×

NMB BANK
NIC ASIA

धादिङ-२ मा विजयी घोषणापछि भेटियो गन्न बाँकी प्रत्यक्षतर्फको मतपेटिका

मंसिर १०, २०७९

NTC
Premier Steels

धादिङ-२ मा प्रत्यक्षतर्फको मतपरिणाम घोषणा भइसकेपछि नगनिएको मतपेटिका फेला परेको छ । 

Muktinath Bank

बिहीबार दिउँसो धादिङ-२ को मतगणना सकेर गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजय भएको घोषणा गरिसकेर समानुपातिकको मत गणना गर्ने क्रममा प्रत्यक्षतर्फको मतपेटिका फेला परेको हो । उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारी १० हजार ५३३ मतान्तरले निर्वाचित भएको घोषणा भएको थियो । तर, समानुपातिकतर्फको मतगणना गर्दै जाँदा खनियाबास गाउँपालिका-४ को गणेशकुण्ड माध्यमिक विद्यालय मतदान स्थलको (ख) केन्द्रको प्रत्यक्षतर्फको मतगणनामा छुटेको हो । 


Advertisment
Nabil box
Kumari

धादिङ–२ का मुख्य निर्वाचन अधिकृत स्वीकृति पराजुलीले मतपरिणाम घोषणा भइसकेपछि प्रत्यक्षतर्फको नगनिएको मत पेटिका भेटिएको पुष्टि गरे । 

Vianet communication

‘समानुपातिकतर्फको स्टिकर प्रत्यक्षतर्फको मतपेटिकामा टाँसिएको रहेछ, निर्वाचन अधिकृतको गल्तीले त्यस्तो भएको हो’, पराजुलीले भने, ‘समानुपातिकतर्फको मत गणना गर्दा शुरूमै गन्न बाँकी रहेको प्रत्यक्षतर्फको मतपेटिका भेटियो, तत्काल मुचुल्का गर्‍यौं, गणना गरेर मतपरिणाम सच्च्यायौं ।’

क्लस्टरअनुसार छुट्याएर मतगणना गरिएकाले कूल मतपेटिकातर्फ ध्यान नपुग्दा एउटा मतपेटिका गणनाबाट छुट्न पुगेको पराजुलीले बताए । 

‘निर्वाचन क्षेत्रभरको कुल १५५ वटा मतपेटिका हुनुपर्थ्यो, १५४ को मात्रै गणना भएछ, नगनिएको मतपेटिका भेटिएपछि तत्काल मुचुल्का गर्‍यौं र गणना गर्‍यौं’, पराजुलीले लोकान्तरसँग भने । 

धादिङ–२ मा जीत-हारको अन्तर करिब १० हजारको हाराहारीमा भएकाले नगनिएको मतपेटिका भेटिँदा पनि नजितामा फेरबदल हुने अवस्था नभएकाले उम्मेदवारका प्रतिनिधिले सहजै मुचुल्का गरिदिएको उनले बताएका छन् ।

नभेटिएको मतपेटिकाको मत गणना गरेपछि विजयी उम्मेदवारको मतान्तर १८ मतले घटेको छ । कांग्रेसका उम्मेदवार अधिकारीले एमालेका उम्मेदवार लोहनीलाई १० हजार ५१५ मतले पराजित गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x