×

NMB BANK
NIC ASIA

राजनीति

सरकार हाम्रो प्राथमिकता होइन, आवश्यकता भयो भने त्यहीबेला छलफल हुन्छ : राजेन्द्र लिङदेन

पुस ७, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अन्य राजनीतिक दलहरूभन्दा फरक ढंगले संसदमा देश र जनताको पक्षमा आवाज उठाउने बताएका छन् । बिहीवार सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै आफूहरूले हिजोको भन्दा अझ सशक्त ढंगले आवाज उठाउने बताए । 

Muktinath Bank

२०७४ सालमा राप्रपाका तर्फबाट लिङदेन एक्लै संसदमा थिए । उनी झापा ३ बाट प्रत्यक्षतर्फ निर्वाचन जितेर संसदमा पुगे पनि उनको पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सकेको थिएन । यसपटक भने राप्रपाबाट ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक गरी १४ जना सांसद भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि संसद्को अन्तिम बैठकमा लिङदेनले आफू संसद्मा एक्लै नफर्किने, टिम लिएर फर्किने अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भमा लोकान्तरले गरेको प्रश्नमा लिङदेनले भने, ‘टिम अझै पुग्ने गरी भएन, भनेजस्तो भएन ।  तर, हिजोको भन्दा अझ सशक्त ढंगले आवाज उठाउने संख्या भने भएको छ । अब देश र जनताको पक्षमा फरक पर्ने गरी काम गर्छौँ । अरुको भन्दा फरक ढंगले काम गर्छौँ ।’


Advertisment
Nabil box
Kumari

लिङदेनले संसदमा आफ्नो पार्टीका निर्धारित राजनीतिक एजेण्डाका साथै सुशासनका मुद्दाहरू, विकासका मुद्दाहरू, सेवा प्रवाहका मुद्दा, राष्ट्रियताका मुद्दाहरू संसदमा उठाउने प्रष्ट पारे । 

Vianet communication

उनले सरकार गठनको छलफलमा आफूहरू सहभागी नभएको र आफूहरूको प्राथमिकता पनि नरहेको प्रष्ट पारे । ‘सरकार गठनको छलफलमा हामी सहभागी भएका छैनौँ, हाम्रो प्राथमिकतामा पनि पर्दैन । प्रमुख राजनीतिक दलहरूले मिलेर सरकार गठन गरे राम्रो भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘हाम्रो आवश्यकता भयो भने त्यहीबेलामा छलफल हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x