×

NMB BANK
NIC ASIA

संसद् अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे

पुस ६, २०७९

NTC
Premier Steels

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् । प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने गरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद् सचिवालयले एजेण्डाहरू अघि बढाउने बताए । 

Muktinath Bank

उनले संसद् भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुने बताए । उनले बानेश्वरको आईसीसी हलमा सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले गराउने बताए । उनले मातृभाषामा शपथग्रहण गर्न चाहने सांसदहरूले पूर्वसूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज मात्रै प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । भोलि १ बजे हामीले सम्पूर्ण प्रतिनिधि सभाका मान्य सदस्यज्युहरूको लागि शपथग्रहण कार्यक्रम बानेश्वरको आईसीसी हलमा आयोजना गरेका छौँ । यसको लागि ज्येष्ठ सदस्यले भोलि १ बजे शपथग्रहण गराउनु हुनेछ । यो बीचमा उहाँहरूले प्रमाणपत्र ल्याएर भेरिफिकेशन गर्ने काम रहन्छ, उहाँहरूलाई हामी लोगो उपलब्ध गराउँछौँ । त्यसपछि उहाँहरू कार्यक्रम सभास्थलमा प्रवेश गर्नुहुन्छ । हामीले शपथ–ग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरासहितको पत्र हामीले उहाँहरूलाई उपलब्ध गराउनेछौँ’, उनले भने, ‘त्यसपछि शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ । त्यसलाई पनि हामीले समावेश गर्नेछौँ । मान्यज्युहरूले आफ्नो मातृभाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ । शपथ ग्रहणपछि मान्य सदस्यहरूले संसदीय गतिविधिहरूमा औपचारिक रुपमा अघि बढ्न सक्नुहुनेछ । राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएको हुनाले त्यहीअनुसार एजेण्डा अघि बढ्छ ।’


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x