×

NMB BANK
NIC ASIA

सीके राउतकाे अभिव्यक्ति

काठमाडौंमा सीके राउतले भने– ‘गर या मर’को अवस्थामा छौं, त्यसअनुसार काम गर्छौं

मंसिर १७, २०७९

NTC
Premier Steels

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ‘गर या मर’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

Muktinath Bank

शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले कतिपयले अन्तिम आशाकोरूपमा आफूहरुलाई व्याख्या गर्ने गरेको भन्दै जनमत पार्टीको जिम्मेवारी पनि त्यहीँ अनुसारको हुने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भने हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ?’


Advertisment
Nabil box
Kumari

जनताको विश्वास तोडियो भने देश निराशामा जाने भएकाले पनि जनताको अन्तिम आशालाई भरोसामा बदल्ने गरी काम गर्नुपर्ने उनले बताए । 

Vianet communication

‘अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुपर्छ। हाम्रो पनि मनस्थिति ‘डू एण्ड डाई’को हुनुपर्दछ’, राउतले भने ।

आगामी दिनमा समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने उनले बताएका छन् । 

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताले जनमत पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।

एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x