×

NMB BANK
NIC ASIA

मुलुकका लागि धेरै काम गर्न बाँकी छ, त्यसैले सांसद बनेँ : पशुपति राणा

पुस ३, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर राणाले मुलुकका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेकाले सांसद बनेको प्रतिक्रिया दिएका छन् । आइतवार निर्वाचन आयोगमा पुगेर समानुपातिक सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै आफूले मुलुकका लागि गर्नुपर्ने काम धेरै बाँकी रहेको बताएका हुन् । 

Muktinath Bank

आफू आफ्नो पिताको प्रेरणाबाट राजनीतिमा आएको भन्दै पिताले पूरा गर्न नसकेका धेरै सपना आफूले आफ्नो जीवनकालमा पूरा गर्ने भनेर बसिरहेको बताए । यद्यपि, आफ्नो पार्टी सरकारमा सहभागी भने नहुने राणाको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईंको पार्टी सरकारमा सहभागी हुन्छ ?’ भन्ने लोकान्तरकोप्रश्नमा राणाले भने, ‘हामी जाने भनेको खबरदारी गर्न हो । जनताले हामीलाई सरकारमा जानु भनेको छैन । त्यसैले हामी संसदमा गएर मुलुकमा धेरै घुसखोरी भयो, अव्यवस्था भयो, ठूला पार्टीहरूले मनपरी गरे, अब ब्युँझ, इमान्दार भएर सोच, काम गरेनौँ भने राप्रपाले चुनौती दिन्छ भन्छौँ ।’ 


Advertisment
Nabil box
Kumari

सांसद राणाले राप्रपासँग मुलुक निर्माणको धेरै एजेण्डा रहेको पनि दाबी गरेका छन् । उनले नेपाल दुई वटा ठूला मुलुकको बीचमा रहँदा आफ्नो राष्ट्रिय एजेण्डामा अडिग रहन नसकेको भन्दै गुनासो गरे । उनले अब राप्रपाले ठूला पार्टीलाई मुलुक बर्बाद मात्र पारेर नबस भनेर निरन्तर खबरदारी गर्ने बताए । ‘हामी आएकै प्रोटेष्ट गर्न हो । हामी जनताको आवाज त्यहाँ पुर्‍याउन गएको हो । हामीसँग सत्ताको लोभ छैन’, राणाले भने । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x