माघ १५, २०७९
काठमाडौँ । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् । मुख्य मन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।&nbs...
सुर्खेत | मंसिर ९, २०७९
२०४८ यता २०७४ सालबाहेक सबै संसदीय चुनाव जित्ने सीमित नेतामध्येमा पर्छन् नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सभासद् भएका थिए ।
२०७४ को चुनावमा उनी तत्काल बाम–गठबन्धनका उम्मेदवार एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए । यो नै खड्काले पहिलो हारको अनुभव हो ।
जसले पहिलो हारको स्वाद चखायो उनैलाई यसपटक हराएर खड्काले छैटौं पटक संसदीय यात्रा तय गरेका छन् । सुर्खेत–१ बाट निर्वाचन लड्दै आएका उनी यस पटक फराकिलो मतान्तरका साथ विजयी बने ।
खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । जुन निकटतम प्रतिस्पर्धीभन्दा ११ हजार ६१९ मतान्तरले बढी हो ।
गठबन्धनकै कारण हारेका खड्काले गठबन्धनकै बलमा बदला लिएका छन् । यस पटक सत्ता गठबन्धनका सबै दलले खड्कालाई समर्थन गरेका थिए ।
६ महिनामै मेयरबाट अपदस्थ
२०१० सालमा जन्मिएका खड्काको राजनीति २०३१ सालबाट शुरू भएको हो । २०३४ सालमा २४ बर्षको उमेरमा सुर्खेत कांग्रेसको सभापति बनेका उनी २०४३ सालमा चुनाव उपयोग गर्ने पार्टी नीतिबमोजिम वीरेन्द्रनगर नगर पञ्चायतमा बहुदल पक्षधरकारुपमा मेयरमा निर्वाचित भएका थिए । त्यसबेला उनलाई पञ्चायतको पक्षमा समर्थन गर्न आएको दबाबलाई ठाडै इन्कार गरे ।
राजाको जन्मोत्सव समारोहमा सहभागी नभएकोलगायतका आरोप लगाउँदै पञ्चायत पक्षधरले उक्त चुनावका प्रत्यासीलाई अदालतमा मुद्दा दर्ता गर्न लगाए । निर्दलीय व्यवस्थाको सर्मथन नगरेको परिणामस्वरुप जिल्ला अदालतले उनलाई मेयरबाट अपदस्थ गरिदियो । खड्काले जम्मा ६ महिनामात्रै मेयरको जिम्मेवारीमा काम गर्न पाए ।
खड्काले २०४६ सालको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । बहुदलीय व्यवस्था पुनःस्थापनापछि तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका प्रिय पात्रमध्ये उनी एक नम्बरमै गनिन्थे । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेपछि उनी पार्टीभित्र मात्र नभई सरकारमा पनि महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए ।
उनले दुईपटक गृहसहित सूचना तथा सञ्चार, युवा तथा खेलकुद, वाणिज्य तथा आपूर्तिमन्त्रीको अनुभव बटुलीसकेका छन् । लगातार निर्वाचन जितेर आकर्षक मानिने मन्त्रालयको नेतृत्व गर्न पाउँदा उनले पार्टीभित्र पनि आफ्नो पडक विस्तार गर्न सफल भए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन शुरू गरेपछि प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय रहँदा उनी नजरबन्द तथा थुनामा परेका थिए ।
कृष्णप्रसाद भट्टराईलाई आर्दश मान्ने उनी काङ्ग्रेसमा खुमबहादुर खड्काको प्रभाव रहँदा उनीसँगै थिए ।
कांग्रेसको १२ औं महाधिवेशनमा सह–महामन्त्री र १३ औं महाधिवेशनमा महामन्त्री मनोनित भएका खड्का गत वर्ष सम्पन्न १४ औं महाधिवेशनबाटठ भने उपसभापति निर्वाचित भएका छन् ।
खड्का महामन्त्री भएयता पार्टीमा देउवा–खड्काको सम्बन्ध समधुर रह्यो । पछिल्ला केही वर्षयता देउवाका हरेक काम र निर्णय प्रक्रियामा उनी सारथी बन्दै आएका छन् । लामो समयदेखि देउवालाई सघाउँदै आएका विमलेन्द्र निधिले देउवाको साथ छाडेपछि खड्कालाई पार्टीको दोस्रो वरियतामा पुग्न सहयोग मिल्यो ।
