×

NMB BANK
NIC ASIA

अहिलेको हुलाक: चिट्ठी ओसार्दैन, 'पुलिन्दा' ओसार्छ

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ४ भदौ – पहिला पहिला चिठ्ठीबाट खबर आदान प्रदानको लागि हुलाकको प्रयोग हुन्थ्यो । एक ठाउँको खबर अर्को ठाउँमा पु-याउने भरपर्दो माध्यमको रुपमा हुलाकलाई लिइन्थ्यो ।

वि.सं. १९३५ मा नेपालमा हुलाकघरको स्थापना पछि नेपालमा हुलाक सेवा सुरु भएको हो । सो समयमा आफ्नो घरबाट टाढा रहेका व्यक्तिहरुले आफ्नो अवस्थाको जानकारी गराइ आफ्ना परिवारलाई चिठ्ठी लेख्ने गर्थे ।
आफ्नो परिवारको सदस्य टाढा रहेका व्यक्तिले पनि आफ्नो संदेश हुलाक मार्फत नै पठाउने चलन थियो । तर अहिले प्रविधिको विकाससंगै सबको हात हातमा मोवाइल र इन्टरनेटको पहुँच पुगेको छ । बिजुली नै नभएको गाउँमा समेत मोवाइल पुगिसकेको छ ।

प्रविधिको विकास संगै व्यक्तिगत चिठ्ठी आदानप्रदानको लागि कुनै समय लोकप्रिय रहेको हुलाक सेवाको उपयोगिता घटेको छ । मानिसहरुले व्यक्तिगत खबर आदानप्रदानको लागि हुलाकको प्रयोग गर्ने छाडेका छन् । किनभने आजभोली दुरसञ्चारका छरिता माधयम उपलब्ध छन् ।

व्यक्तिगत चिठ्ठी आदानप्रदानको क्रम घटेपनि हुलाकको महत्व भने उत्तिकै रहेको गोश्वारा हुलाक कार्यालय, सुन्धाराका प्रमुख हुलाक अधिकृत हरिप्रसाद ज्ञवाली बताउछन् । लोकप्रियता बचाउन हुलाक सेवा विभागले नयाँ प्रविधिको माध्यमबाट फरक तरिकाले सेवा संचालन गर्न थालेको छ ।

प्रविधिको विकासंगै सबको हातहालमा मोवाइल फोन, कम्प्युटर, ट्याव लगाएका प्रविधियुक्त संचार साधन रहेपनि हुलाकको महत्व नघटेको गोश्वारा हुलाक कार्यालय, सुन्धाराका प्रमुख हुलाक अधिकृत ज्ञवालीले बताए । उनले लोकान्तरलाई भने, ‘हुलाकको कार्य प्रकृति परिवर्तन भएको छ । व्यक्तिगत चिठ्ठीपत्रको चाप कम छ तर हुलाकको काम भने घटेको छैन ।’

हाल देशभर करिव १७ हजार हुलाक कर्मचारी संख्या रहेको भन्दै उनले प्रविधिको विकास जति बढेपनि हुलाक सेवाको उपयोगिता नघट्ने दाबी गरे । प्रविधिको विकास भएको विकसित देशहरुमा समेत हुलाक सेवा प्रभावकारी भइरहेको ज्ञवालीले बताए ।

जिल्ला हुलाक कार्यालयहरुमा कामको चाप कम भएको भएपनि गोश्वारा हुलाक कार्यालयमा कामको चाप उस्तै रहेको उनको दाबी छ । गोश्वरा हुलाक कार्यालयमा हाल पुलिन्दा (पार्सल), सरकारी चिठ्ठीपत्र, अदालती कागजपत्र तथा विदेश जाने युवाहरुको कागजपत्रहरुको ओसारपसारको कार्य बढी हुने गरेको छ ।

हाल हुलाक कार्यालयले हुलाक सेवाका लागि आउने सर्वसाधारणको अनलाइनबाट दर्ता गर्न शुरु गरेको छ । व्यक्तिगत चिट्ठी भन्दा पनि सामान ओसारपोसार तथा विदेश जानको लागि द्रुत ढाँक सेवा (इ.एम.एस. सेवा) को लागि मानिसहरुले हुलाकको प्रयोग गर्ने गरेका छन् । विशेषगरी इजरायल, अमेरीका लगायत देशमा रहेका नेपाललीहरुले हुलाक मार्फत आफ्नो परिवारलाई सामान पठाउने गरेका छन् ।

