×

NMB BANK
NIC ASIA

लोसपाको आस– अझै पनि उछिट्टिएर राष्ट्रपति महन्थमा आइपुग्छ कि !

फागुन ११, २०७९

NTC
Premier Steels

राष्ट्रपतिको उम्मेदवार चयनका लागि रस्साकस्सी चलिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले अझै पनि आस मारेको छैन ।

Muktinath Bank

राजनीतिक दलहरूबीच राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिलेसम्म कुनै पनि सहमति हुन सकेको छैन । ​यस्तोमा लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले अहिले पनि सर्वसम्मत राष्ट्रपति उम्मेदवारको रेसमा महन्थ ठाकुर रहेको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

'हामीले आफ्नो अध्यक्ष ठाकुरजीलाई अल्पमत वा बहुमतको उम्मेदवारभन्दा पनि सर्वसम्मत राष्ट्रिय सहमतिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छौं,' भण्डारीले लोकान्तरसँग भने, 'विभिन्न दलहरूबीच छलफल भए पनि पात्रको विषयमा अहिलेसम्म सहमति नभएको हुनाले ठाकुरजीको सम्भावना पर्सि बिहानसम्म हुन्छ ।'

Vianet communication

खास गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालको नाम उछालेको भए पनि औपचारिक प्रस्ताव नगरेको उनले बताए ।

'ओलीजीले माधव नेपालजीको नाम उछालेको भन्ने कुरा छ । तर, यस विषयमा हालसम्म एमालेले औपचारिक निर्णय गरेको छैन,' उनले थपे, 'माधवजीको नाममा सर्वसम्मति नहुने अवस्थामा एमालेले ठाकुरजीको नाम प्रस्ताव गर्न सक्ने सम्भावना अझै पनि जीवित नै छ ।'

खास गरेर एमालेले आफ्नो सरकार बचाउन तथा अहिलेको सत्ता गठबन्धन जोगाउन महन्थ ठाकुरको नाम प्रस्ताव गर्न सक्ने उनले बताए । ​

'त्यसका लागि प्रचण्डजी तयार हुनुपर्छ,' उनले भने, 'एमालेको वा नेपाली कांग्रेसको राष्ट्रपति हुँदा आफू दबाबमा पर्न सक्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूलाई लागेमा एमालेको प्रस्ताव तथा प्रधानमन्त्रीको समर्थनमा सर्वसम्मत राष्ट्रपतिको उम्मेदवार ठाकुरजी बन्न सक्नुहुन्छ ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x