२०७४ को निर्वाचनपछि संघ–प्रदेश सबैतिर प्रतिपक्षी भूमिकामा रहेको कांगे्रसलाई सत्तामा पुर्याउने भूमिकामा पनि खड्काको योगदान रहेको चर्चा कांग्रेस वृत्तमा हुने गरेको छ ।
२०७४ को चुनावपछि सबैभन्दा पहिले सत्तामा कांग्रेसको ‘इन्ट्री’ कर्णालीबाटै भएको थियो । ‘एमालेलाई सत्ताच्युत गराउन र कांगे्रसलाई सरकारमा सहभागी हुने वातावरण कर्णालीबाटै उहाँले थाल्नुभएको हो’, सुर्खेत कांगे्रसका सचिव देवकुमार सुवेदी भन्छन्, ‘पार्टी केन्द्रमा महत्वपूर्ण जिम्मेवारी रहेकाले माओवादी र तत्कालिन माधव नेपाल निकट नेताहरूसँग संवादको थालनी गरेर निश्कर्षमा पुर्याउन सफल हुनुभयो ।’
खड्का मिडियाको सम्पर्कमा आउन खासै रुचाउँदैनन् । यसपटक चुनावी अभियानका लागि काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र जानुपूर्व उनले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग औपचारिक भेटघाट गरे ।
उक्त भेटमा उनले ११ वर्षपछि आफूले पत्रकार भेटघाटको कार्यक्रम तय गरेको बताएका थिए । बोल्दा अनावश्यक विवादमा परिने भन्दै उनी मिडियाबाट टाढै बस्न रूचाउँछन् ।
मन्त्री नबन्ने उद्घोष
खड्काले चुनावी अभियानका क्रममा सार्वजनिक मञ्चहरूबाट अब मन्त्री नबन्ने उद्घोष गरेका थिए । उनको यो अभिव्यक्तिलाई उनका कार्यकर्ताहरूले भने प्रधानमन्त्रीको दावीकोरूपमा ब्याख्या गर्दै आएका छन् ।
‘दुईपटक गृहसहित विभिन्न मन्त्रालय चलाइसकेको छु, अब फेरि मन्त्रीकै लागि मरिहत्ते गर्दिन । पार्टीमा क्षमतावान अन्य साथीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई पालो दिनुपर्छ’, खड्काले भन्ने गरेका छन् ।
औपचारिकरूपमा खड्का आफैले प्रधानमन्त्रीको दावी भने गरिसकेका छैनन् । ‘पार्टीले शासकीय जिम्मेवारी के दिन्छ थाहा छैन्, मलाई यो नै चाहियो भन्ने केही छैन्’, खड्का भन्छन् ।
पार्टीमा दोस्रो वरियता, समन्वयकारी भूमिका निर्वाह गर्ने नेता र संस्थापन खेमाकै भएको हुँदा उनलाई ‘भावी प्रधानमन्त्री’कोरूपमा हेर्ने गरिएको छ ।
उनका निकटस्थहरू भने खड्का अब बन्ने सरकारमा महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री वा सभामुख बन्न सक्ने आँकलन गर्छन् ।
सुर्खेत–१ को मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफू निर्वाचित भएको प्रमाणपत्र बुझिसकेका छन् । आफ्नो क्षेत्रका जनतालाई धन्यवाद दिएर छिट्टै काठमाडौं फर्कने तयारीमा रहेका खड्काले निर्वाचित भएको प्रमाणपत्र बुझेपछि भने, ‘सुर्खेतका साथै समग्र कर्णालीको विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने छु ।’
काठमाडौँ । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् । मुख्य मन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।&nbs...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणमाथि छलफल गर्ने बताएका छन्। कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध शुरु भएको छ। आजै...
अखिल क्रान्तिकारीले स्ववियु चुनावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौंमा कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअ...
गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् । ...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सूचनाको हकसम्बन्धी कानुनलाई सरकारले कमजोर पारेको आरोप लगाएका छन्। आइतबार सामाजिक सन्जालमार्फत नेता कोइरालाले सरकारले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर प...
नेपाली कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...