×

NMB BANK
NIC ASIA

मोरङमा एमालेको मिसन ग्रासरुटः तरकारीमा आत्मनिर्भरदेखि भजन कीर्तनसम्म

फागुन १०, २०७९

NTC
Premier Steels

नेकपा एमाले मोरङले  मिसन ग्रासरुट अभियानमा विद्यालयमा फूलबारी अभियानदेखि तरकारीमा आत्मनिर्भर बन्ने अभियानसम्म सञ्चालन गर्ने भएको छ । 

Muktinath Bank

मंगलवार बसेको एमाले मोरङको जिल्ला कमिटीको विशेष बैठकले अभियानका क्रममा सामुदायिक विद्यालय शिक्षा सुधार, स्वास्थ्य र पोषणको जानकारी, विद्यालयमा फूलबारी अभियान सञ्चालन गर्नेलगायत निर्णय गरेको जिल्ला अध्यक्ष अध्यक्ष ऋषिकेश पोख्रेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरेलका अनुसार, संगठनात्मक र वैचारिक कामसँगै समाजसँग जोडिएका धेरै क्षेत्रमा अभियान सञ्चालन गरिनेछ।


Advertisment
Nabil box
Kumari

अभियानका क्रममा एमालेले स्वास्थ्य केन्द्रहरूको सरसफाइसमेत गर्ने जनाएको छ ।

Vianet communication

यस्तै ज्येष्ठ नागरिकहरूको संस्थामा सहयोग, सम्मान गर्ने कार्यसूची बनाएको एमाले मोरङले भजन, कीर्तन मण्डलीबीच छलफल गर्ने र वडास्तरीय प्रतिस्पर्धात्मक भजन-कीर्तन गराई पुरस्कारको व्यवस्था गर्ने जनाएको छ ।

सहकारी तथा साना किसानहरूको भेला आयोजना गरी विषयगत प्रशिक्षण दिने पनि योजना एमालेले बताएको छ। 

त्यस्तै सामुदायिक वन उपभोक्ताहरूको समेत भेला र प्रशिक्षण दिइने छ।

धाँमी, झाँक्री, ज्योतिषहरू र आयुर्वेद औषधि प्रयोग गर्नेहरूसँग पार्टी नेतृत्वको समूहले भेटघाट गर्ने र उनीहरूलाई अहिलेको परिवर्तित सन्दर्भ र परम्परागत प्रणालीबीच अन्तरसंवाद पनि गराइने एमाले मोरङले जनाएको छ। 

यसैगरी उत्कृष्ट योगदान गर्नेहरूका घरघरमा गएर सम्मान गर्ने तथा गुनासाहरूको अध्ययन गर्ने पनि एमालेको कार्यक्रममा छ।

समाजमा रहेका विभिन्न धार्मिक/सास्कृतिक समूहसँग दुःखसुखका कुरा गर्ने पनि अभियानमा समेटिएको छ । एमालेका सबै पार्टी सदस्यहरूलाई अनिवार्य करेसाबारी बनाउन लगाउने र तरकारीमा आत्मनिर्भर बन्न पनि सिकाइने जनाइएको छ। 

पार्टी सदस्यले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्न अनिवार्य गरिएको छ । किसानहरूका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसँग समन्वय गरेर किसानलाई सीप सिकाउने र मलमा आत्मनिर्भर हुन उत्प्रेरित गर्नेसम्म एमालेको योजना बनाइएको छ।

एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, जितु गौतम, जगदीशप्रसाद कुसियतलगायत दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान लिएर मोरङमा खटिएका छन् । 

फागुन ५ गते औपचारिक रुपमा संगठन सुदृढीकीरण गर्ने उद्देश्यका साथ देशभर जनतासम्म पुग्नेगरी पार्टीका नेताहरूलाई जिम्मेवारी दिँदै आ–आफ्ना क्षेत्रमा परिचालन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x