बैशाख १९, २०८०
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
कात्तिक २९, २०७९
लोकान्तर डट्कमको चारवटा टीमले पछिल्लो दुई सातामा देशका करीब ६० जिल्लामा पुगेर दर्जनौं चुनावी रिपोर्टिङ गर्यो ।
त्यसक्रममा हामीले आगामी चुनावको नतिजा काठमाडौंमा भैरहेका विश्लेषणभन्दा नितान्त फरक र अप्रत्याशित आउने प्रक्षेपण गरेका छौं ।
मतदातासँगको कुराकानीमा आधारित हाम्रा रिपोर्ट र विश्लेषणहरूले मंसिर ४ को निर्वाचन परिणाम अनुमानभन्दा फरक आउने संकेत गर्छन् ।
यसपटकको चुनावमार्फत नेपाली राजनीतिमा एउटा दल सशक्त ढंगले स्थापित हुने देखिँदैछ । त्यो हो, पूर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ।
भर्खरै गठन भएको उक्त पार्टीले देशका स्थापित राजनीतिक दललाई चुनौती दिनेगरी माहोल बनाइरहेको छ । अहिलेसम्मको माहोल हेर्दा प्रत्यक्षमा केही र समानुपातिकमा उल्लेख्य सीट हासिल गर्ने अनुमान गर्न सकिन्छ ।
स्थापित पुराना राजनीतिक दलप्रति जनतामा देखिएको आक्रोश र निराशाको लाभ स्वतन्त्र पार्टीले उठाउने निश्चित छ ।
लोकान्तर टीमले शहर, टोल, गल्ली, चोक र गाउँका बस्तीहरूमा गएर मतदातासँग कुराकानी गर्दा धेरैले यसपटक नयाँ (खासगरी लामिछाने नेतृत्वको पार्टीको चुनाव चिह्न घण्टी)मा मतदान गर्ने बताए ।
पुराना दलबाट केही हुन नसकेको मतदाताहरूको भनाइ छ । मतदातामा विद्रोहको चेत पलाएको पाइयो । मानौं, देशमा एक किसिमले चुपचाप रक्तपातविहीन क्रान्ति हुँदैछ जस्तो माहोल बनेको देखियो ।
चुनावी रिपोर्टिङ सकेर काठमाडौं फर्कँदै गर्दा हामीले उक्त पार्टीका सभापति रवि लामिछानेसँग छोटो कुराकानी गर्ने योजना बनायौं ।
सोमवार साँझ करीब ७ बजे हामी लामिछानेले उम्मेदवारी दिएको नारायणगढ बजार पुग्यौं । केही मतदातासँग फेरि कुराकानी गर्यौं ।
१० दिनअघि पनि हामीले त्यहाँ पुगेर कुरा गरेका थियौं । १० दिनपछि रवि र उनको पार्टीको पक्षमा चितवनमा अझै बढी माहोल बनेको हामीले पायौं ।
हामीले कुराकानी गरेका मध्ये ९० प्रतिशत रवि र उनको पार्टीको पक्षमा खुलेर लागेको देखियो । चितवन पुगेर केही मतदातासँग कुरा गरेपछि लामिछानेको टीमसँग सम्पर्क भयो । लामिछाने आफ्नै निर्वाचन क्षेत्र चितवन– २ को घरदैलो अभियानमा व्यस्त रहेछन् ।
चुनावी अभियानको व्यस्तताका कारण उनी सोमवार खाना समेत नखाई घरदैलोमा हिँडेका रहेछन् । त्यही व्यस्तताका बीच सोमवार साँझ लोकान्तरसँग कुराकानी गर्न रविले समय निकाले ।
प्रस्तुत छ, कुराकानीको सारसंक्षेप : (विस्तृत भिडियोमा)
हामीले देशका विभिन्न ठाउँमा पुग्दा तपाईंको पार्टीको पक्षमा राम्रै माहोल बनेको पायौं । चुनावी अभियान कसरी चलिरहेको छ ?
– एकदमै उत्साहजनक छ । आम सर्वसाधारण मतादातामा एउटा अपेक्षा र आशा छ, राजनीतिक दलप्रति विगतको निराशाले गर्दा होला ।
विगतमा हामीले गरेको कामलाई लिएर जनतामा भरोसा छ । विगतमा स्थापित राजनीतिक दलबाट हुन नसकेको कुरा र निराशाको मिश्रणले होला जनताले हामीलाई उत्साहपूर्ण रूपमा साथ दिइरहनुभएको छ ।
तपाईं उम्मेदवार बनेको चितवन– २ मा कस्तो छ माहोल ?
