×

NMB BANK
NIC ASIA

काठमाडौंको नमूना विद्यालयमा ऐतिहासिक सम्पदा संरक्षणदेखि शहरी कृषि खेतीबारे पठनपाठन

पुस १७, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले नमूना विद्यालय सञ्चालनका लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र  शहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ ।  

Muktinath Bank

नमूना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई स्कूल, भानु, संस्कृत र कन्या माविलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ । कामपाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यी विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयलाई थप गुणस्तर र अन्य विद्यालयभन्दा अतिरिक्त कार्यक्रम सञ्चालनका लागि यस वर्ष १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । घोषणा गरिएका ती नमूना विद्यालयमा विशेषगरी ऐतिहासिक सम्पदा, शहरी कृषि र  कलाको आवश्यकता र महत्त्वबारे विद्यार्थीलाई अतिरिक्त समय मिलाएर पठनपाठन गराइने कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सल्लाहकार अर्यालले भने, ‘नमूना विद्यालय भएसँगै विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ, त्यसका लागि कामपा प्रयासरत छ ।’

Vianet communication

के पढाइन्छ नमूना विद्यालयमा ?

कामपाका नमूना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाबारे पठनपाठन गराइने कामपाको योजना रहेको छ । नमूना विद्यालयअन्तर्गत कन्या माविमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे विद्यार्थीलाई ज्ञान दिइनेछ ।  

ऐतिहासिक सम्पदाको संरक्षणले समाज व्यवस्थापनका लागि कसरी सहयोग पुग्छ । दैनिक जीवनमा प्राकृतिक सम्पदाको स्रोतहरूले कसरी प्रभाव पार्छ, त्यसलाई बचाउन किन आवश्यक छ भन्नेबारे अध्यापन गराइनेछ ।  
 
संस्कृत विद्यालयमा शहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुन सक्छ । शहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्नेबारे सिकाइन्छ । 

भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ । पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षण जस्ता विषय यसमा समावेश हुनेछन् । जसका लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ  । हेर्दा सामान्य लागे पनि ३ वटै विद्यालयमा पठनपाठन गर्ने शिक्षा व्यावहारिक रहने विश्वास कामपाले लिएको छ । उक्त शिक्षा अतिरिक्त समयमा अध्ययन गराइनेछ । ​

कस्तो हुनुपर्छ नमूना विद्यालय ?

नमूना विद्यालय अन्य विद्यालयभन्दा फरक हुन्छ । जहाँ विद्यार्थीलाई फरक किसिमको क्रियाकलापमा सहभागी गराइन्छ । जुन विद्यालय नमूना हो, त्यहाँ प्रविधिको सहज पहुँच, गुणस्तरीय शिक्षा, आन्तरिक कार्यक्रम, विद्यार्थी संख्याका आधारमा आवश्यक विषयगत शिक्षक दरबन्दीजस्ता विषय अनिवार्य समावेश हुनुपर्छ । आधुनिक पुस्तकालयको व्यवस्था जसको कारण नमूना विद्यालयहरू अन्य विद्यालयभन्दा गुणस्तरीय बन्न सक्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x