×

NMB BANK
NIC ASIA

दोस्रो सातामा ‘ह्यारीकी प्यारी’ले कस्तो पाउँदैछ दर्शकको साथ ?

निर्देशक डा. कपिल रिजाल भन्छन् – पेसेन्ट आइसियूबाट वार्डमा जाने भइसक्यो

फागुन १, २०७९

NTC
Premier Steels

माघ २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्यारीकी प्यारी’ यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ ।

Muktinath Bank

चलचित्रले पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ बढी पाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्र हेर्ने दर्शकहरुको संख्या बढिरहेको निर्देशक डा. कपिल रिजालले बताए ।


Advertisment
Nabil box
Kumari

‘शनिवार साँझका धेरै शोहरु हाउसफुल भए । हलले शो पनि बढाइरहेका छन्’ निर्देशक डा. रिजालले भने, ‘पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ धेरै राम्रो छ । परिवारसहित चलचित्र हेर्न आउनेहरूको संख्या धेरै देखिएको छ ।’ 

Vianet communication

पहिलो सातामा चलचित्रमा दर्शकको उपस्थिति अपेक्षित नहुँदा निर्देशक डा. रिजालले भनेका थिए, ‘मेरो पेसेन्ट आइसियूमा छ ।’ दोस्रो साताको सोमवार लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘चलचित्र आइसियूबाट वार्डमा जाने भइसक्यो ।’

बलिउड चलचित्र ‘पठान’ प्रदर्शनरत हुँदा पनि आफ्नो चलचित्र ‘सर्भाइभ’  भएर दोस्रो सातामा दर्शकको साथ पाइरहेकोमा निर्देशकले खुशी व्यक्त गरे । 

पहिलो सातामा अपेक्षाकृत दर्शक नपाएको चलचित्रको व्यापार दोस्रो सातामा किन बढ्यो ? निर्देशक डा. रिजाल भन्छन्, ‘हेरेका दर्शकहरुले चलचित्र मन पराउनुभयो । अहिले विदा पनि बढी परेको छ । दर्शकहरुको समय पनि निस्किँदै गए होला ।’

उनी चलचित्रले १ करोड भन्दा बढी ग्रस कलेक्सन गरिसकेको आँकलन गर्छन् । यद्यपि, यकिन रिपोर्ट भने नआइसकेको निर्देशक रिजालले बताए । 

मंगलवार भ्यालेन्टाइन डेमा चलचित्रले अझ राम्रो व्यापार गर्ने निर्माण टिमको विश्वास छ ।

दर्शकहरुको उपस्थिति हेर्दा आउँदो साता पनि चलचित्रले शो पाउने विश्वास निर्माण टिमको छ । पेशाले दन्त चिकित्सक रहेका डा. कपिल रिजालको यो निर्देशकीय पहिलो चलचित्र हो । उनी वरिष्ठ डा. भोला रिजालका छोरा हुन् ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्मातामा डा. भोला रिजाल छन् । 

चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय छ ।

फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा यस चलचित्रले पेश गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x