–मेरो निर्वाचन क्षेत्रमा धेरै राम्रो छ । वास्तवमा लहर नै चितवनबाट आएको हो जस्तो लाग्दैछ । घरघरबाट फूलमाला लिएर त्यति धेरै उमेर भएका बाआमा आउनुहुन्छ । आशीर्वाद दिनुहुन्छ । शुरूशुरूमा म आफैँ छक्क पर्थें । आफ्नो छोरानातिलाई स्वागत गरेजस्तो गरी स्वागत गर्नुहुन्छ । एकदमै राम्रो माहोल देखिएको छ । म धेरै नै उत्साहित छु ।
तपाईं काठमाडौंबाट चुनाव लड्ने चर्चा थियो तर, एक्कासि चितवन आउनुभयो, किन ?
– धेरैले काठमाडौंबाट चुनाव लड्न प्रस्ताव गरे पनि मेरो मनले नै चितवन रोजेको हो । चितवन– ३ मा पनि तयारी थियो । व्यक्तिगत रूपमा होइन, समाजमा जे भएको छ, शीर्ष नेतृत्वका कारणले भएको हो । उहाँहरूलाई प्रतिपक्षमा राखियो भने दलहरू सक्रिय हुन्छन् भन्ने लागेको थियो । तर, पछि काम गर्नका लागि चुनौती भएको, अवसर पनि भएको चितवन– २ भेट्टाएँ । एउटा लिडरले विकासको भिजन पनि देखाउनुपर्यो नि !
यसपटक तपाईंको पार्टीले कति सीट ल्याउने अपेक्षा गर्नुभएको छ ?
– कति सीट आउँछ भनेर ठ्याक्कै क्याल्कुलेसन गर्न पाएको छैन । असाध्यै राम्रो हुन्छ भनेको छु । हामीले धेरै राम्रो गर्छौं भन्ने लागेको छ ।
मतदातामा तपाईंप्रति ठूलो अपेक्षा पाइएको छ । ती अपेक्षा पूरा गर्न चुनौती देख्नुहुन्न ?
– जनताको अपेक्षा सम्बोधन गर्नका लागि चुनौती छ । तर, जनताले बेसिक कुरा मागेका छन् । जोसुकैले गर्न सक्ने कुरा मागेका छन् । यो अधिकार हो, माग नै होइन ।
जनताको उत्कट इच्छा भने पनि त्यो बेसिक नै छ । प्रहरी सरुवा बढुवामा नलाग्ने हो भने धेरै समस्या समाधान हुने थिए ।
चुनाव जितेमा तपाईं जुन पदमा पुग्नुहुन्छ, त्यो कार्यकारी पद हैन । त्यस हिसाबले हेर्दा ठ्याक्कै बजेट ल्याएर यी–यी माग सम्बोधन गरिहाल्छु भन्ने अवस्था हुँदैन । जनताका अपेक्षा कसरी पूरा गर्नुहुन्छ ?
– नीति निर्माण तहमा पुगेपछि त्यो अथोरिटीले प्रश्न गर्न सक्छ, चेक गर्न सक्छ, जनतालाई जवाफ दिलाउन सक्छ । मेरो पृष्ठभूमि जनताको व्यापक समर्थन रहेकाले संसदमा बोलेको चिज यता सडकमा पनि उठिरहन्छ । म सदनमा पनि हुन्छु, सडकमा पनि हुन्छ । टेलिभिजनमा हुँदिनँ होला तर जनतासँग म जहिले पनि सँगसँगै हुन्छु ।
कुवेतमा गएर अलपत्र परेको चेलीलाई मैले ल्याएको होइन, मैले फलोअप मात्र गरेको हो । काम गरेमा नतिजा आउँछ, हाम्रोमा काम नै भएन । हाम्रोमा शक्ति सञ्चय भयो, राजनीतिक नेतालाई किन यति धेरै शक्ति चाहिएको हो ? स्थापित दलले जनतालाई डेलिभरी दिन सक्नुभएन । त्यसैले यो हाम्रो पुस्ताको हस्तक्षेप हो ।
चुनावपछि सरकारमा सहभागिताबारे के सोच्नुभएको छ ?
– यस्तै बेथिति हुने हो भने त सरकारमा सहभागी हुँदैनौं । जनताप्रति प्रतिबद्ध सरकार बन्यो भने जनतालाई सेवाप्रवाह गर्न सरकारमा पनि सहभागी हुन पनि सक्छौं । प्रतिपक्षी भूमिका त हाम्रो सधैँभरि रहन्छ ।
भनेपछि तपाईंहरू विशेषगरी प्रतिपक्षमै रहनुहुन्छ ?
– प्रतिपक्षको परिभाषा फराकिलो छ । सरकारभित्र बसेर पनि बेथितिका विरुद्ध, बिचौलियाका विरुद्ध लड्न सकिन्छ । जनताको पक्षमा बोल्न हामीले कहिल्यै छाड्दैनौं । हाम्रो पुस्ताको यो राजनीतिक अभियान जनताका लागि हो । कसैलाई पोस्नका लागि हाम्रो कोही कार्यकर्ता पनि छैन, भ्रातृ संगठन पनि छैन । हाम्रो पार्टीको नेचर प्रगतिशील हुन्छ ।
हेर्नुहोस्, भिडियो :
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...