

नयाँ अनुहारको खोजी भए पनि स्वतन्त्रबाट त्यस्तो उम्मेदवार नभएकाले एमालेबाट उम्मेदवार बनेका नयाँ अनुहार यादवलाई नै बढीजसो मत जान सक्ने अवस्था बन्दै गएको उनले बताए । 

लहान नगरपालिका वडा नम्बर १ मा न्यु शिव मेडिकल पसल सञ्चालन गरिरहेका शिवनाथ सिंहले चाहिँ सत्ता गठबन्धनकै उम्मेदवारले जित्ने आकलन गरे । ‘पदमनारायण चौधरी पुरानो नेता हो । उहाँको व्यक्तित्व पनि सरल छ,’ सिंहले भने, ‘उहाँ भलादमी मानिस हो । प्रतिपक्षी गठबन्धनका उम्मेदवार हत्या मुद्दामा जेल काटेर आएका व्यक्ति हुनाले पनि जनताले सज्जन मानिसलाई नै रोज्छन् ।’

शिवनाथ सिंह

लहान नगरपालिकामा रहेको आयुष वस्त्रालयका सञ्चालक राममूर्ति साह भने एमालेका रामशंकर यादव नयाँ अनुहार भएकाले उनको जित्ने सम्भावना बढी देखिएको बताउँछन् । पाँचदलीय गठबन्धनभित्र अन्तर्घात हुने बढी सम्भावना रहेको उनको कथन छ ।

राममूर्ति साह

‘लहानका मेयर महेश चौधरी नेपाली कांग्रेसबाट नै विजयी भएका हुन् तर केही दिनअघि मात्र पदमनारायण चौधरी र मेयर महेश चौधरी बीच लगभग हात हालाहालकै स्थिति उत्पन्न भएको थियो,’ उनले लोकान्तरसँग भने, ‘अहिले आएर विवाद साम्य भए पनि उहाँहरूबीच मन मिलेको छैन ।’

उता स्वतन्त्र उम्मेदवार सरिता गिरीले पनि कांग्रेसकै मत काट्ने उनको कथन छ । नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीकी भाइबुहारी भएका कारण पनि सरिता गिरीले कांग्रेसको मत काट्ने उनी बताउँछन् । त्यसको फाइदा एमाले उम्मेदवारले उठाउने उनको भनाइ छ । 

त्यसैगरी कांग्रेसबाट नै बागी बनेका एक उम्मेदवारले रेशमलाल चौधरीको पार्टीबाट उम्मेदवारी दिएको साह बताउँछन् । ती उम्मेदवारले पनि १५ सय देखि २ हजारसम्म कांग्रेसको मत काट्न सक्ने उनले बताए । 

‘कांग्रेस र एमालेमा नै टक्कर हुन्छ, कसले जित्छ अहिले भन्न सकिन्न,’ साहले लोकान्तरसँग भने । अन्तिम समयमा मतदाताको मूड कस्तो बन्छ, त्यसले नै मतपरिणाम निर्धारण गर्ने उनको भनाइ छ । 

लहान नगरपालिका वडा नम्बर ८ का अशोक साह भने कांग्रेस उम्मेदवार चौधरीकै अवस्था बलियो रहेको बताउँछन् । ‘यता कांग्रेस र सत्ता गठबन्धनकै माहोल छ । स्थानीय तहमा पनि गठबन्धनकै बढी मत छ,’ साहले लोकान्तरसँग भने, ‘त्यसकारण एमाले उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार चौधरीकै बलियो अवस्था छ ।’

उक्त क्षेत्रमा यादव, महतो र थारूको समान जनसंख्या छ । तीनवटै जातिको करिब २० हजार जति मत छ । त्यसबाहेक मुस्लिम र दलितको पनि उल्लेख्य मत छ । 

जातिगत समीकरण मिलाएर नै मतदान हुने गरेको इतिहास रहेकाले कसले कति मत पाउने हो आकलन गर्न कठिनाइ नरहेको भए पनि उम्मेदवारी नपाएका जातिका मतदाता निर्णायक हुने सिरहाका अर्का एक स्थानीयले बताउँछन् । 

‘प्रतिनिधिसभामा कांग्रेसबाट थारू उम्मेदवार छन् भने एमालेबाट यादव उम्मेदवार छन्,’ ती स्थानीयले भने, ‘एमालेले तल प्रदेशसभामा थारू र वैश्यलाई समेटेका छन् भने कांग्रेसले महतो र यादवलाई समेटेका छन् ।’ 

आफ्नो उम्मेदवार नरहेका मुस्लिम र मण्डल जातिले जुन उम्मेदवारलाई मत हाल्छन्, त्यसैले जित्ने बढी सम्भावना रहेको उनले खुलाए ।   

अहिलेको परिस्थितिमा वाम–लोकतान्त्रिक गठबन्धनबाट पाँचदलीय साझा उम्मेदवार बनेका कारण पनि आफूले जित्ने कांग्रेस उम्मेदवार चौधरीको दाबी छ । ‘म पटक–पटक सांसद बने पनि मैले सधैं जनताको हित र सुखदुःखमा साथ दिँदै आएको छु,’ चौधरीले लोकान्तरसँग भने, ‘मेरो व्यवहारका कारण पनि जनताले मलाई मत दिएर जिताउने अपेक्षा गरेको छु ।’

एक स्थानीयले चाहिँ पद्मनारायण चौधरीले आफ्नो ठाउँमा छोरालाई उठाएको भए जीत पक्कापक्की हुने थियो भनी दाबी गरे । मतदाताले फ्रेश अनुहारलाई मत दिने मनसाय बनाएकाले छोराको उम्मेदवारी उचित हुन्थ्यो भन्ने उनको तर्क छ ।

अर्कातर्फ एमाले उम्मेदवार यादव चाहिँ एमाले अध्यक्ष केपी शर्मा ओलीले साढे ३ वर्ष सरकार चलाउँदा लिएको समृद्धि र विकासको नीति तथा योजनाले गर्दा मधेशमा ओलीप्रति बढेको आकर्षणका कारण आफू जित्ने बताउँछन् ।

‘अध्यक्ष ओलीप्रति मधेशमा बढेको आकर्षण, उहाँले मधेशमा गरेको विकासका कारण पनि जनताले मलाई मतदान गर्नुहुन्छ,’ यादवले लोकान्तरसँग भने, ‘कांग्रेस उम्मेदवार चौधरीले पटक–पटक चुनाव जित्नुभयो तर विकासको केही पनि काम गर्न सक्नुभएन । विकास गर्ने नयाँ मानिसको खोजी जनताले गरिरहेका कारण पनि म चुनाव जित्छु ।’

विरोधीहरूले कुनै एजेन्डा नभेटेपछि आफूलाई हत्यारा भनेर हल्ला फैलाइरहेको उनले आरोप लगाए । ‘क्षेत्रका सबै जनतालाई प्रस्ट थाहा छ, त्यस घटनामा मेरो कुनै पनि संलग्नता थिएन र मलाई झूटो मुद्दामा फसाइएको जनताले बुझेका छन्,’ यादवले थपे, ‘निर्दोष मानिसलाई ज्यान मुद्दामा जेल पठाउने काम कांग्रेसले गरेको हुनाले पनि मप्रति जनताको सहानुभूति छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x