×

NMB BANK
NIC ASIA

गणेश लामासहित तीन जनालाई कारबाही गर्न कांग्रेसको सिफारिस

पुस २, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा क्षेत्र नं २ का  क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । 

Muktinath Bank

पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा कांगे्रसका तर्फबाट काभ्रे क्षेत्र नं २ का प्रत्यक्षतर्पmका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला  सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेकाले उनीहरूलाई कारबाही सिफारिस गरिएको लामाले बताए ।
 
 केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले निर्वाचन अभियानमा सहभागी नजनाई पार्टीप्रति गैरजिम्मेवार बन्दै आफू निकटका वडा सभापति र वडाध्यक्षको बैठक नै बोलाएर नेकपा(एमाले)का उम्मेदवारलाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँड्दै कार्यकर्तालाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय  समितिमार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय सदस्य गणेश लामा निर्वाचन अभियानमा अनुपस्थित भई आफू निकटका साथीहरूलाई सार्वजनिकरूपमा नै सूर्यमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको तथा यसपटक सूर्यमा मतदान गर्नु अर्कोपटक आफूलाई सहयोग प्राप्त हुने भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भनि उजुरी परेको छ  ।

Vianet communication

प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खरेल क्षेत्रीय सभापतिकोे जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको क्षेत्रीय सभापतिको तर्फबाट वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको आफू निकटका नेता–कार्यकर्तालाईसमेत बोलाई एमालेका उम्मेदवारलाई भोट हाल्न दबाब दिई पैसासमेत बाँडेको भनी उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांग्रेसले निर्देशन दिने निर्णयसमेत गरेको लामाले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x