मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउनुभएको छ ।
आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए।
सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक-पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'म आफै पनि एक घण्टा सवारी जाममा परे । जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एक पटकको होइन', उनले भने, 'यो काम सुरक्षा संयन्त्रको हो। सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्रअनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ ।'
सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिइन्।
सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाइन्। भीभीआईपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरे।
बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले भने, 'मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन् । अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन् । उनीहरुले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य ।'
उनले औद्योगिक क्षेत्रको निर्माणलाई तीव्रता दिनसमेत माग गरे।
सांसद मेनकाकुमारी पोखरेलले किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न गरिन्।
सांसद राजकिशोर यादवले किसान र व्यापारी चर्को ब्याजदरका कारण मर्कामा परेको बताए।
सांसद रुपा चौधरीले किसानले कृषि उपजको मूल्य नपाएको तर बाह्य देशबाट कृषि उपजको आयात बढिरहेकोतर्फ ध्यानाकर्षण गराइन्। सांसद रेखा यादवले सिमानाका किसानलाई नेपाली सुरक्षाकर्मीबाटै अप्ठ्यारो भइरहेको बताइन्।
बैठकमा सांसद रामहरि खतिवडाले भूकम्प पीडितलाई सरकारले उपलब्ध गराउने भनिएको रकम उपलब्ध नभएकोतर्फ ध्यानाकर्षण गराए। उनले प्रत्येक गाउँपालिकामा मोटररेबल सडक निर्माण गर्नुपर्नेमा जोड दिए।
सांसद ज्ञानबहादुर शाहीले शैक्षिक सत्र शुरू भएसँगै देशभरका विद्यालयमा पुस्तक पुग्नपर्ने माग राखे।
उनले भने, 'फागुन १ बाट शैक्षिक सत्र शुरू हुँदैछ । यसपटक पनि हिमाली क्षेत्रका विद्यार्थीले समयमै पुस्तक पाउनेमा द्विविधा देखिन्छ । मतपत्र छाप्न सक्ने सरकारले किताब छाप्न किन सक्दैन ?'
सांसद मैना कार्कीले जाजरकोट जिल्लामा चार सय १७ मेगावाट क्षमताको जलविद्युत् आयोजना लामोसमयसम्म निर्माण सम्पन्न नभएको बताइन्।
सांसद योगेशकुमार भट्ट्राईले जग्गाको मूल्य समान राख्नुपर्नेमा जोड दिए।
सांसद रनेन्द्र बरालीले दलित समुदायका व्यक्तिमाथि भइरहेको अपराधसम्बन्धी घटनामा सरकारको ध्यानार्कषण गराउँदै दोषीलाई कारबाहीको माग गरे।
सांसद रमा कोइलारा पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभावप्रति सरकारले ध्यान दिनुपर्ने भनाइ व्यक्त गरे।
सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा विभिन्न समयमा शिलान्यास भएको सडक र पुलको निर्माण छिटो सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए।
सांसद लक्ष्मी तिवारीले नागरिकले नागरिकता प्राप्त गर्न बेहोर्नुपरेको सास्तीबारे भनाइ राखिन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...