हुलाकबाट सामान ल्याउन सहज हुने जर्मनीबाट पठाएको सामान लिन आएका सामाखुसीका उमीत आचार्यले बताए । उनले लोकान्तरलाई भने, ‘हुलाकबाट सामान मगाउँदा सस्तो पर्छ अनि सहज पनि छ ।’

हुलाकको कामलाई अझ प्रभावकारी बनाउन गोश्वारा हुलाक कार्यालयले उपत्यकाको ३ ठाउँमा हुलाक सेवा संचालन भइरहेको कार्यालयका सुचना अधिकारी निर्मला थापाले बताइन् ।

दरबन्दीका कर्मचारी आधा मात्र

नेपालको सबैभन्दा पुरानो हुलाक कार्यालयको रुपमा रहेको गोश्वारा हुलाक कार्यालयमा कर्मचारीको संख्या भने दरबन्दीको कर्मचारी आधा मात्र रहेका छन् । कार्यालयको दरबन्दी संख्या ४ सय ४४ भएपनि २ सय भन्दा बढी पद रिक्त रहेको गोश्वरा हुलाक कार्यलयका प्रमुख हुलाक अधिकृत ज्ञवालीले बताए । ‘निजामती सेवाका कर्मचारीको संख्या २ सय ३१ जना मात्र रहेको छ ।’ उनले लोकान्तरलाई भने, ‘हुलाक कार्यालय कसैको आकर्षणको सरकारी संस्था बन्न सकेको छैन । कर्मचारी परिपूर्ति गर्नका लागि सरकारले पनि ध्यान दिएको छैन ।’

कार्यालयमा २ सय ९ जनाको दरबन्दी रित्त रहेपछि ठेकेदार कम्पनीको माध्यमबाट ७५ करारका मर्कचारीले काम गर्दै आएका छन् ।

कार्यालयका प्रमुख हुलाक अधिकृत ज्ञवालीले पनि कार्यालयमा धेरै किसिमको समस्याहरु रहेको बताए । हुलाकको मुख्य समस्याको रुपमा हुलाक सेवा अपहेलित र अव्यवसायिक तर अत्यवश्यक सेवा रहेको उनको भनाइ छ ।

उनले सरकार, कर्मचारी,सेवाग्राही र जनताको चासो नभएको, बजेट, स्रोतसाधन र पुर्वाधारको कमी, परम्परागत कामको मात्रा घट्दै जादा नयाँ कामलाई आत्मसात गर्न नसक्नु कार्यालयको समस्याको रुपमा लिएका छन् ।

कार्यालयमा समस्या नै समस्या, कर्मचारीहरुको असन्तुष्टि

नेपालको सबैभन्दा पुरानो हुलाक कार्यालय गोश्वरा हुलाक कार्यालयमा ७५ जना ठेकेदार मार्फत परिचालित कर्मचारीहरु काम गर्दै आएका छन् । कार्यालयमा रहेका स्थायी कर्मचारी सहर काम गरेपनि तलब र सेवा सुविधामा भने विभेद रहेको एक कर्मचारीले लोकान्तरलाई बताए ।

सो कार्यालयमा लामो समय देखि करारमा कार्य गर्दै आएका एक कर्मचारीले लोकान्तरलाई भने, ‘काम चाँही स्थायी कर्मचारीले सरह नै गर्दै आएका छौं । तर सेवा सुविधा भने प्रयाप्त छैन । न जीवन विमा छ न त संचय कोषको सुविधा । कार्यालयले गर्ने व्यवहारप्रति अन्तुष्ट छैनौ ।’

कार्यालयमा चिठ्ठी पत्र ठाउँठाउँमा पु¥याउँने कार्य गर्दै आएका एक स्थायीी कर्मचारीले पनि हुलाकमा सेवा गर्दा जनसम्पर्क बढ्ने भएपनि सो पेशाबाट जीवन चलाउननै मुस्किल रहेको बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x