×

NMB BANK
NIC ASIA

प्रमुख निर्वाचन आयुक्त थपलियाकाे विवादास्पद अभिव्यक्ति - प्रदेशप्रति वितृष्णा देखियो

पुस २, २०७९

NTC
Premier Steels

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गठबन्धन भएका कारण मत बदर बढेको प्रतिक्रिया दिएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा दलहरूले गठबन्धन गरेर एकले अर्काको भोट मागेका कारण मत बदर बढेको प्रतिक्रिया दिएका हुन् । 

Muktinath Bank

निर्वाचन आयोगको कमजोरी लुकाउनका लागि प्रमुख निर्वाचन आयुक्त  थपलियाले दलहरूलाई दोष दिएर आफू उम्कन खोजेका हुन् । संसद् सचिवालय प्रदेश १ मा शनिवार पत्रकार सम्मेलन गर्दै थपलियाले आयोगले मतदाता शिक्षा दिए पनि दलहरूको गठबन्धनका कारण मत बदर भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चुनाव प्रचार–प्रसारका क्रममा दलहरूको जुन मित्रता देखाउनु भयो’, उनले भने, ‘गठबन्धन बलियोको लागि उहाँहरूले मत माग्नु भयो, तर हामीलाई अपमानित भयो ।’ उनले गठबन्धन गरेका दलले सबै दललाई भोट माग्दा मतदाताले पनि सबै दललाई माया गरेर भोट दिएको बताए । 


Advertisment
Nabil box
Kumari

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ९२ हजार ८६५ मतदाता रहेकोमा २० लाख ४९ हजार ५२३ मत खसेको थियो । जसमध्ये १९ लाख ५८ हजार ५७४ मत सदर भएको थियो थियो भने ९० हजार ९सय ४९ मत बदर भएको थियो । 

Vianet communication

समानुपातिकतर्फ भने २० लाख ४६ हजार ५४९ मत खसेको थियो । १८ लाख ९९ हजार १४४ मत सदर भएको थियो भने १ लाख ४७ हजार १०५ मत बदर भएको थियो । 

प्रदेशमा समानुपातिकको मत बदरप्रति आयुक्त थपलियाले विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले प्रदेश सभामा समानुपातिकतर्फको मत बदरको अवस्था हेर्दा प्रदेश सभाप्रति वितृष्णा देखिएको बताए । ‘मतदाताले मतदानमा गरेको प्रकृति हेर्दा के देखिएको छ भने हाम्रो शासन प्रणाली र दलहरूको भावनालाई स्वस्तिक छापमार्फत परिवर्तन गर्न खोजेको जस्तो देखिएको छ’, थपलियाले भने ‘प्रदेश सभामा त झन् वितृष्णा देखियो ।’

यसअघि थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुझाएका थिए । अन्तिम मत परिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले २० दिन भित्र प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । आयोगले मंसिर २८ गते अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो ।

थपलियाले ९३ सदस्यीय प्रदेश सभामा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १४, राप्रपाले ६, नेकपा (एकीकृत समाजवादी)ले ४ र जनता समाजवादी पार्टीले एक जना प्रदेश सांसद प्राप्त गरेको अन्तिम परिणाम प्रदेश प्रमुख खापुङलाई बुझाएका हुन् । 

यस प्रदेशमा कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x