×

NMB BANK
NIC ASIA

प्रदेश–१ का तीन मुख्यमन्त्री चुनावी मैदानमा, को कति सुरक्षित ?

मंसिर १, २०७९

NTC
Premier Steels

प्रदेश–१ को पहिलो कार्यकालमा ३० जना मन्त्री र ३ मुख्यमन्त्री बनेका थिए । प्रदेशसभा सदस्य संख्याको एक तिहाइभन्दा बढी त मन्त्री नै बने । प्रदेश–१ मा ९३ जना सांसद थिए । 

Muktinath Bank

त्यसमध्ये, मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा १८ जना मात्रै उम्मेदवार बनेका छन । नेकपा एमाले बाट ९ जना  र केन्द्रीय सरकार रहेका दलहरूको गठबन्धनबाट पहिलो कार्यकालमा प्रदेश सांसद रहेका ९ जना चुनावी मैदानमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा आएका छन् । पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्रीहरू चुनावमा उम्मेदवार बनेका छन् । 


Advertisment
Nabil box
Kumari

दुई पुर्व मुख्यमन्त्री पनि प्रतिनधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राई फेरि मुख्यमन्त्रीमा दोहोरिने सपनासहित चुनावी प्रतिस्पर्धामा छन् । 

Vianet communication

प्रदेश–१ का संस्थापक मुख्यमन्त्री शेरधन राई भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनीसँग प्रतिस्पर्धा गर्न सत्तारूढ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले चुनौती दिइरहेका छन् । सुदनले शेरधनलाई चुनावी चुनौती दिएको यो पहिलो पटक भने होइन । चुनावी फिल्डमा उनीहरूको यो तेस्रो भेट हो ।

शेरधन २०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभाका कान्छो सदस्य बनेका थिए । २०६४ को निर्वाचनमा भने सुदनले शेरधनलाई पराजित गरेका थिए । २०७० सालको निर्वाचनमा शेरधनले सुदनलाई पैचो तिरे ।  २०७४ सालको निर्वाचनमा उनीहरु एकले अर्कालाई जिताउने जिम्मासहित वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । सुदन प्रतिनिधिसभामा र शेरधन प्रदेशसभामा निर्वाचित भएका थिए । 

गत वैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतका आधारमा सत्तारूढ गठबन्धन अगाडि देखिन्छ । गठबन्धनमा रहेका दलहरुको भोट ट्रान्सफर भएको अवस्थामा शेरधनका लागि यो पटक सुदन फलामका चिउरा बन्नसक्ने विश्लेषण स्थानीयस्तरमा सुनिन्छ । 

जिल्लाभर एमालेले २७ हजार ६५६ मत पाएको छ । नेपाली कांग्रेसले २३ हजार ५९१ मत ल्याएको छ भने माओवादी केन्द्रले १४ हजार ७५८ मत ल्याएको छ । नेकपा एकीकृत समाजवादीले १ हजार ९४५ र जसपाले १ हजार ४९८ मत प्राप्त गरेको छ । 

यो हिसाबले सत्ता गठबन्धनका दलसँग ४० हजार २३१ मत रहेको छ भने एमालेसँग २७ हजार ६५६ मत मात्रै छ । जसपा भोजपुरका नेताहरु स्थानीयतहको चुनावभन्दा पछाडी एमालेमा प्रवेश गरेकाले एमालेका उम्मेदावरको मत बढ्ने अनुमान नेताहरूको छ । 

तर, केही दिनअघि मात्रै जसपाका नेताहरू एमालेमा प्रवेश गरेकाले पनि एमालेको मत बढ्ने अनुमान एमालेकै नेताहरूले गरेका छन् ।

प्रदेश–१ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को निर्वाचनमा सुनसरी–१ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । 

सुनसरी–२ मा २०७४ मा बाम गठबन्धन हुँदा पनि काँग्रेसका सीताराम मेहता निर्वाचित भएका थिए । गठबन्धनबाट यसपटक पनि उनी नै उम्मेदवार छन् । सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन ४ हजार १०४ मतले अगाडि छ । 

क्षेत्रमा काँग्रेसको मत ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, माओवादीको २ हजार ३५० र एकीकृत समाजवादीको २ हजार ११९ रहेको छ । 

देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिकाको १, २, ३, ५, ८ र ९ नम्बर वडा सुनसरी–२ मा पर्छ । त्यसैगरी, इटहरी उप–महानगरपालिकाको १, २, ३, ४, ५, १६, १७, १८, १९ र २० नम्बर वडा, इनरूवा नगरपालिकाको १, २, ५, ६, ९ र १० तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर–३ सुनसरी–२ मा समेटिएको छ ।

उक्त क्षेत्रमा मधेशी मतदाताको संख्या ठूलो छ । उनीहरूको सहानुभूति मेहताले प्राप्त गरेमा उनलाई चुनाब जित्न सहज हुने अनुमान छ । आचार्य एमालेमा १० बुँदे पक्षधर भएकोले चुनावी अभियानमा एमालेका संस्थापन पक्षका नेताले असहयोग गरेका कारण उनलाई थप संकट पर्ने एमालेकै नेताहरू सुनाउँछन् । 

बहालवाला मुख्यमन्त्रीलाई गठबन्धनको भर 

बहालवाला  मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरको क्षेत्र नम्बर–१(१) बाट उम्मेदवार बनेका छन् । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिवसमेत रहेका राई पुनः मुख्यमन्त्री हुने दाउमा प्रदेश सभामै उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धी हरिबहादुर राई नेकपा एमालेबाट चुनाबी मैदानमा छन् ।

साल्पासिलिछो गाउँपालिका, षडानन्दा नगरपालिका, अरुण गाउँपालिका, पौवादुम्मा गाउँपालिकाको वडा नं. १ र २ तथा ट्याम्केमैयुम गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा उनको निर्वाचन क्षेत्रमा पर्छ। ती ठाउँको स्थानीय तहको मत परिणामअनुसार गठबन्धन अगाडि छ । गत बैशाखमा भएको स्थानीय तहको चुनावको मतपरिणामका आधारमा नेकपा एकीकृत समाजवादीको मतपरिणाम १ हजार ६६१ मात्रै छ । 

उनलाई सत्ता गठबन्धनमा रहेका नेपाली काग्रेस र माओवादी केन्द्रको स्थानीय तहमा आएको मत आयो भने सजिलै जित्ने देखिन्छ । 

सत्तारुढ गठबन्धनको मतको आधारमा भने उनी ८ हजार ५२१ मतले अगाडि देखिन्छन् । नेकपा एमालेको १३ हजार ५०९, काँग्रेसको १४ हजार २६७, माओवादी केन्द्रको ६ हजार १०२ मत छ । जसअनुसार, गठबन्धनको मत २२ हजार ३० रहेको छ । 

बहालवाला मुख्यमन्त्री रहेको र जिल्लामा आफैंले राजनीतिमा लगाएका कार्यकर्ताको ठूलो पंक्ति एमालेमा रहेकोले उनीहरूको पनि साथ पाउँदा मतान्तर अझै बढ्ने राईको दावी छ ।  एमालेका उम्मेदवार हरिबहादुर सो क्षेत्रका नभएकाले पनि चुनाव जित्न सहज हुने राई बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x