चैत ८, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरु...
काठमाडाैं | चैत ३, २०७९
कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै आलिसान बंगलामा नसरेर किन भाडाको घरमा बसिरहेका होलान् ? बाहिरबाट झट्ट हेर्दा बूढानीलकण्ठ दरबार मर्मतका कारण । तर, वास्तविकता भने अर्कै छ र केही अनौठो पनि ।
कुनै पनि काम गर्दा ज्योतिषीको परामर्श लिएर मात्रै गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले पुस १२ गते प्रधानमन्त्री निवास बालुवाटार छाड्ने बेलामा पनि ज्योतिषीसँग परामर्श गरे । ज्योतिषीले अनौठो सल्लाह दिए, भाडाको घरमा बस्ने ।
‘आफ्नै निवासमा जाँदा फेरि बालुवाटार फर्किन ढिला हुने देखियो । भाडामा बसेपछि तत्काल सत्तामा फर्किने सम्भावना बढी हुन्छ भन्ने सुझाव थियो,’ ज्योतिषीको सल्लाहबारे सम्बद्ध स्रोतले लोकान्तरसँग भन्यो ।
कांग्रेस सभापतिको उम्मेदवारी मनोनयनदेखि प्रतिनिधिसभा चुनावमा उम्मेदवारी मनोनयन गर्नेबेलासम्म देउवाले साइत हेराएर काम गरेका थिए ।
देउवालाई ज्योतिषीय परामर्श दिँदै आएका ज्योतिषी सुरेशचन्द्र रिजालले पनि उनलाई भाडाको घरमा बस्न सुझाव दिएको स्वीकारे ।
बुढानीलकण्ठको घरमा नबसेर भाडाको घरमा बस्न तपाईंले सल्लाह दिएको भन्ने सुनियो, के त्यो सही हो ? भन्ने प्रश्नमा रिजालले भने, ‘त्यसरी बुझ्दा गलत हुँदैन । अहिले भैरहवामा छु । त्यसबारे थप व्याख्या गर्न चाहन्नँ ।’
आफ्नै पुरानो घरमा बस्नुभन्दा भाडाको घरमा बस्दा सरकारको नेतृत्व छिट्टै गर्ने अवसर आउँछ भनेर सुझाव दिनुभएको हो ? भन्ने अर्को प्रश्नमा रिजालले थपे, ‘तपाईंले पाएको सूचना गलत हैन । यसको मतलब फेरि छिट्टै चान्स (प्रधानमन्त्री बन्ने योग) आउन लागेको हो भनेर बुझ्न सक्नुहुन्छ ।’
वास्तु, ग्रहको स्थिति, दिशा आदि कारणले धेरै कुरा निर्धारण गर्ने भएकाले कहाँ बस्ने, कहाँ नबस्ने भन्ने कुरा ज्योतिषीय दृष्टिकोणबाट हेरिने गरेको अर्का एक ज्योतिषी बताउँछन् ।
‘ग्रहचक्र समयानुसार घुमिरहेको हुन्छ । त्यो अवस्थामा कुन दिशामा वा कुन घरमा बस्दा फलिफाप हुन्छ, कुनमा बस्दा राम्रो हुँदैन भन्ने हुन्छ, शायद त्यस्तै केही स्थिति बनेकाले भन्नुभएको हुनसक्छ,’ रिजालको भविष्यवाणी र ज्योतिषीय मान्यताबारे जिज्ञासा राख्दा ती ज्योतिषीले लोकान्तरसँग भने ।
रिजाल तिनै ज्योतिषी हुन्, जसले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी गरेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा चुनावको पूर्वसन्ध्यामा देउवाले धनगढीमा पुगेर ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताएका थिए ।
२०७४ वैशाख ३० र मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्दा पनि तत्कालीन प्रधानमन्त्री देउवाले ज्योतिषीको परामर्श लिएका थिए ।
नेकपा एमाले र माओवादीले वामपन्थी गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेको समयमा ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताएपछि देउवा ठट्टाको पात्र बनेका थिए । तत्कालीन प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ २३ सीट जितेका देउवा २०७८ असार २८ गते पाँचौंपटक प्रधानमन्त्री बने ।
देउवा आफैंले गरेको दाबीअनुसार अब उनीसँग प्रधानमन्त्री बन्ने दुईवटा योग बाँकी नै छन् । पुस १० गते नै एमालेको समर्थनमा छैटौं कार्यकालको प्रधानमन्त्री बन्ने योजना बनाएका देउवा यसपटक चिप्लिएका थिए ।
सत्ता गुमे पनि देउवाले निकटवर्तीलाई ‘वी विल कमब्याक सुन’ भनेर ढाडस दिने गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाहिना भइदिएपछि संसद्को तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने ।
प्रधानमन्त्री बनेर विश्वासको अभूतपूर्व मत पाएका प्रचण्ड नेतृत्वको सरकार दुई महिनामै छिन्नभिन्न हुन पुगेको छ । प्रचण्ड सरकारमा माओवादीबाहेक सीके राउतको पार्टीमात्र बाँकी छ ।
प्रचण्डले दोस्रोपटक विश्वासको मत लिने तयारी गरिरहेको समयमा उनको सरकारको भविष्यका बारे टीकाटिप्पणी शुरू भएको छ । प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् ।
कांग्रेस नेताहरूले वर्तमान गठबन्धन पाँचै वर्ष चल्छ भनेर दाबी गरिरहेको समयमा नेकपा एमालेका नेताहरू भने कांग्रेससँग सहकार्यको भित्री तयारी गरिरहेका छन् ।
राष्ट्रपति निर्वाचनमा धोका पाएका एमाले नेताहरूले सार्वजनिकरूपमा नै प्रचण्डको उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र रहने टिप्पणी गरिरहेका छन् ।
तत्कालै सरकार ढल्ने सम्भावना नरहे पनि केही महिनामा कांग्रेससँग मिलेर सरकार बनाउने योजना रहेको नेताहरू स्वीकार्छन् ।
ज्योतिषी रिजालले देउवाको प्रधानमन्त्री बन्ने योग नजिकिएको बताए पनि कहिले भन्ने खुलाएनन् ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरु...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताएकी छन् । बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा...
मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान,...
मौसम पूर्वानुमान महाशाखाले बुधवार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक, हल्...
मौसम पूर्वानुमान महाशाखाले बिहीवार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पह...
दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनकामना ग्यासका सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...