×

NMB BANK
NIC ASIA

‘छक्का पञ्जा ४’को सवा ३ मिनेटको ट्रेलरमा के छ ?

फागुन ५, २०७९

NTC
Premier Steels

दीपकराज गिरी र दीपाश्री निरौलाले केही समय अघि मात्रै फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरेका छन् । 

Muktinath Bank

यस वर्षको प्रतीक्षित नेपाली फिल्मका रुपमा हेरिएको उक्त फिल्मको ट्रेलर उनीहरुले दिउँसो ४ बजेको शुभसाइत पारेर सार्वजनिक गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक ट्रेलर तीन मिनेट २१ सेकेण्ड अवधिको छ । ट्रेलरमा समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गरिएको छ । 


Advertisment
Nabil box
Kumari

दीपकराज गिरी (राजा) पात्र सुधार गृहबाट निस्किएपछि उसको राजनीतिक यात्रा र त्यसक्रममा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।

Vianet communication

राजा पात्रलाई गुण्डागर्दी गर्नेदेखि नेतासम्मको भूमिकामा प्रस्तुत गरिएको छ  । 

ट्रेलरको सुरुवातमै देश र राजनीतिप्रति युवाहरूले राख्ने धारणा समावेश गरिएको छ । 

दीपकराजको बुवाको भूमिकामा अभिनेता नीर शाह छन् । दीपकराज अर्थात राजाको श्रीमतीको भूमिकामा दीपाश्री निरौला छिन् । अभिनेत्री बेनिशा हमालले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् ।दीपकराज र बेनिशाबीचको रोमान्सको दृश्यलाई समेत  ट्रेलरमा समावेश गरिएको छ । 

केदार घिमिरे मास्टरको भूमिका निर्वाह गरेका छन् ।

पात्रहरुको पञ्चलाइनलाई ट्रेलरमा विशेष प्राथमिकता दिइएको छ । 

केदारको चरित्रको संवाद समावेश गरिएको छ, – मास्टर हुँ डस्टर बोक्छु, पार्टीको झण्डा होइन ।

बुद्धि तामाङको चरित्रले भनेको छ,– झमतावाला युवाहरू सबै खाडीमा, बुढाहरू चाहिँ झण्डावाल गाडीमा । यस्ता संवादहरूले राजनीतिक परिवेशलाई कटाक्ष गरेको छ । 

ट्रेलरको अन्त्यमा राजा चरित्रमा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ ।

राजाको संवाद छ, – बुवा हजुरले सधैं ठूलो मान्छे बन्न सिकाइस्यो, यो ठूलो मान्छे बन्ने चक्करमा राम्रो मान्छे बन्न भुलेछु ।

ट्रेलरको अन्तिमतिर दीपाश्री निरौलालाई नेता शैलीमा देखाइएको छ । 

मलिना जोशी, रमेश बुढाथोकी, निर्मल शर्मा, राज आचार्य, अनुराग कुँवर लगायतलाई पनि ट्रेलरमा देखाइएको छ ।

हेमराज बीसी निर्देशित फिल्म फागुन १९ गतेबाट प्रदर्शनको तयारीमा छ ।

आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा दिपेन्द्र खनिया र केशव न्यौपाने छन् ।

निर्मल शर्मा र केदार प्रसाद घिमिरे फिल्मको कार्यकारी निर्माता हुन् ।

दीपकराज स्वयंको कथा एवं लेखन रहेको फिल्म यतिबेला ‘दर्शन सलाम’ गीतका कारण पनि चर्चामा छ ।

हेर्नुहोस् ट्रेलर :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x