×

NMB BANK
NIC ASIA

प्रदेश १ सरकारमा एमाले र माओवादी केन्द्र दुवैको दाबी

पुस १७, २०७९

NTC
Premier Steels

प्रदेश १ प्रमुख पर्शुराम खापुङले आह्वान गरेसँगै सरकार गठनको बाटो खुलेको छ । आइतवार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरे । 

Muktinath Bank

सरकार गठनको प्रयास शुरु भएसँगै चौँथो मुख्यमन्त्रीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी प्रस्तुत गरेका छन् । संघीय सरकारमा एमाले र माओवादी केन्द्रलगायतको गठबन्धन बनेपछि प्रदेश सरकारमा दुवै दलले दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा बनेको गठबन्धनकै आधारमा सरकार बनाउने बताएका दुई दलले मुख्यमन्त्रीमा आ–आफ्नो दाबी रहेको बताएका छन् । पहिलो कार्यकालमा एमालेलाई सघाएको भन्दै माओवादी केन्द्रले यो कार्यकालमा आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने बताएको छ । 


Advertisment
Nabil box
Kumari

‘पहिलो कार्यकालमा हामीले एमालेलाई सघाएका थियाैँ’, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भने, ‘यसपटक हामीलाई एमालेले सघाउनु पर्छ भन्ने हो ।’ आ–आफ्नो पार्टी नेताहरूसँग छलफल भइरहेको जानकारी दिँदै उनले केन्द्रीय गठबन्धनको निर्णय पर्खिरहेका बताएका छन् । केन्द्रमा नेताहरूबीच बन्ने सहमतिविपरीत भने नजाने आङ्बोले स्पष्ट पारे । उनले एमालेको दाबीलाई स्वभाविक रुपमा लिएको समेत बताएका छन् । 

Vianet communication

एमालेले पनि प्रदेश १ सरकार आफ्नै नेतृत्वमा बनाउने अडान छाडेको छैन । प्रदेशसभाको ठूलो तथा सत्ता गठबन्धनको पनि ठूलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार बन्नेमा एमाले नेताहरू ढुक्क देखिन्छन् । 

‘पहिला एमालेसँग बहुमत थियो र हामीले दाबी गरेका थियौँ’, नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भने, ‘अहिले कसैसँग बहुमत नभएकाले केन्द्रको निर्णय पर्खनुको विकल्प छैन ।’ उनले एमाले ठूलो पाटी भएकाले सरकारको दाबी रहने प्रष्ट पारे । 

नेता कार्कीले नेकपा एकीकृत समाजवादीसहितको प्रदेश सरकार बन्नेसमेत बताएका छन् । उनले कांग्रेसलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेका छन् । ‘प्रदेशको संरचना बलियो बनाउनु पर्ने अवस्था रहेकाले सबै मिलेर सहमतिको सरकार बनाउनका लागि कांग्रेसलाई पनि सरकारमा सहभागी हुन अनुरोध गर्छु’, उनले भने । 

प्रदेश १ मा अहिलेको सत्ता गठबन्धनलाई सरकार बनाउन सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो पार्टी बनेको छ । यस्तै प्रदेशको तेस्रो पाटी बनेको माओवादी केन्द्रसँग १३ सांसद छन् भने राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन् । 

अहिलेको सत्ता गठबन्धनमा ६० सांसद पुग्छ । सरकार बनाउने समय सम्ममा ४ सांसद थपिन सक्ने बताइन्छ । नेकपा एस पनि सरकारमा सहभागी भएमा उनीहरूका ४ सांसद सत्तापक्षमा थपिनेछन् । यद्यपि, नेकपा एसले सरकारमा सहभागी हुने वा नहुनेबारेमा निर्णय गरिसकेको छैन । 

कुल ९३ सासद भएकाले सरकार बनाउन भने ४७ सांसदको आवश्यक्ता पर्छ । नेकपा एस सरकारमा सामेल नभएको अवस्थामा प्रदेशसभाको विपक्षी बेञ्चमा ३३ सांसद हुनेछन् । 

यसअघि अघिल्लो कार्यकालमा प्रदेश १ मा तीनजना मुख्यमन्त्री बनिसकेका छन् । एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसका राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x