माघ १८, २०७९
नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही माघ १८ गतेदेखि हुने गरी स्विच टु प्रमियम कार कल्चर नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। जसमा आफूसँग भएको पुरान...
काठमाडाैं | मंसिर १५, २०७९
इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनामा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ ।
पाँच हजारभन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिने भएका छन् । सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा थाइल्याण्डको ‘किङ अफ दि गेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वाःक’, मलेसियाबाट ‘एक्सि; इस्पोर्टस’ र इन्डोनेसियाबाट आरआरक्यू रहेका छन् ।
यसमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन् २०१९ को फ्रि फायर विश्व विजेता टिम हो । त्यस्तै ‘किङ अफ दि गेमर्स’ सन् २०२१ मा आयोजना भएको ‘फ्रि फायर प्रो लिग थाइल्याण्ड ;िजन ५– मिड जिन राउण्ड’ को विजेता टिम हो । भियतनामको ‘हेभी’ टिमले सन् २०२२ मा ‘बी बया भियतनाम प्रो स्क्रिम जिन २’जितेको थियो ।
इन्डोनेसियन टिम आरआरक्यू यसै वर्ष आयोजना भएको ‘डीजी एरिना च्याम्पियनशिप २०२२’ विजेता टिम हो । भने, मोरक्कोको ‘वाक्स’ र मलेसियाको ‘एक्सि; इस्पोर्टस’ टिमसँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ । यी टिमले आफ्नै देशबाट अनलाइनबाटै फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसरी नेपालमा आयोजना भइरहेको प्रतियोगितामा अन्तर्राष्ट्रिय विश्व विजेता टिमको सहभागिताले प्रतिगोगितालाई थप प्रतिस्पर्धी र उपलब्धिमूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ । आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० तारिखमा होटल डेला अन्नपूर्णमा हुनेछ ।
उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेमर प्याकेज’ इन्टरनेट प्रयोग हुनेछ । यसअघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेमको प्रयोगलाई सम्बोधन गर्ने गरी गेमर प्याकेज सार्वजनिक गरेको थियो ।
जसअन्तर्गत कम्पनीले १५० एमबीपीएस, २०० एमबीपीएस गतिको इन्टरनेट प्लस क्लियर टिभी र ३०० एमबीपीएस गतिको इन्टरनेट गरी कूल तीन ओटा प्याकेज रहेका छन् । जसमा १५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४ हजार ९९९ रुपैयाँमा जडान गर्न सकिने छ ।
त्यस्तै इन्टरनेट तथा क्लियर टिभी सहितको २०० एमबीपीएस गतिको कम्बो प्याकेज वार्षिक १८,९९९ रुपैयाँमा जडान गर्न सकिने जनाइएको छ । त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज १८,९९९ रुपैयाँमा जडान गर्न सकिने छ ।
यी सबै वार्षिक प्याकेज अन्तर्गत ग्राहकले डुअल ब्याण्ड ओएनयू राउटर, ड्रप वायरका साथै जडान शुल्क समेत निःशुल्क पाउने छन् । कम्पनीले ल्याएका यी प्याकेज फाइनल खेलमा खेलाडीले प्रयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्रतियोगिताको लाइभ नोभेम्बर २७ तारिख देखि हरेक दिन साँझ ६ बजे जेम्युजिक एचडी च्यानल र जेम्युजिक युट्युब च्यानल मार्फत हुनेछ ।
नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही माघ १८ गतेदेखि हुने गरी स्विच टु प्रमियम कार कल्चर नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। जसमा आफूसँग भएको पुरान...
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो। लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ। कपडा प्रोडक्सनको काम पुरानो बानेश्व...
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्र...
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा क...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। पेट्रोल र डिजेलको मूल्य भारतीय आयल निगम (एनओसी) ले बढाएर पठाएको हो। आईओसीले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ बढाएर नयाँ म...
नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभ...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...